काठमाडौं- चालु आर्थिक वर्षको पहिलो दुई महिना (साउन र भदौ)मा भारतबाट ९१ लाख ९९ हजार केजी आलु आयात भएको छ। भारतबाट नेपालमा तरकारी खाने आलुको आयात हुने गरेको छ।
यो अवधिमा २३ करोड २१ लाख रूपैयाँ बराबरको आलु आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ। यसबाट सरकारले २ करोड रूपैयाँ राजस्व असुल गरेको छ।
नेपालमा आलु उत्पादनको सिजन सुरु नहुँदा बजारमा अहिले पनि पर्याप्त आपूर्ति भएको छैन। जसका कारण आलुको मूल्य उच्च अंकमा पुगेको छ। अघिल्लो सातासम्म बजारमा नेपाली आलुको मूल्य प्रतिधार्नी २ सय ८० रूपैयाँसम्म पुगेको छ।
आयातित भारतीय आलुको मूल्य प्रतिधार्नी १ सय ७० रूपैयाँ हाराहारीमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।