काठमाडौं-सोमबारदेखि लगातार घटेको सुनको मूल्य साताको अन्तिम दिन शुक्रबार भने बढेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ। शुक्रबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य तोलाको ९३ हजार ९ सय रुपैयाँ कायम गरिएको छ।
बिहीबार छापावाल सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको मूल्य बिहीबार १२ सय रुपैयाँले घटेर ९३ हजार १ सय रुपैयाँ कायम भएको थियो। बुधबार छापावाल सुन प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
मंगलबार नेपाली बजारमा छापावाल सुनको मूल्य ९५ हजार ५ सय रुपैयाँ थियो। मंगलबार पनि सुनको मूल्य प्रतितोला १७ सय रुपैयाँले घटेको थियो। सोमबार छापावाल सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै चाँदीको मूल्य पनि बढेको छ। शुक्रबारका लागि चाँदीको मूल्य १३ सय ६० रुपैयाँ प्रतितोला तोकिएको छ। बिहीबार चाँदीको मूल्य प्रतितोला ११ सय २० रुपैयाँ तोकिएको थियो। शुक्रबार चाँदी तोलामा ४० रुपैयाँले बढेको हो। बुधबार प्रतितोला ११ सय ९० रुपैयाँ थियो भने मंगलबार चाँदीको मूल्य प्रतितोला १२ सय ३० रुपैयाँ थियो। सोमबार चाँदीको मूल्य १३ सय २० रुपैयाँमा कारोबार भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।