• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

फिल्ममा किन टिक्दैनन् मिस नेपाल?

64x64
नेपाल लाइभ शनिबार, वैशाख १५, २०७५  ०९:५१
1140x725

काठमाडौं– निकिता चन्दकको लक्ष्य थियो नेपाली फिल्ममा अभिनय गर्नु। केही वर्ष अघिबाटै फेसन–शो र मोडलिङमा सहभागिता जनाउँदै आएकी निकितालाई अवसरको खाँचो थियो। तर उनका लागि फिल्मी करिअरको सपनाभन्दा उच्च उपलब्धि हासिल भयो। उनी मिस नेपाल वर्ल्ड २०१७ को ताज पहिरिन सफल भइन्।

उनले ठूलो उपब्धित हासिल त गरिन् तर फिल्मी दुनियाँमा फड्को मार्ने इच्छा पूरा गर्न थप एक वर्ष कुर्नुपर्‍यो। मिस नेपालको आयोजक हिडन ट्रेजरको औपचारिक नियममा बाँधिन पुगेकी उनले एक वर्ष आयोजकसँगै अनुबन्धित रहनुपर्‍यो।

अब भने उनको फिल्मी इच्छाले पूर्णता पाउँदैछ। उनी नेपालमा अहिलेसम्म घोषित मिस नेपालमध्ये छोटो समयमै फिल्ममा अनुबन्धित भएकी मिस नेपाल पनि हुन्। केही दिनअघि मात्रै 'रानीमहल'का लागि अनुबन्धित भइन्। अभिनयका लागि उनले रु १० लाख पारिश्रमिक लिएको चर्चा भए पनि उनी त्यसलाई स्विकार्न तयार भइनन्।

मिस नेपालको उपाधिले चिनिएकी निकिताले फिल्मबाट दर्शकको मन कसरी जित्लिन्, त्यसका लागि फिल्म प्रदर्शन मिति कुर्नुपर्नेछ। त्यसो त धेरैले उनलाई चासोपूर्वक हेरिरहेका छन्। किनकि सन् १९९४ बाट सुरु भएको मिस नेपालका विजेताहरु जजसले अभिनय यात्रा तय गरे, उनीहरु टिक्न सकेनन्।

अभिनयको सौख र पलायन

पहिलो मिस नेपाल बनेकी रुवि राणाले तीन वटा फिल्ममा अभिनय गरिन्। उनको पहिलो फिल्म थियो, 'अनमोल'। त्यसपछि उनले 'भुतुक्कै भएँ नि', 'आधा बाटो'  फिल्ममा आफ्नो कला देखाइन्। तर अभिनय यात्रालाई उनले निरन्तरता दिन सकिनन्। यसको अर्थ फिल्म क्षेत्रमा उनको उपस्थिति जम्न सकेन। पछिल्लो केही महिनायता भने उनी अभियनबाट टाढिएर 'आउँदै जाँदै'को निमार्णमा कस्सिएकी छिन्। 

दोस्रो मिस नेपाल (१९९५)  सुमी खड्काले पनि अभिनय यात्रामा पाइला त चालिन्। तर ठूलो उपलब्धि पाउन सकिनन्। 'समर्पण', 'सुपरस्टार', 'ग्रहण', 'एक नजर' जस्ता फिल्ममा अनुबन्धित भएकी उनले अन्तत: यो क्षेत्र नै त्यागेर एयर होस्टेजको पेसा रोजिन्। अहिले उनी अमेरिकामा छिन्।

१९९७ की मिस नेपाल झरना बज्राचार्य भने तुलनात्मक सफल अभिनेत्रीका रुपमा दरिन्छिन्। 'हतियार'बाट फिल्मी करिअर सुरु गरेकी झरनाले 'भुतुक्कै भएँ नि', 'सिँउदोको सिन्दुर', 'अन्जुली', 'भाइटीका', 'माया गर्छु म', 'चाहन्छु म तिमीलाई', 'लभ इन नेपाल' (हिन्दी), 'परेँ नि माया जालैमा', 'सञ्जीवनी', 'फेरि अर्को साइनो' जस्ता फिल्ममा अभिनय गरिन्। २००५ बाट फिल्मी दुनियाँबाट अलग्गिएकी झरनाले पुनः २०१० मा 'कोही मेरो'मार्फत कमब्याक गरिन्। २०१६ मा 'सेफ ल्यान्डिङ'मार्फत दर्शकमाझ आएकी उनका अधिकांश फिल्म सफल बन्न सकेनन्। मलेसियन व्यापारीसँग वैवाहिक सम्बन्धमा बाँधिएकी उनी हाल मलेसियामै बस्दै आएकी छन्।

Ncell 2
Ncell 2
nimb
nimb

माल्भिका सुब्बा सन् २००२ की मिस नेपाल हुन्। उनले पनि फिल्मी करिअरलाई नरोजेकी होइनन्। 'गुडबाई काठमाडौं', 'गड लिभ्स इन हिमालय' जस्ता फिल्ममा अभिनय गरेकी उनले 'हाउ फन्नी' निर्माणसमेत गरिन्। तर न उनी अभिनयमा जम्न सकिन् न त निर्माण गरेको फिल्मले नै सफलता पायो। अन्ततः कार्यक्रम उद्घोषक र युवा उद्यमीहरुका लागि आइडिया स्टुडियोको सिइओका रुपमा उनी स्थापित हुन पुगेकी छन्।

जेनिसा मोक्तान (२००९) ले पनि अभिनय यात्रालाई अन्य मिस नेपालले जस्तै पछ्याउने प्रयास गरिन्। 'मेरो एउटा साथी'मा अभिनय गरेकी उनी त्यसपछि फिल्मी पर्दाबाटै अलप भइन्। पछि वैवाहिक सम्बन्ध गाँसेनकी उनी अन्य क्षेत्रमै जीवन बिताइरहेकी छन्।

सन् २०११ की मिस नेपाल मलिना जोशी भने अझै फिल्मी क्षेत्रमै छिन्। २०१४ मा 'ऋतु'बाट अभिनय यात्रा थालेकी उनी 'कति धेरै', 'झुम्की', 'द वीनर', 'रानी', 'संरक्षण'मा पनि आबद्ध भइन्। उनको अभिनय रहेको 'तिमी हुन्छौ जहाँजहाँ' भने प्रदर्शनको तयारीमा छ। 

यतिका फिल्म काम गरिसकेकी मलिनाका फिल्महरु भने सफल हुन सकेनन्। 

Xtrem

Xtrem

व्यावसायिक सफल फिल्म 'गाजलु'की नायिका सृष्टि श्रेष्ठ मिस नेपाल २०१२ की विजेता हुन्। गाजलुले व्यापारिक सफलता पाउनुका साथै समीक्षकबाट पनि मिश्रित प्रतिक्रिया पाएको थियो। 'गाजलु'बाटै उनले विभिन्न विधामा अवार्ड पनि प्राप्त गरिन्। उनी अभिनित 'बाँध मायाले' फिल्म प्रदर्शनमा आउँदैछ। गाजलुमा कमाएको चर्चा उनले अबको फिल्मबाट पाउलिन् त?

'रोमियो एन्ड मुना' पनि प्रदर्शनको तयारीमा छ। फिल्मको गीत सार्वजनिक  कार्यक्रममा 'टु पिस' नृत्यले विवाद आएपछि फिल्मको प्रचारप्रसार यतिबेला रोकिएको छ। सृष्टिकै फिल्म 'लाहुरे' पनि पाइपलाइनमा छ।

समग्रमा हेर्दा फिल्म प्रवेशका लागि मिस नेपालको ताज 'ग्रिन सिग्नल'कै रुपमा देखिन्छ। अभिनय कला जस्तोसुकै भए पनि निर्माताहरु मिस नेपाललाई अनुबन्धन गर्न लालायित छन्।
साढे दुई दशक लामो मिस नेपालको शृंखलामा भने २०१८ की मिस नेपाल शृंखला खतिवडा फरक देखिइन्। फिल्मी क्षेत्रमा प्रवेश नगर्ने उनले बताइसकेकी छन्।

आफ्नो औपचारिक अध्ययन आर्किटेक्चर इन्जिनियरिङ भएकाले त्यतैतिर आफ्नो करिअर रहेको उनको भनाइ छ। निर्माता/निर्देशकको नजरमा परेकी उनी आफ्नो भनाइमा टिकिरहलिन्? त्यो चाहिँ भविष्यले बताउनेछ।

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०७५  ०९:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम
सम्बन्धित सामग्री
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछ: राष्ट्रपति पौडेल जितीया पर्वको अवसरमा आज उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस्ता पर्वले आपसी सहिष्णुताको भावन... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात बुधबार, असोज २१, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट बुधबार, असोज २१, २०८३
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्