पोखरा– नेपाली काँग्रेसले ४ नम्बर प्रदेशको संसदीय दलको नेतामा कृष्णचन्द्र नेपाली पोख्रेललाई चयन गरेको छ। शनिबार बसेको संसदीय दलको बैठकले सर्वसम्मत रुपमा उनलाई नेता चयन गरेको हो।
पोख्रेल नवलपरासी (बर्दघाट पूर्व)का सांसद हुन्।
दलको उपनेतामा स्याङजाका प्रदेश सांसद मेखलाल श्रेष्ठ, प्रमुख सचेतकमा वाग्लुङका मणिभद्र शर्मा कँडेल तथा सचेतकमा नवलपरासीकी ओमकला गौतम चयन भएकी छिन्।
त्यस्तै प्रदेश संसदको लेखा समिति सभापतिमा कास्कीका प्रदेश सांसद कुमार खड्कालाई पठाउने निर्णय भएको छ। प्रदेश ४ मा कुल ६० मध्ये काँग्रेसका १५ सांसद रहेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।