काठमाडौं-काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले समयमै काम नगर्ने दुई ठेकेदारको ठेक्का रद्द गरेको छ। आयोजनाले चाबहिल-जोरपाटी-साँखु र ढोलाहिटी-सुनाकोठी-चापागाउँ सडक निर्माणका लागि दिएको ठेक्का तोडेको हो।
आयोजनाले चाबहिल–जोरपाटी–साँखु सडक विस्तारको ठेक्का पाएको युनाइटेड विल्डर्स एन्ड इन्जिनियर्स प्रालि र ढोलाहिटी–सुनाकोठी–चापागाउँ सडक विस्तारको ठेक्का पाएको दिवा/शैलुङ जेभीसँग भएको ठेक्का तोडेको हो।
ठेकेदार कम्पनीहरुले आयोजना निर्माण कार्यको सम्झौता सर्त अनुसार प्रगति नगरेको, कोभिड-१९ का कारण देखाइ थप मागिएको समयमा समेत कार्यसम्पन्न गर्नेतर्फ कुनै ठोस चासो नदेखाएकाले ठेक्का तोडिएको सूचना आयोजनाले जारी गरेको छ। आफूलाई कालोसूचीमा राख्नु नपर्ने कारण भए ७ दिनभित्र आयोजना कार्यालयमा उपस्थित हुन पनि आयोजनाले भनेको छ।
ठेकेदार कम्पनीबाट चित्तबुझ्दो कारण नआए आयाेजनाले उनीहरुलाई कालोसूचीमा राख्नका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गर्ने छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।