एजेन्सी– पछिल्लो समय हलिउडमा व्यस्त रहेकी अभिनेत्री प्रियंका चोपडा पुन: बलिउडमा फकर्ने तयारीमा छिन्।
प्रियंकाका अनुसार, बलिउडमा उनको अभिनयले आउँदो अगस्टबाट फेरि निरन्तरता पाउनेछ। बलिउडबाट फड्को मार्दै हलिउड पुगेकी प्रियंकाले फिल्म 'भारत' बाट सलमान खानसँग अनस्क्रिन रोमान्स गर्दै छिन्।
प्रियंकाले आफ्नो फेसबुक लाइभ मार्फत अगस्टबाट फिल्म 'भारत'को सुटिङ सुरु हुने जानकारी गराएकी हुन्। उनले 'भारत'सँगै हलिउडका अन्य प्रोजेक्टबारे समेत जानकारी दिइन्।
प्रियंका अभिनीत हलिउड फिल्म ‘अ किड लाइक ज्याक’ यही जून महिनामा प्रदर्शनमा आउँदै छ। त्यस्तै, उनको अर्को ‘रोमान्टिक’ नामक फिल्म आउँदो प्रणय दिवसका दिन सार्वजनिक हुने उनले जनाएकी छन्।
प्रियंकाले फिल्म 'भारत'मा काम गर्न निकै आतुर रहेको बताएकी छन्। एक भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै उनले सलमानसँग एकसाथ काम गर्न निकै उत्साहित रहेको बताएकी हुन्। सलमान र प्रियंकाले करिब १४ वर्षअघि एकसाथ देखिन लागेका हुन्। 'भारत' सन् २०१९ को इदमा प्रदर्शनमा आउने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।