• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

नेपाल एयरलाइन्सको व्यापार खोस्दै यती ग्रुपको हिमालयलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङको अनुमति

व्यावसायिक ग्राउन्ड ह्यान्डलिङको अनुमति दिने खेल
64x64
उत्तम काप्री बिहीबार, असोज ८, २०७७  २३:३३
1140x725
यति ग्रुप र चिनियाँ समूहको लगानी रहेको हिमालय एयरलाइन्स। सरकारले निगमको व्यापार खोसी हिमालयलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ प्रमाणपत्र दिएको छ। तस्बिर : हिमालय एयरलाइन्स

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को व्यापार खोस्दै यती ग्रुपको लगानी रहेको हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालन गर्न प्रमाणपत्र दिएको छ। राजनीतिक दबाबका कारण नेपाल एयरलाइन्सको व्यापार खोसी हिमालयलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवा संचालनका लागि अनुमति दिइएको हो। 

प्राधिकरणले असोज ४ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईको मन्त्रिस्तरीय निर्णयबाट हिमालयलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवा संचालनका लागि प्रमाणपत्र दिएको जनाएको छ।

हाल संचालनमा रहेको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक ग्राउन्ड ह्यान्डलिङको सेवा नेपाल एयरलाइन्सले गर्दै आएको छ। आर्थिक रुपमा संकट व्यहोर्दै आएको नेपाल एयरलाइन्सले ग्राउन्ड ह्यान्डलिङबाट वार्षिक ४ देखि ५ अर्ब रुपैयाँ आम्दानी गर्दै आएको छ। यसरी नेपाल एयरलाइन्सले गर्दै आएको व्यापार खोस्ने रणनीतिमा यती ग्रुप र चीनियाँ लगानी रहेको हिमालय एयरलाइन्स सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवा दिलाएर व्यावसायिक  ग्राउन्ड ह्यान्डलिङ सेवा नै दिने तयारी भएको प्राधिकरण उच्च स्रोत बताउँछ।

‘प्राधिकरणले 'माथि'को दबाब थेग्न नसेपछि तत्काल हिमालयलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवाबाट प्रवेश गराएको हो,’ स्रोतले भन्यो, ‘विस्तारै नेपाल एयरलाइन्सको व्यापार खोसेर हिमालयलाई व्यावसायिक सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवा दिनै नै हो।’

नेपाल एयरलाइन्सले अहिले दिँदै आएको व्यावसायिक ग्राउन्ड ह्यान्डलिङ सेवाको सम्झौता अवधि आउँदो जेठबाट सकिँदै छ। सोही समयमा हिमालयलाई पनि केही एयरलाइन्स कम्पनीलाई व्यावसायिक ग्राउन्ड ह्यान्डलिङ सेवा दिन पाउने गरी यो खेल भएको प्राधिकरण स्रोत बताउँछ।

विमानस्थलमा यात्रा गर्ने यात्रुलाई बोर्डिङ पास जारी गर्ने, विमानसम्म गाडीमा लैजाने, ब्यागेज व्यवस्थापन गर्ने, र्‍याम्प, फ्लाइट अपरेसन एन्ड क्रु व्यवस्थापन, क्याटरिङ सेवा, इन्धन व्यवस्थापन, फ्रेट एन्ड मेल, ट्रान्जिट कार्गो, कुरियर ह्यान्डलिङ, वायुयानको सफाइ, एयरसाइड एम्बुलेन्सलगायतका सेवा ‘ग्राउन्ड ह्यान्डलिङ’ भित्र पर्छन्। यी सबै सेवा अब हिमालयले तत्कालका लागि आफ्नो विमानमा यात्रा गर्नेहरूका लागि आफैं संचालन गर्ने भएको छ। केही समयपछि भने अन्य वायुसेवा प्रदायकका लागि पनि उसले यी सेवा प्रवाह गरी रकम लिने सोच बनाएको स्रोतको भनाइ छ।  

प्राधिकरणले २ वर्ष अगाडि कतार एयरवेजले सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवाको प्रमाणपत्रका लागि निवेदन दिँदा भने सानो विमानस्थलमा थप कम्पनीलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवा दिँदा उडान तथा सुरक्षामा समस्या आउने भन्दै प्रमाणपत्र दिएको थिएन।

तर, अहिले आएर प्राधिकरणले हिमालयलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवा उपलब्ध गराएको छ। व्यावसायिक ग्राउन्ड ह्यान्डलिङमा नै छिराउने गरी अहिले सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवामा छिराएको स्रोतको दाबी छ।

Ncell 2
Ncell 2
nimb
nimb

यस विषयमा हामीले प्राधिकरण महानिर्देशक राजन पोखरेललाई सोध्दा उनले नियमकानुन अनुसार नै हिमालयलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवाको प्रमाणपत्र दिएको दाबी गरे।

उनले नेपाल नागरिक उड्डयन प्राधिकरण ‘वायुयानहरुको भूमिस्थ प्रबन्ध (ग्राउन्ड ह्यान्डलिङ) तथा अन्य भूमिस्थ सेवा सञ्चालन निर्देशिका २०७२’ को परिच्छेद २ को दफा ४ को उपदफा ४ र ५ तथा परिच्छेद ५ को दफा १३ पूरा गर्ने गरी सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालनको प्रमाण पत्र दिएको दाबी गरे। 

हिमालयले लकडाउन अगाडि सातामा ४२ वटा उडान गरेको तालिका पेस गरेकाले पनि उसलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालनको प्रमाणपत्र दिएको पोखरेलको भनाइ छ। 

निर्देशिकामा सातामा ३५ वटा अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्सले पाउने सेवासुविधा भित्रै रहेर व्यावसायिक नभई सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालनको प्रमाणपत्र दिएको पोखरेलको जिकिर छ। 

दुई वर्ष अगाडि कतार एयरवेजलाई भने विमानस्थलको अवस्था हेरेर थप कम्पनीलाई ग्राउन्ड ह्यान्डलिङ सेवा नदिएको प्राधिकरणले अहिले भने निर्देशिका अनुसार दिएको भन्नु गलत भएको प्राधिकरणका एक पूर्व महानिर्देशक बताउँछन। अहिलेका अवस्थामा निर्देशिकाअनुसार सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालनका लागि प्रमाणपत्र दिँदै जाने हो भने विमानस्थलको अवस्था के हुन्छ भन्ने सोच्नु पर्ने ती पूर्व महानिर्देशकको भनाइ छ। 

‘सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवाका नाम थप कम्पनीलाई ग्राउन्ड ह्यान्डलिङ गर्न दिन्नहुन्न,’ प्राधिकरण स्रोत भन्छ, ‘भोलि कतारले माग्दा दिने कि नदिने? त्यसमा फेरि प्रश्न आउँछ। हिमालयलाई अहिले सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालनको प्रमाणपत्र दिनु भनेको विस्तारै व्यावसायिक ग्राउन्ड ह्यान्डलिङमा प्रवेश गराउनु हो।’

'हिमालयले सातामा ४२ उडान गर्ने तालिका मात्रै स्वीकृत गराएको होला तर उडान त २० वटा पनि पुगेको छैन। हिमालयलाई ग्राउन्ड ह्यान्डलिङ सेवामा प्रवेश गराउन उडान नै गर्न नसक्ने गन्तव्यको समेत तालिका बनाइएको छ,’प्राधिकरण स्रोतले नेपाल लाइभसँग भनेको छ। 

अहिले नै एयर इन्डिया र थाई एयरवेजलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवा दिँदा विमानस्थलमा पुराना गाडीको प्रयोगदेखि सामान व्यवस्थापनमा समस्या छ। फेरि यस्तो अवस्थामा हिमालयललाई ह्यान्डलिङ सेवामा प्रवेश गराउनु सुरक्षाका हिसाबले पनि ठीक नभएको स्रोत बताउँछ।

आम्दानी गुमाउँदै प्राधिकरण
हिमालयल एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवा दिँदा नेपाल एयरलाइन्सले स्वतः आफ्नो व्यापारमा केही रकम गुमाउने छ। त्योसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि आम्दानी गुमाउने देखिन्छ। नेपाल एयरलाइन्सले हिमालयलाई ग्राउन्ड ह्यान्डलिङ सेवा दिए बापत लिने रकमबाट नेपाल एयरलाइन्सले प्राधिकरणलाई १५ प्रतिशत रकम तिर्दै आएको थियो। अब उक्त रकम समेत प्राधिकरणले गुमाउने छ।  

यस्तो सेवा उपलब्ध गराएबापत सेवा प्रदायकले वायुसेवा कम्पनीबाट शुल्क लिने गर्छ। जुन सेवा दिएबापत नेपाल एयरलाइन्सले वार्षिक ५ अर्ब आम्दानी गर्दै आएको छ। यो ५ अर्बको आम्दानीमा नेपाल एयरलाइन्सले ६० प्रतिशतभन्दा बढी नाफा गर्दै घाटामा रहेको निगमलाई थप घाटामा जानबाट जोगाइरहेको छ। तर, केपी शर्मा ओली नेतृत्वको सरकारले नेपाल एयरलाइन्सको व्यापार खोसेर हिमालयलाई दिने खेल गरेको हो। प्रधानमन्त्री ओलीको यति ग्रुपसँग निकट सम्बन्ध रहेको चर्चा बेलाबेलामा चलिरहन्छ। नेपाल ट्रस्टका महँगा जग्गा पनि यति ग्रुपले सस्तोमा लिजमा पाउने गरेको छ। 

आफै यस्तो सेवा दिने अनुमति नपाएका एयरलाइन्सहरुले भने यसबापत शुल्क दिनुपर्छ। प्राधिकरणले हिमालयलाई यस्तो सेवा सञ्चालन गर्नका लागि पूर्वशर्त तोकेको छ। जसअनुसार सेवा सञ्चालन गर्दा चाहिने मेसिन, औजार, तेस्रो पक्ष बीमा (न्यूनतम ५ करोड डलर गर्नुपर्ने) शुल्क निर्देशिकाअनुसार बुझाउनुपर्ने, व्यवस्थापकीय क्षमता विकास गर्नुपर्नेलगातयका शर्त तोकिएका छन्। यी शर्त पूरा भएपछि हिमालयले सेवा सञ्चालन गर्न पाउने भन्दै सेवा सञ्चालनको प्रमाण पत्र दिइएको छ।  

अब अरुलाई दिने कि नदिने?
हिमालयलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङको सेवा दिएसँगै अन्य अन्तर्राष्ट्रिय उडान गर्ने कम्पनीलाई सेल्फ ग्राउन्डह्यान्डलिङ सेवा दिने किन नदिने भन्ने प्रश्न उठेको प्राधिकरण स्रोत बताउँछ। हिमालयललाई दिएपछि अब अरुलाई दिने बेला विमानस्थल सानो छ धेरैलाई दिँदैनौं भने भन्ने आधारबारे प्राधिकरण स्रोतको प्रश्न छ, ‘अब अन्यलाई दिने विषयमा भने सोच्नु पर्छ होला।’

सन् २०१६ देखि नेपालबाट अन्तर्राष्ट्रिय उडान सुरु गरेको हिमालयमा चिनियाँ लगानीसमेत रहेको छ। नेपालको यती समूहको बहुमत स्वामित्व भएको हिमालयले चार जहाजबाट युएई, मलेसिया, साउदी अरेबिया, बंगलादेश र चीनमा उडान गरिरहेको छ। हिमालयसँग एयरबसका ए ३२०–२१४ सिरिजका तीन वटा जहाज छन् भने ए ३१९–११५ सिरिजको एउटा जहाज छ।

प्रकाशित मिति: बिहीबार, असोज ८, २०७७  २३:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
जुफालबाट देखिने मुकुटेश्वरी हिमाल (तस्बिर) डोल्पाको ठुलीभेरी नगरपालिका–८ स्थित जुफाल विमानस्थल पुग्ने यात्रुलाई मुकुटेश्वरी हिमालको मनमोहक दृश्यले सहजै आकर्षित गर्छ। शुक्रबार, असोज २, २०८३
काँक्रेविहारमा लगानी बढाउँदै कर्णाली, पर्यटन गन्तव्य बनाउने तयारी सुर्खेतको वीरेन्द्रनगरमा रहेको काँक्रेविहार अहिले केवल पूजा–आराधना गर्ने धार्मिक स्थलको रुपमा नभई ऐतिहासिक महत्त्व बोकेको छ। आइतबार, भदौ २८, २०८३
पर्यटकको पर्खाइमा लोदेनको छोनासिङ पोखरी ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ लोदेन क्षेत्रमा रहेको आकर्षक छोनासिङ पोखरी पर्यटकको पर्खाइमा छ। सोमबार, भदौ २२, २०८३
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्