• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

बंगलादेशसँगको उधारो पिपिए देखाएर माथिल्लो कर्णालीमा थप समय माग्दै जिएमआर

वित्तीय व्यवस्थापनका लागि तेस्रोपटक म्याद थप्न लगानी बोर्डको सञ्चालक समितिमा प्रस्ताव लगिँदै 
64x64
हेमन्त जोशी मंगलबार, असोज ६, २०७७  ०६:४३
1140x725

काठमाडौं-बंगलादेशसँगको उधारो विद्युत खरिद–बिक्री सम्झौता (पिपिए) सुनिश्चिततापत्रका आधारमा माथिल्लो कर्णाली जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन गर्ने समय तेस्रोपटक थप्ने तयारी भएको छ। 

लगानी बोर्डको कार्यालयले ९ सय मेगावाट उत्पादन क्षमताको माथिल्लो कर्णाली जलविद्युत आयोजनाको प्रवर्द्धक भारतीय कम्पनी ग्रान्ध्री माल्लिकार्जुन राव (जिएमआर) लाई आयोजनामा लगानी जुटाउने समय तेस्रोपटक थप गर्ने तयारी गरेको हो।

यो आयोजनाबाट उत्पादित विद्युत बंगलादेशले किन्ने भनेर हालसम्म पिपिए भईसकेको छैन। तर पिपिए गर्ने भनेर बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बिपिडिबी) सँग भएको प्रारम्भिक सहमतिको हवाला दिँदै जिएमआरले वित्तीय व्यवस्थापनका लागि लगानी बोर्डसँग थप समय माग गरेको छ। लगानी बोर्डले पनि यही उधारो सुनिश्चितता पत्रका आधारमा म्याद थपको प्रस्ताव सञ्चालक समितिमा लैजाने तयारी गरेको छ।
 
आयोजनामा लगानी जुटाउनका लागि लगानी बोर्डले जिएमआरलाई दिएको दोस्रो पटकको समयसीमा उसले २ वर्षअघि नै गुजारिसकेको छ। अहिले जिएमआरले बंगलादेशसँग पिपिए हुनसक्ने आस्वास्वन देखाएर तेस्रोपटक म्याद थपका लागि लबिङ सुरु गरेको हो। 

के भन्छ लगानी बोर्ड?
लगानी बोर्डका प्रवक्ता धर्मेन्द्रकुमार मिश्रका अनुसार जिएमआरले आयोजनामा लगानी जुटाउने म्याद थप्नका लागि औचित्य पुष्टि गर्न आफु बंगलादेश पावर डेभलपमेन्ट बोर्डसँग नियमित सम्पर्कमा रहेको र चाँडै पिपिए हुँने बताउँदै आएको छ। त्यस्तै बंगलादेशले पनि जिएमआरसँग पिपिएको तयारी भईरहेको बारे लगानी बोर्डलाई पत्राचार गरेको उनको भनाइ छ। ‘बंगलादेश पावर डेभलपमेन्ट बोर्डले कोभिड-१९ महामारीका कारण जिएमआरसँगको पिपिए सम्झौतामा ढिलाइ भएको भन्ने व्यहोराको पत्र पठाएको छ,’ प्रवक्ता मिश्रले भने, ‘उसले पिपिए गर्छु नै भनेका कारण वित्तीय व्यवस्थापनका लागि म्याद थप्न औचित्यपूर्ण छ भनेर जिएमआरले हामीसँगको औपचारिक र अनौपचारिक छलफलमा जिकिर गर्ने गरेको छ।’

जिएमआरले म्याद थप गर्नका लागि पेश गरेको तर्कले त्यसको औचित्य पुष्टि गर्ने–नगर्ने र म्याद थप्ने–नथप्ने कुरा भने लगानी बोर्डको सञ्चालक समितिले निर्णय गर्ने मिश्र बताउँछन्। ‘उसले पेश गरेको प्रस्तावलाई विस्वास गर्ने–नगर्ने विषय सञ्चालक समितिमा भर पर्छ। आयोजना सञ्चालनयोग्य अवस्थामा छ वा छैन भन्ने हिसाबले र काबु बाहिरको परिस्थितिमा आवस्यकता र औचित्य हेरेर बोर्डले त्यसमा निर्णय गर्ने हो,’ नेपाल लाइभसँग मिश्रले भने। त्यस्तै बंगलादेश पावर डेभलपमेन्ट बोर्डले गत अगस्ट महिनामा जिएमआरलाई जारी गरेको चिट्ठीको हवाला दिएर उसले लगानी बोर्डलाई वित्तीय व्यवस्थापनका लागि मनाउन खोजेको पनि उनले बताए।

लगानी बोर्ड सञ्चालक समितिको बैठक भने पछिल्लो तीन महिनायता बस्न सकेकोे छैन। सञ्चालक समितिको बैठकका लागि तयारी गरिरहेको र जिएमआरलगायत विभिन्न विषयका प्रस्ताव तयार पारिएको प्रवक्ता मिश्रले जानकारी दिए।

माथिल्लो कर्णालीमा लगानी गर्ने रकम जुटाउन जिएमआरले दोस्रोपटक पाएको समयसीमा २०७५ असोज ३ गते सकिइसकेको छ। यो बीचमा पनि जिएमआरले लिखित र मौखिक रुपमै पटक–पटक समय थपका लागि आग्रह गर्दै आएको र उसले हरेक महिनाजसो लगानी बोर्डलाई आयोजनाका सन्दर्भमा प्रगति रिपोर्ट बुझाउने गरेको उनले बताए। 

वित्तीय व्यवस्थापन र पिपिएको उल्झन सल्टाउन र लगानीको वातावरण सहज बनाउन लगानी बोर्डले समन्वयात्मक भूमिका खेल्ने पनि प्रवक्ता मिश्रले बताए। ‘पहिले पिपिए गर्ने कि पहिले वित्तीय व्यवस्थापन गर्ने भन्ने सन्दर्भ पनि आउन सक्छ। पिपिए नभईकन वित्तीय व्यवस्थापन हुन नसक्ने र वित्तीय व्यवस्थापन भईसकेपछि मात्र पिपिए गर्ने भनेर पनि विषय आउन सक्छ। यसमा लगानी बोर्ड आवस्यक समन्वय गर्छ,’ उनले भने, ‘लगानीको वातावरण तयार पार्नु पनि लगानी बोर्डको काम कर्तव्यभित्र पर्छ। हाम्रो अधिकार क्षेत्रमा भएको कुरा हामीले र सञ्चालक समितिको अधिकार क्षेत्रमा भएको कुरा समितिले तय गरेर सकारात्मक निष्कर्ष निकाल्छौं।’
 
के साँच्चिकै बंगलादेशले माथिल्लो कर्णालीको विद्युत किन्छ?
बंगलादेशको मन्त्रिपरिषद्ले २०१९ डिसेम्बर १८ (२०७६ पुस २) गते जिएमआर प्रवर्द्धक रहेको माथिल्लो कर्णालीको ५०० मेगावाट विद्युत् किन्ने निर्णय गरेको थियो। बंगलादेशको क्याबिनेट कमिटि अन पब्लिक पर्चेज (सिसिपिपी) ले जिएमआरमार्फत् नेपालको विद्युत किन्ने प्रस्ताव स्वीकृत गरे पनि त्यहाँको सरकार र जिएमआरबीच पिपिए भने भईसकेको छैन।

Ncell 2
Ncell 2
nimb
nimb

बंगलादेशका अर्थमन्त्री अहम्मबर मुस्तफा कमालको अध्यक्षतामा भएको सो निर्णयअनुसार २५ वर्षका लागि प्रतिकिलोवाट आवर (युनिट) ७ दशमलव ७१ अमेरिकी डलरमा खरिद गर्ने सहमति भएको थियो। उक्त प्रारम्भिक सम्झौताअनुसार यसरी विद्युत आयात गर्दा बंगलादेश सरकारले ३८ हजार १ सय ६० दशमलव ७५ करोड टाका (१ टाका बराबर १ं.३४ नेपाली रुपैयाँ) जिएमआरलाई तिर्नेछ। 

यसरी दुई पक्षबीच विद्युत खरिद–बिक्रीको स्वीकृति बंगलादेश सरकारबाट पाईसकेपछि पनि पिपिएको अन्याेलता भने अझै बाँकी छ। त्यसकारण बंगलादेशले जिएमआरसँग माथिल्लो कर्णालीको विद्युत किन्छ भन्ने दरिलो र स्पष्ट आधार छैनन। त्यसमाथि भारतको कानुनअनुसार जिमएमआरले माथिल्लो कर्णालीबाट उत्पादित विद्युतको बंगलादेशसँग पिपिए गर्न भारतको ऊर्जा नियामक कम्पनी एनटिपिसी विद्युत व्यापार निगममार्फत् जानुपर्ने हुन्छ। त्यसको प्रकृया पनि जिएमआरले टुंगाइ सकेको छैन।

विरोध श्रृङ्खला र सत्तापक्षका सांसदबाटै राष्ट्रघाती कदमको संज्ञा 
सत्तारुढ दल नेकपाकै केही सांसदहरु यो आयोजना जिएमआरलाई दिनु राष्ट्रघाती रहेको भन्दै यसको विरोध गर्दै आएका छन्। गत वर्ष पुस ६ गते नेकपा केन्द्रीय कमिटीको बैठकमा सांंसद भीम रावलले राखेको १० बुँदे बिमतिपत्रको बुँदा नम्बर ३ मा माथिल्लो कर्णालीबाट जिएमआरलाई निकाल्नुपर्ने उल्लेख छ। तर यहीबीचमा मिलेनियम च्यालेन्ज नेपाल अकाउन्ट (एमसिए) अन्तर्गतको अन्तरदेशीय प्रसारणलाईनको विषय नेकपाभित्र बढी चर्चामा आएका कारण माथिल्लो कर्णालीको मुद्दा छाँयामा परेको नेकपाकै केही सांसदहरु बताउँछन्। 

त्यस्तै परियोजना निर्माण नगरी ओगटेरमात्र राखेको र जीएमआरले तोकिएको थप समयसम्म लगानी जुटाउन नसकेपछि सम्झौता नवीकरण नगर्न भन्दै बेलाबखत विरोध कार्यक्रमसमेत हुने गरेका छन। त्यसका लागि माथिल्लो कर्णाली बचाउ अभियान संघर्ष समिति नै गठन भएको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणका लागि प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको करिब १२ वर्ष तथा आयोजना विकास सम्झौता (पिडीए) मा हस्ताक्षर भएको ६ वर्ष बितिसक्दा पनि जिएमआरले आयोजनाका लगानी लगानी भने जुटाउन नसक्नु भनेको उसले आयोजना ओगटेर (होल्ड) राख्न खोजेको एक पूर्व उर्जा सचिव बताउँछन। ‘जिएमआरले यो आयोजना बनाउन चाहेकै होईन। त्यो त भारतको श्रोत माथिको कब्जा हो,’ ती पूर्व सचिव भन्छन्, ‘त्यसकारण यो आयोजनाबाट जिएमआरलाई हटाई सरकार आफैंले बनाउनुपर्छ।’ लगानी जुटाउन नसकेको कारण देखाउँदै परियोजना निर्माणका लागि जिएमआरले थप कुनै पहलसमेत गरेको छैन।  

२०७१ साल असोज ३ गते लगानी बोर्ड र जीएमआरबीच भएको पिडिएअनुसार परियोजना निर्माणका लागि आवस्यक वित्तीय व्यवस्थापन दुई वर्षभित्र अर्थात् २०७३ असोज ३ गतेसम्म समयसीमा दिईएको थियो। तर जिएमआरले पिडिएमा उल्लेख भएको सम्झौताअनुसार सो दुईवर्षभित्र लगानी जुटाउन सकेन। त्यसपछि पनि लगानी बोर्डले उसलाई वित्तीय व्यवस्थापन गर्न भन्दै दुईपटक म्याद थपिसकेको छ। थप एक–एक वर्षगरी दूईपटक थपिएको म्याद २०७५ असोजमा सकिईसकेको छ। दोश्रो पटकसम्म थपिएको म्यादमा पनि लगानीको श्रोत नभेटाएको जिएमआरले तेस्रो पटक म्याद थप्न भन्दै लगानी बोर्डसँग बारम्बार आग्रह गर्दै आईरहेको छ। 

माथिल्लो कर्णाली उत्पादन लागतका हिसाबले निकै सस्तो आयोजना भएका कारण यसलाई जलविद्युत क्षेत्रमा ‘श्रीपेचको हिरा’ का नामले पनि चिनिने गरेको छ।

सम्बन्धित समाचार

माथिल्लो कर्णालीको बिजुली किन्ने बंगलादेशको निर्णयपछि जिएमआरले लगानीको स्रोत भेट्ला? 

माथिल्लो कर्णालीमा जिएमआरले जुटाउन सकेन पैसा, कानुन भन्छ- सम्झौता खारेज गरिनुपर्छ

माथिल्लो कर्णालीमा लगानी जुटाउन भारतीय निर्माण कम्पनीलाई किन थपिँदैछ तेस्रो म्याद?

माथिल्लो कर्णाली परियोजना : भारतीय कम्पनी \'जिएमआर\'को म्याद नथप्न दबाब

प्रकाशित मिति: मंगलबार, असोज ६, २०७७  ०६:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त जोशी
जोशी नेपाललाइभका अर्थ बिटमा कार्यरत छन्।
लेखकबाट थप
राजस्व अनुसन्धानले समातेको ७२ मेट्रिक टन गुणस्तरहीन चिनी नष्ट गरिँदै
साइबर सुरक्षामा बैंक-वित्तीय क्षेत्र कति संवेदनशील छ?
आफैंले भोगेको समस्याबाट जन्मिएको ‘फुडमान्डु’
सम्बन्धित सामग्री
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? यससँगै पछिल्लो तीन कारोबारी दिनभित्रमा मात्रै सुनको मूल्य प्रतितोला कुल ७ हजार रुपैयाँले घट्न पुगेको छ। बुधबार, असोज २८, २०८३
१०९ सामुदायिक विद्यालयको पूर्वाधार विकासमा सरकारको साढे ६ अर्बभन्दा बढी लगानी शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब... बुधबार, असोज २८, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैया... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्