डडेल्धुरा– बैतडी जिल्लाको पाटन नगरपालिका–१ (साविकको कैलापाल–९) डंसिलीमा ग्रामीण सडक निर्माण कार्य पुरा भएकाे छ। अनारखोली–चुल्लेक–डङ्सिली सडकअन्तर्गत गाउँ सडक सञ्जालमा जाेडिएपछि पहिलाेपटक सवारीसाधन पुगेको स्थानीय भिम बोहराले बताए।
चालु आर्थिक वर्षमा पाटन नगरपालिकाको ४० लाख रुपैयाँको बजेटमा गाउँमा सडक पुगेको हो। १३ किलोमिटर सडक निर्माणका लागि यसअघि नेकपा एमालेका सांसद दामोदर भण्डारीको सांसद विकास कोष र डोलीडारमार्फत ४६ लाख रुपैयाँ खर्च भइसकेको उपभोकता समितीका पूर्वअध्यक्ष दुरा भट्टराईले बताइन्।
झण्डै ८६ लाख रुपैयाँको लागतमा गाउँमा सडक पुगेपछि स्थानीयबासिन्दा खुशी भएका छन्। गाउँमा सडक पुगेपछि उत्पादन गरिएका कृषि उपजलाई बजारसम्म पुर्याउन तथा आवतजावत गर्न सजिलो हुने स्थानीय गोमती बोहराले बताइन्।
सकडमा यसभन्दा अगाडीको समितिले राम्रो काम नगरेपछि केही स्थानमा निकै भिरालो र गाडी सञ्चालनमा निकै कठिनाई रहेको सो सडकमा पहिलोपटक जिप पुर्याउने चालक लक्ष्मण भट्टराईले गुनासो लगाए।
२०७० सालबाट सुरु भएको सडक निर्माणमा सडक डिभिजन कार्यालय पाटन, सडक डिभीजन कार्यालय कुलपाते डोटी, तत्कालिन जिल्ला विकास समिति, बैतडी तथा डडेलधुराको समेत लगानी रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।