नयाँ दिल्ली (एजेन्सी)- बलिउडका 'मुन्नाभाइ' सञ्जय दत्तको जीवन जति रंगीन थियो, उति नै उनी समाचारहरुमा छाइरहन्थे। सञ्जयको उनका हिरोइनहरुसँग नाम जोडिनु सामान्य कुरा हुने गर्थ्यो। उमेरमा उनको व्यक्तित्व र हुलिया यति आकर्षक थियो, जोकोही उनीप्रति मोहित हुन्थ्यो। यसै कारण सञ्जय दत्तले अहिलेसम्मको जीवनयात्रामा ३ सय ८ युवतीसँग प्रेम गाँसिसकेका छन्।
निर्देशक राजकुमार हिरानीले आफ्नो नयाँ बायोपिक 'सञ्जु' मा सञ्जय दत्तको यस्तै रोचक किस्सा खोतल्नेछन् र दर्शकलाई उनका केही नसुनिएका र नदेखिएका विषयहरुसँग साक्षात्कार गराउनेछन्।
त्यसो त सञ्जय दत्तले एक अन्तर्वार्तामा यो कुरा स्विकारेका थिए, उनी एकसाथ तीन युवतीसँग प्रेम सम्बन्धमा थिए र कहिले पनि 'पक्राउ' खाएनन्।
टिजर रिलिजसँगै बहुप्रतीक्षित बनेको यो फिल्म आगामी जून २९ मा प्रदर्शन हुनेछ। फिल्मको निर्माण हिरानी र विधु विनोद चोपडाले संयुक्तरुपमा गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।