• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ १, २०८२ Thu, Jan 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

फिल्ममा किन टिक्दैनन् मिस नेपाल?

64x64
नेपाल लाइभ शनिबार, वैशाख १५, २०७५  ०९:५१
1140x725

काठमाडौं– निकिता चन्दकको लक्ष्य थियो नेपाली फिल्ममा अभिनय गर्नु। केही वर्ष अघिबाटै फेसन–शो र मोडलिङमा सहभागिता जनाउँदै आएकी निकितालाई अवसरको खाँचो थियो। तर उनका लागि फिल्मी करिअरको सपनाभन्दा उच्च उपलब्धि हासिल भयो। उनी मिस नेपाल वर्ल्ड २०१७ को ताज पहिरिन सफल भइन्।

उनले ठूलो उपब्धित हासिल त गरिन् तर फिल्मी दुनियाँमा फड्को मार्ने इच्छा पूरा गर्न थप एक वर्ष कुर्नुपर्‍यो। मिस नेपालको आयोजक हिडन ट्रेजरको औपचारिक नियममा बाँधिन पुगेकी उनले एक वर्ष आयोजकसँगै अनुबन्धित रहनुपर्‍यो।

अब भने उनको फिल्मी इच्छाले पूर्णता पाउँदैछ। उनी नेपालमा अहिलेसम्म घोषित मिस नेपालमध्ये छोटो समयमै फिल्ममा अनुबन्धित भएकी मिस नेपाल पनि हुन्। केही दिनअघि मात्रै 'रानीमहल'का लागि अनुबन्धित भइन्। अभिनयका लागि उनले रु १० लाख पारिश्रमिक लिएको चर्चा भए पनि उनी त्यसलाई स्विकार्न तयार भइनन्।

मिस नेपालको उपाधिले चिनिएकी निकिताले फिल्मबाट दर्शकको मन कसरी जित्लिन्, त्यसका लागि फिल्म प्रदर्शन मिति कुर्नुपर्नेछ। त्यसो त धेरैले उनलाई चासोपूर्वक हेरिरहेका छन्। किनकि सन् १९९४ बाट सुरु भएको मिस नेपालका विजेताहरु जजसले अभिनय यात्रा तय गरे, उनीहरु टिक्न सकेनन्।

अभिनयको सौख र पलायन

पहिलो मिस नेपाल बनेकी रुवि राणाले तीन वटा फिल्ममा अभिनय गरिन्। उनको पहिलो फिल्म थियो, 'अनमोल'। त्यसपछि उनले 'भुतुक्कै भएँ नि', 'आधा बाटो'  फिल्ममा आफ्नो कला देखाइन्। तर अभिनय यात्रालाई उनले निरन्तरता दिन सकिनन्। यसको अर्थ फिल्म क्षेत्रमा उनको उपस्थिति जम्न सकेन। पछिल्लो केही महिनायता भने उनी अभियनबाट टाढिएर 'आउँदै जाँदै'को निमार्णमा कस्सिएकी छिन्। 

दोस्रो मिस नेपाल (१९९५)  सुमी खड्काले पनि अभिनय यात्रामा पाइला त चालिन्। तर ठूलो उपलब्धि पाउन सकिनन्। 'समर्पण', 'सुपरस्टार', 'ग्रहण', 'एक नजर' जस्ता फिल्ममा अनुबन्धित भएकी उनले अन्तत: यो क्षेत्र नै त्यागेर एयर होस्टेजको पेसा रोजिन्। अहिले उनी अमेरिकामा छिन्।

१९९७ की मिस नेपाल झरना बज्राचार्य भने तुलनात्मक सफल अभिनेत्रीका रुपमा दरिन्छिन्। 'हतियार'बाट फिल्मी करिअर सुरु गरेकी झरनाले 'भुतुक्कै भएँ नि', 'सिँउदोको सिन्दुर', 'अन्जुली', 'भाइटीका', 'माया गर्छु म', 'चाहन्छु म तिमीलाई', 'लभ इन नेपाल' (हिन्दी), 'परेँ नि माया जालैमा', 'सञ्जीवनी', 'फेरि अर्को साइनो' जस्ता फिल्ममा अभिनय गरिन्। २००५ बाट फिल्मी दुनियाँबाट अलग्गिएकी झरनाले पुनः २०१० मा 'कोही मेरो'मार्फत कमब्याक गरिन्। २०१६ मा 'सेफ ल्यान्डिङ'मार्फत दर्शकमाझ आएकी उनका अधिकांश फिल्म सफल बन्न सकेनन्। मलेसियन व्यापारीसँग वैवाहिक सम्बन्धमा बाँधिएकी उनी हाल मलेसियामै बस्दै आएकी छन्।

Ncell 2
Ncell 2

माल्भिका सुब्बा सन् २००२ की मिस नेपाल हुन्। उनले पनि फिल्मी करिअरलाई नरोजेकी होइनन्। 'गुडबाई काठमाडौं', 'गड लिभ्स इन हिमालय' जस्ता फिल्ममा अभिनय गरेकी उनले 'हाउ फन्नी' निर्माणसमेत गरिन्। तर न उनी अभिनयमा जम्न सकिन् न त निर्माण गरेको फिल्मले नै सफलता पायो। अन्ततः कार्यक्रम उद्घोषक र युवा उद्यमीहरुका लागि आइडिया स्टुडियोको सिइओका रुपमा उनी स्थापित हुन पुगेकी छन्।

जेनिसा मोक्तान (२००९) ले पनि अभिनय यात्रालाई अन्य मिस नेपालले जस्तै पछ्याउने प्रयास गरिन्। 'मेरो एउटा साथी'मा अभिनय गरेकी उनी त्यसपछि फिल्मी पर्दाबाटै अलप भइन्। पछि वैवाहिक सम्बन्ध गाँसेनकी उनी अन्य क्षेत्रमै जीवन बिताइरहेकी छन्।

सन् २०११ की मिस नेपाल मलिना जोशी भने अझै फिल्मी क्षेत्रमै छिन्। २०१४ मा 'ऋतु'बाट अभिनय यात्रा थालेकी उनी 'कति धेरै', 'झुम्की', 'द वीनर', 'रानी', 'संरक्षण'मा पनि आबद्ध भइन्। उनको अभिनय रहेको 'तिमी हुन्छौ जहाँजहाँ' भने प्रदर्शनको तयारीमा छ। 

यतिका फिल्म काम गरिसकेकी मलिनाका फिल्महरु भने सफल हुन सकेनन्। 

व्यावसायिक सफल फिल्म 'गाजलु'की नायिका सृष्टि श्रेष्ठ मिस नेपाल २०१२ की विजेता हुन्। गाजलुले व्यापारिक सफलता पाउनुका साथै समीक्षकबाट पनि मिश्रित प्रतिक्रिया पाएको थियो। 'गाजलु'बाटै उनले विभिन्न विधामा अवार्ड पनि प्राप्त गरिन्। उनी अभिनित 'बाँध मायाले' फिल्म प्रदर्शनमा आउँदैछ। गाजलुमा कमाएको चर्चा उनले अबको फिल्मबाट पाउलिन् त?

'रोमियो एन्ड मुना' पनि प्रदर्शनको तयारीमा छ। फिल्मको गीत सार्वजनिक  कार्यक्रममा 'टु पिस' नृत्यले विवाद आएपछि फिल्मको प्रचारप्रसार यतिबेला रोकिएको छ। सृष्टिकै फिल्म 'लाहुरे' पनि पाइपलाइनमा छ।

समग्रमा हेर्दा फिल्म प्रवेशका लागि मिस नेपालको ताज 'ग्रिन सिग्नल'कै रुपमा देखिन्छ। अभिनय कला जस्तोसुकै भए पनि निर्माताहरु मिस नेपाललाई अनुबन्धन गर्न लालायित छन्।
साढे दुई दशक लामो मिस नेपालको शृंखलामा भने २०१८ की मिस नेपाल शृंखला खतिवडा फरक देखिइन्। फिल्मी क्षेत्रमा प्रवेश नगर्ने उनले बताइसकेकी छन्।

आफ्नो औपचारिक अध्ययन आर्किटेक्चर इन्जिनियरिङ भएकाले त्यतैतिर आफ्नो करिअर रहेको उनको भनाइ छ। निर्माता/निर्देशकको नजरमा परेकी उनी आफ्नो भनाइमा टिकिरहलिन्? त्यो चाहिँ भविष्यले बताउनेछ।

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०७५  ०९:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर
सभापति थापाले भने : ‘निर्वाचन आयोगले विशेष महाधिवेशनको निर्णयलाई अद्यावधिक गर्नेमा विश्वस्त छु’
विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस कार्यसमितिले आयोगमा बुझायो विवरण
सम्बन्धित सामग्री
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
आज क्रिसमस डे मनाइँदै, देशभर सार्वजनिक बिदा आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई क... बिहीबार, पुस १०, २०८२
जुम्लामा ‘ठूली भैली’ शुरु कर्णालीमा पुस महिनामा सबैले सबै काम सकाएर बसिरहेको वेला सबै मिलेर रमाइलो गर्दै हिउँदको महिनामा ठूली भैलो खेल्ने चलन छ। औँसीदेखि पञ्च... सोमबार, पुस ७, २०८२
ताजा समाचारसबै
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर बिहीबार, माघ १, २०८२
सभापति थापाले भने : ‘निर्वाचन आयोगले विशेष महाधिवेशनको निर्णयलाई अद्यावधिक गर्नेमा विश्वस्त छु’ बिहीबार, माघ १, २०८२
विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस कार्यसमितिले आयोगमा बुझायो विवरण बिहीबार, माघ १, २०८२
कांग्रेस प्रवक्तामा देवराज चालिसे नियुक्त बिहीबार, माघ १, २०८२
देउवाको हस्ताक्षर हटाउने र नवनिर्वाचित टीम आयोगमा अद्यावधिक गर्ने गगन नेतृत्वको कांग्रेसको निर्णय बिहीबार, माघ १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगनलाई प्रधानमन्त्रीको उम्मेदवारसहित संस्थापनलाई ८ बुँदे प्रस्ताव, संस्थापनद्वारा अस्वीकार बुधबार, पुस ३०, २०८२
पार्टीबाट निष्कासनमा परेपछि विश्वप्रकाश–  ‘गगन र म दुवै दृढ छौँ, विशेष महाधिवेशनले सही नेतृत्व दिनेछ’ बुधबार, पुस ३०, २०८२
देउवाले राजीनामा दिन नमानेपछि महामन्त्रीहरूसँगको वार्ता टुंगियो बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोग पुग्यो देउवा पक्षको पत्र, महामन्त्रीद्वयलाई कारबाही गरेको जानकारी बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्