काठमाडौं – गायिका अञ्जु पन्तको स्वर रहेको ‘धर्तिमा आएँ एक्लै’ बोलको गीत सार्वजनिक भएको छ। वसन्त लम्सालको शब्द तथा संगीत रहेको गीतको म्युजिक भिडियो पनि एक साथ सार्वजनिक गरिएको हाे।
गीतमा आफ्नो मान्छेसँग छुट्टिदाको कथालाई समेटिएको छ। म्युजिक भिडियोमा मोडल विनु शाक्य र सनम कठायतको अभिनय रहेको छ।
सार्वजनिक गीतको भिडियोमा विकास घले गुरूङको निर्देशन छ भने टेकेन्द्र शाहको सम्पादन र मुकेश हुमागाईँको छायाँकन रहेको छ।
गीतकाे भिडियाे:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।