• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, साउन २९, २०८३ Fri, Aug 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

माथिल्लो कर्णालीको बिजुली किन्ने बंगलादेशको निर्णयपछि जिएमआरले लगानीको स्रोत भेट्ला? 

‘वित्तीय व्यवस्थापनका लागि तेस्रोपटक म्याद थप्ने तयारी’
64x64
नेपाल लाइभ शनिबार, पुस ५, २०७६  १८:४५
1140x725

काठमाडौं-  गत बुधबार (१८ डिसेम्बर) मा बंगलादेशको क्याबिनेट कमिटि अन पब्लिक पर्चेज (सिसिपिपी) ले सार्वजनिक खरिद प्रकृयासम्बन्धी चारवटा प्रस्ताव स्वीकृत गर्‍यो।  जसमध्ये एउटा थियो, भारतीय कम्पनी जिएमआरमार्फत् नेपालको विद्युत किन्ने। 

बंगलादेशका अर्थमन्त्री अहम्मबर मुस्तफा कमालको अध्यक्षतामा भएको यो निर्णयअनुसार २५ वर्षका लागि प्रतिकिलोवाट आवर (युनिट) ७ दशमलव ७१ अमेरिकी डलरमा खरिद गर्न उक्त स्वीकृत दिइएको हो। यसरी विद्युत आयात गर्दा बंगलादेश सरकारले ३८ हजार १ सय ६० दशमलव ७५ करोड टाका (१ टाका बराबर १.३४ नेपाली रुपैयाँ) जिएमआरलाई तिर्नेछ। 

जिएमआरमार्फत् विद्युत किन्ने प्रस्ताव बंगलादेशले स्वीकृत गरे पनि ती दुई पक्षबीच आधिकारिक रुपमा विद्युत खरिद–बिक्री सम्झौता (पिपिए) भने भइसकेको छैन। जिएमआरले नेपालको माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माण गरेर त्यहाँबाट उत्पादित विद्युत भारतको बाटो हुँदै बंगलादेश लैजानेछ। जिमएमआरले माथिल्लो कर्णालीबाट उत्पादित विद्युतको बंगलादेशसँग पिपिए गर्न भारतको ऊर्जा नियामक कम्पनी एनटिपिसी विद्युत व्यापार निगममार्फत् जानुपर्नेछ। 

माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणका लागि प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको ११ वर्ष तथा पीडीएमा हस्ताक्षर भएको ६ वर्ष बितिसक्दा पनि जिएमआरले आयोजनाका लगानी लगानी जुटाउन सकेको छैन। सोहीकारण परियोजना निर्माणका लागि जिएमआरले कुनै पहल गरेको छैन। जिएमआरले लगानी जुटाउने समय गुजारेको पनि १५ महिनाभन्दा बढी समय भयो।

जिएमआरलाई लगानी जुटाउन दिएको समय गतवर्ष असोजमा सकिएको थियो। दोश्रो पटकसम्म थपिएको म्यादमा पनि लगानीको श्रोत नभेटाएको जिएमआरले तेस्रो पटक म्याद थप्न भन्दै लगानी बोर्डसँग बारम्बार आग्रह गरिरहेको लगानी बोर्डका प्रवक्ता बलराम रिज्यालको भनाइ छ। 

nimb
nimb
Ncell 2
Ncell 2

‘जिएमआरलाई लगानी जुटाउन दिइएको समय गुज्रेको लामै समय भयो। उसले म्याद थपका लागि आग्रह गरिरहेको छ। तर हामीले भने अहिलेसम्म म्याद थप्ने आधार नभेटाएकै कारण त्यो प्रस्ताव बोर्डको संचालक समितिमा लगेका छैनौं,’ उनले भने, ‘अब पिपिए भएपछि बैंकबाट ऋण पाउँछ र पैसा लिएर आएपछि हामी म्याद थप्ने प्रस्ताव सञ्चालक समितिमा लैजान्छौं,’ रिज्यालले भने। जिएमआरले लगानीको श्रोत भेटाएको भन्दै बोर्डलाई मौखिक रुपमा भन्दै आएपनि बोर्डले भने लिखित रुपमा विस्वासिलो आधारसहित आउन भन्दै आएको उनको भनाइ छ। 

पिपिए गर्ने बंगलादेशको निर्णयसँगै जिएमआरले माथिल्लो कर्णाली आयोजना निर्माणका लागि लामो समयसम्म जुटाउन नसकेको श्रोत अब जुटाउने अपेक्षा राखिएको छ। त्यसपछि १५ महिनाअघि नै सकिएको समय १ वर्षलाई थप्ने प्रस्ताव लगानी बोर्ड सञ्चालक समितिमा लैजाने र अनुमोदन गर्ने तयारी सरकारको छ।

जिएमआरले तेस्रो पटक समय थप गर्न लगानी बोर्डले बैंकको ग्यारेन्टीसहितको लिखित प्रमाण माग्ने प्रवक्ता रिज्याल बताउँछन। ‘उसले मौखिक रुपमा त लगानीको श्रोत भेटियो भनिरहेको छ। तर हामीले त्यसलाई पत्याउने कुरा भएन। विश्वस्त आधारसहितको लिखित प्रमाणसहित आउन भनेका छौं,’उनले भने। 

पछिल्लो पटक जीएमआरले बंगलादेशमा विद्युत् निर्यात् गर्ने भन्दै वित्तीय व्यवस्थापनको म्याद थमौतीका लागि अर्को प्रयास गर्दै आइरहेको छ। यसअघि परियोजना निर्माण गर्न वित्तीय व्यवस्थापनका लागि दुईपटक म्याद थप्दा पनि जीएमआरले लगानी जुटाउन सकेको थिएन। २०७१ साल असोज ३ गते लगानी बोर्ड र जीएमआरबीच भएको परियोजना विकास सम्झौता (पीडीए) अनुसार परियोजना निर्माणका लागि आवश्यक वित्तीय व्यवस्थापन दुई वर्षभित्र अर्थात् २०७३ असोज ३ गतेभित्र लगानी जुटाई सक्नुपर्ने थियो। तर जीएमआरले पीडीएमा उल्लेख भएको प्रावधानअनुसार दुईवर्षभित्र लगानी जुटाउन सकेन। त्यसपछि पनि लगानी बोर्डले उसलाई वित्तीय व्यवस्थापन गर्न भन्दै अर्कोपटक  म्याद थपिसकेको छ। दोस्रो पटकको समयसीमा गतवर्ष असोज ३ गते सकिइसकेको छ। 

प्रकाशित मिति: शनिबार, पुस ५, २०७६  १८:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अब सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा कडाइ, नयाँ मापदण्ड लागू
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ?
सांसद सुनारको व्यवहारबारे आईजीपी कार्कीले सभामुख अर्यालसँग भेटे
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
अब सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा कडाइ, नयाँ मापदण्ड लागू शुक्रबार, साउन २९, २०८३
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
सांसद सुनारको व्यवहारबारे आईजीपी कार्कीले सभामुख अर्यालसँग भेटे शुक्रबार, साउन २९, २०८३
पूर्व प्रहरी संगठनहरु आईजीपीको पक्षमा उभिए, सांसद सुनारको अभिव्यक्तिमा आपत्ति शुक्रबार, साउन २९, २०८३
न्यायाधीश र संवैधानिक पदाधिकारीको नयाँ तलबमान सार्वजनिक शुक्रबार, साउन २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
समितिमा नोकझोकपछि किन छिरे आईजीपी प्रधानमन्त्री कार्यालय? बिहीबार, साउन २८, २०८३
देउवाको स्वागतमा सहभागीलाई धन्यवाद दिँदै विद्रोही कांग्रेसको राष्ट्रिय भेलाको कार्यतालिका सार्वजनिक [तालिकासहित] बिहीबार, साउन २८, २०८३
जनआस्थाको समाचारबाट आफू पनि पीडित भएको महिला आयोग अध्यक्ष पराजुलीको दाबी शुक्रबार, साउन २९, २०८३
‘नैतिक पतन’व्यक्तिलाई प्रज्ञा प्रतिष्ठानको कुलपति बनाएको आरोप शुक्रबार, साउन २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
नेपाललाई मेडिकल हब बनाउन अस्पतालहरूबीच सहकार्य आवश्यक : डा. अमित तोमर नेपाल लाइभ
डा. विमल अर्थात् आधुनिक दधिचि धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्