काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको बिधान संशोधनका लागि आफु निकट नेतासँग छलफल सुरु गरेका छन्। केन्द्रीय समिति बैठक रोकेर पार्टी कार्यालय सानेपामा देउवाले छलफल थालेका छन्।
देउवाले छलफल थालेपछि कांग्रेसका नेता रामचन्द्र पौडेल बैठकस्थलबाट निस्किएका छन्।
महामन्त्रीको प्रतिवेदनमा सहमति नजुटेपछि शनिबार बैठक नै नबसी स्थगित भएको थियो। आयतबार ९ बजेदेखि बैठक सुरु भनिएपनि बैठक सुरु हुन सकेको छैन। पदाधिकारी मनोनयन लगायतका विषयमा कांग्रेसभित्र विवाद छन्। कांग्रेका केही नेताहरुले ‘अर्ली’ महाधिबेशनको समेत माग गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।