काठमाडौं– चुनावी हारको समीक्षा र आगामी रणनीति तय गर्न भन्दै बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज सकिएको छ।
बैठकले पार्टीको महासमिति बैठक आगामी भदौमा बोलाउने निर्णय गरेको केन्द्रीय सदस्य दिलेन्द्र बडूले जानकारी दिए। मिति भने पछि टुंगो लगाउने भनिएको छ।
महामन्त्रीले प्रस्तुत गर्ने प्रतिवेदनमा गुटहरूको विवाद मिल्न नसक्दा पछिल्लो दुई दिनसम्म अन्यौलमा रहेको केन्द्रीय कार्यसमिति बैठक आज साँझ ६ बजेदेखि अघि बढेको थियो। प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा पार्टी हार्नुको कारणबारे विवाद हुँदा बैठक शनिबारदेखि अनिश्चित बनेको थियो।
विवाद मिलाएर सहमतिको प्रतिवेदन तयार भएपछि बैठक बसेको थियो। चैत ९ गतेदेखि सुरु भएको बैठकमा झन्डै ७० सदस्यले आफ्नो धारणा राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।