• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक २८, २०८२ Fri, Nov 14, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

नेपाल एयरलाइन्सको व्यापार खोस्दै यती ग्रुपको हिमालयलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङको अनुमति

व्यावसायिक ग्राउन्ड ह्यान्डलिङको अनुमति दिने खेल
64x64
उत्तम काप्री बिहीबार, असोज ८, २०७७  २३:३३
1140x725
यति ग्रुप र चिनियाँ समूहको लगानी रहेको हिमालय एयरलाइन्स। सरकारले निगमको व्यापार खोसी हिमालयलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ प्रमाणपत्र दिएको छ। तस्बिर : हिमालय एयरलाइन्स

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को व्यापार खोस्दै यती ग्रुपको लगानी रहेको हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालन गर्न प्रमाणपत्र दिएको छ। राजनीतिक दबाबका कारण नेपाल एयरलाइन्सको व्यापार खोसी हिमालयलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवा संचालनका लागि अनुमति दिइएको हो। 

प्राधिकरणले असोज ४ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईको मन्त्रिस्तरीय निर्णयबाट हिमालयलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवा संचालनका लागि प्रमाणपत्र दिएको जनाएको छ।

हाल संचालनमा रहेको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक ग्राउन्ड ह्यान्डलिङको सेवा नेपाल एयरलाइन्सले गर्दै आएको छ। आर्थिक रुपमा संकट व्यहोर्दै आएको नेपाल एयरलाइन्सले ग्राउन्ड ह्यान्डलिङबाट वार्षिक ४ देखि ५ अर्ब रुपैयाँ आम्दानी गर्दै आएको छ। यसरी नेपाल एयरलाइन्सले गर्दै आएको व्यापार खोस्ने रणनीतिमा यती ग्रुप र चीनियाँ लगानी रहेको हिमालय एयरलाइन्स सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवा दिलाएर व्यावसायिक  ग्राउन्ड ह्यान्डलिङ सेवा नै दिने तयारी भएको प्राधिकरण उच्च स्रोत बताउँछ।

‘प्राधिकरणले 'माथि'को दबाब थेग्न नसेपछि तत्काल हिमालयलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवाबाट प्रवेश गराएको हो,’ स्रोतले भन्यो, ‘विस्तारै नेपाल एयरलाइन्सको व्यापार खोसेर हिमालयलाई व्यावसायिक सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवा दिनै नै हो।’

नेपाल एयरलाइन्सले अहिले दिँदै आएको व्यावसायिक ग्राउन्ड ह्यान्डलिङ सेवाको सम्झौता अवधि आउँदो जेठबाट सकिँदै छ। सोही समयमा हिमालयलाई पनि केही एयरलाइन्स कम्पनीलाई व्यावसायिक ग्राउन्ड ह्यान्डलिङ सेवा दिन पाउने गरी यो खेल भएको प्राधिकरण स्रोत बताउँछ।

विमानस्थलमा यात्रा गर्ने यात्रुलाई बोर्डिङ पास जारी गर्ने, विमानसम्म गाडीमा लैजाने, ब्यागेज व्यवस्थापन गर्ने, र्‍याम्प, फ्लाइट अपरेसन एन्ड क्रु व्यवस्थापन, क्याटरिङ सेवा, इन्धन व्यवस्थापन, फ्रेट एन्ड मेल, ट्रान्जिट कार्गो, कुरियर ह्यान्डलिङ, वायुयानको सफाइ, एयरसाइड एम्बुलेन्सलगायतका सेवा ‘ग्राउन्ड ह्यान्डलिङ’ भित्र पर्छन्। यी सबै सेवा अब हिमालयले तत्कालका लागि आफ्नो विमानमा यात्रा गर्नेहरूका लागि आफैं संचालन गर्ने भएको छ। केही समयपछि भने अन्य वायुसेवा प्रदायकका लागि पनि उसले यी सेवा प्रवाह गरी रकम लिने सोच बनाएको स्रोतको भनाइ छ।  

प्राधिकरणले २ वर्ष अगाडि कतार एयरवेजले सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवाको प्रमाणपत्रका लागि निवेदन दिँदा भने सानो विमानस्थलमा थप कम्पनीलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवा दिँदा उडान तथा सुरक्षामा समस्या आउने भन्दै प्रमाणपत्र दिएको थिएन।

तर, अहिले आएर प्राधिकरणले हिमालयलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवा उपलब्ध गराएको छ। व्यावसायिक ग्राउन्ड ह्यान्डलिङमा नै छिराउने गरी अहिले सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवामा छिराएको स्रोतको दाबी छ।

Ncell 2
Ncell 2

यस विषयमा हामीले प्राधिकरण महानिर्देशक राजन पोखरेललाई सोध्दा उनले नियमकानुन अनुसार नै हिमालयलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवाको प्रमाणपत्र दिएको दाबी गरे।

उनले नेपाल नागरिक उड्डयन प्राधिकरण ‘वायुयानहरुको भूमिस्थ प्रबन्ध (ग्राउन्ड ह्यान्डलिङ) तथा अन्य भूमिस्थ सेवा सञ्चालन निर्देशिका २०७२’ को परिच्छेद २ को दफा ४ को उपदफा ४ र ५ तथा परिच्छेद ५ को दफा १३ पूरा गर्ने गरी सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालनको प्रमाण पत्र दिएको दाबी गरे। 

हिमालयले लकडाउन अगाडि सातामा ४२ वटा उडान गरेको तालिका पेस गरेकाले पनि उसलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालनको प्रमाणपत्र दिएको पोखरेलको भनाइ छ। 

निर्देशिकामा सातामा ३५ वटा अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्सले पाउने सेवासुविधा भित्रै रहेर व्यावसायिक नभई सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालनको प्रमाणपत्र दिएको पोखरेलको जिकिर छ। 

दुई वर्ष अगाडि कतार एयरवेजलाई भने विमानस्थलको अवस्था हेरेर थप कम्पनीलाई ग्राउन्ड ह्यान्डलिङ सेवा नदिएको प्राधिकरणले अहिले भने निर्देशिका अनुसार दिएको भन्नु गलत भएको प्राधिकरणका एक पूर्व महानिर्देशक बताउँछन। अहिलेका अवस्थामा निर्देशिकाअनुसार सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालनका लागि प्रमाणपत्र दिँदै जाने हो भने विमानस्थलको अवस्था के हुन्छ भन्ने सोच्नु पर्ने ती पूर्व महानिर्देशकको भनाइ छ। 

‘सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवाका नाम थप कम्पनीलाई ग्राउन्ड ह्यान्डलिङ गर्न दिन्नहुन्न,’ प्राधिकरण स्रोत भन्छ, ‘भोलि कतारले माग्दा दिने कि नदिने? त्यसमा फेरि प्रश्न आउँछ। हिमालयलाई अहिले सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालनको प्रमाणपत्र दिनु भनेको विस्तारै व्यावसायिक ग्राउन्ड ह्यान्डलिङमा प्रवेश गराउनु हो।’

'हिमालयले सातामा ४२ उडान गर्ने तालिका मात्रै स्वीकृत गराएको होला तर उडान त २० वटा पनि पुगेको छैन। हिमालयलाई ग्राउन्ड ह्यान्डलिङ सेवामा प्रवेश गराउन उडान नै गर्न नसक्ने गन्तव्यको समेत तालिका बनाइएको छ,’प्राधिकरण स्रोतले नेपाल लाइभसँग भनेको छ। 

अहिले नै एयर इन्डिया र थाई एयरवेजलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवा दिँदा विमानस्थलमा पुराना गाडीको प्रयोगदेखि सामान व्यवस्थापनमा समस्या छ। फेरि यस्तो अवस्थामा हिमालयललाई ह्यान्डलिङ सेवामा प्रवेश गराउनु सुरक्षाका हिसाबले पनि ठीक नभएको स्रोत बताउँछ।

आम्दानी गुमाउँदै प्राधिकरण
हिमालयल एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवा दिँदा नेपाल एयरलाइन्सले स्वतः आफ्नो व्यापारमा केही रकम गुमाउने छ। त्योसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि आम्दानी गुमाउने देखिन्छ। नेपाल एयरलाइन्सले हिमालयलाई ग्राउन्ड ह्यान्डलिङ सेवा दिए बापत लिने रकमबाट नेपाल एयरलाइन्सले प्राधिकरणलाई १५ प्रतिशत रकम तिर्दै आएको थियो। अब उक्त रकम समेत प्राधिकरणले गुमाउने छ।  

यस्तो सेवा उपलब्ध गराएबापत सेवा प्रदायकले वायुसेवा कम्पनीबाट शुल्क लिने गर्छ। जुन सेवा दिएबापत नेपाल एयरलाइन्सले वार्षिक ५ अर्ब आम्दानी गर्दै आएको छ। यो ५ अर्बको आम्दानीमा नेपाल एयरलाइन्सले ६० प्रतिशतभन्दा बढी नाफा गर्दै घाटामा रहेको निगमलाई थप घाटामा जानबाट जोगाइरहेको छ। तर, केपी शर्मा ओली नेतृत्वको सरकारले नेपाल एयरलाइन्सको व्यापार खोसेर हिमालयलाई दिने खेल गरेको हो। प्रधानमन्त्री ओलीको यति ग्रुपसँग निकट सम्बन्ध रहेको चर्चा बेलाबेलामा चलिरहन्छ। नेपाल ट्रस्टका महँगा जग्गा पनि यति ग्रुपले सस्तोमा लिजमा पाउने गरेको छ। 

आफै यस्तो सेवा दिने अनुमति नपाएका एयरलाइन्सहरुले भने यसबापत शुल्क दिनुपर्छ। प्राधिकरणले हिमालयलाई यस्तो सेवा सञ्चालन गर्नका लागि पूर्वशर्त तोकेको छ। जसअनुसार सेवा सञ्चालन गर्दा चाहिने मेसिन, औजार, तेस्रो पक्ष बीमा (न्यूनतम ५ करोड डलर गर्नुपर्ने) शुल्क निर्देशिकाअनुसार बुझाउनुपर्ने, व्यवस्थापकीय क्षमता विकास गर्नुपर्नेलगातयका शर्त तोकिएका छन्। यी शर्त पूरा भएपछि हिमालयले सेवा सञ्चालन गर्न पाउने भन्दै सेवा सञ्चालनको प्रमाण पत्र दिइएको छ।  

अब अरुलाई दिने कि नदिने?
हिमालयलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङको सेवा दिएसँगै अन्य अन्तर्राष्ट्रिय उडान गर्ने कम्पनीलाई सेल्फ ग्राउन्डह्यान्डलिङ सेवा दिने किन नदिने भन्ने प्रश्न उठेको प्राधिकरण स्रोत बताउँछ। हिमालयललाई दिएपछि अब अरुलाई दिने बेला विमानस्थल सानो छ धेरैलाई दिँदैनौं भने भन्ने आधारबारे प्राधिकरण स्रोतको प्रश्न छ, ‘अब अन्यलाई दिने विषयमा भने सोच्नु पर्छ होला।’

सन् २०१६ देखि नेपालबाट अन्तर्राष्ट्रिय उडान सुरु गरेको हिमालयमा चिनियाँ लगानीसमेत रहेको छ। नेपालको यती समूहको बहुमत स्वामित्व भएको हिमालयले चार जहाजबाट युएई, मलेसिया, साउदी अरेबिया, बंगलादेश र चीनमा उडान गरिरहेको छ। हिमालयसँग एयरबसका ए ३२०–२१४ सिरिजका तीन वटा जहाज छन् भने ए ३१९–११५ सिरिजको एउटा जहाज छ।

प्रकाशित मिति: बिहीबार, असोज ८, २०७७  २३:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
अब हङकङ हुँदै यात्रा गर्दा नेपाली नागरिकले ‘ट्रान्जिट भिसा’ लिनु नपर्ने नेपाली राहदानी बाहक यात्रुलाई सन् २००५ जुनदेखि हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रान्जिट हुँदै यात्रा गर्दा ट्रान्जिट भिसा लिनु पर्... शुक्रबार, कात्तिक २८, २०८२
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा बिजुली सर्ट, उडान स्थगित इलेक्ट्रिकल विभागका कर्मचारीहरूले फल्ट पत्ता लगाउने प्रयास जारी राखेका छन् । प्रारम्भिक जानकारीअनुसार धावनमार्गको किनारामा रहेको ‘एज... शनिबार, कात्तिक २२, २०८२
पर्वतारोहणमा गएकामध्ये छुट्टाछुट्टै घटनामा ४ को मृत्यु, ५ बेपत्ता ५ पर्यटक वेपत्ता छन् । पर्यटन विभागका अनुसार गोरखा जिल्लामा अवस्थित पानवरी हिमाल (६८८७ मिटर) आरोहण गर्न अल्पाइन ट्रेकिङ सर्भिसमार्फत... मंगलबार, कात्तिक १८, २०८२
ताजा समाचारसबै
प्रधानमन्त्रीलाई जेनजीले बुझाएको सम्झौताको मस्यौदामा के छ ? शुक्रबार, कात्तिक २८, २०८२
मतदाता नामावली संकलनको म्याद ५ दिन थप्ने तयारी शुक्रबार, कात्तिक २८, २०८२
थुनामा रहेका अहिराजको मिसिल झिकाउन सर्वोच्चको आदेश शुक्रबार, कात्तिक २८, २०८२
सन्तोष परियारको राजीनामा पत्र : ‘नेपाली समाजको चरित्र अनुसार पार्टी निर्माण गर्न सकिएन’ शुक्रबार, कात्तिक २८, २०८२
चुनावका लागि ५ अर्ब बजेट स्वीकृत शुक्रबार, कात्तिक २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी शुक्रबार, कात्तिक २८, २०८२
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश बिहीबार, कात्तिक २७, २०८२
भूकम्प प्रतिरोधी भवन निर्माण गर्न नयाँ संहिता लागू शुक्रबार, कात्तिक २८, २०८२
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक बिहीबार, कात्तिक २७, २०८२
मधेश प्रदेशका सभामुखविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, प्रदेशसभाभित्रै सांसदहरुबीच हात हालाहाल बिहीबार, कात्तिक २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
३ दिनपछि झिनो अंकले बढ्यो सेयर बजार, ४ कम्पनी १० प्रतिशत बढे मंगलबार, कात्तिक २५, २०८२
रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी शुक्रबार, कात्तिक २८, २०८२
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश बिहीबार, कात्तिक २७, २०८२
हङकङ सिक्सेस : भारतविरुद्ध नेपालको ऐतिहासिक जित शनिबार, कात्तिक २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्