एजेन्सी– बलिउड अभिनेता अामिर खानको मुख्य अभिनयमा बन्न लागेका फिल्म 'महाभारत'को चर्चा यतिबेला निकै चुलिएको छ। करिब एक हजार करोड रुपैयाँ लगानीमा बन्न लागेको फिल्मका लागि केही प्रोडक्सन हाउसले यतिबेला धमाधम काम गरिरहेका छन्।
महाभारत आमिर अभिनित सबैभन्दा ठूलो लगानीमा बन्न लागेको पौराणिक कथामा आधारित फिल्म हो। फिल्ममा आमिर खान श्रीकृष्ण भगावान्को रुपमा प्रस्तुत हुनेछन्। भारतीय सञ्चारमाध्यमका अनुसार फिल्ममा द्रौपदीको भूमिकामा भने दीपिका पादुकोणको सम्भावना बढेको छ।
द्रौपदीको भूमिकामा कुन कलाकार राख्ने भन्ने निर्णय फिल्म युनिटले नगरेकाले यसमा आमिरको मनसाय भने दीपिकालाई राख्ने रहेको बुझिएको छ।
पछिल्लो समय फिल्म पद्मावतमा दीपिकाले निर्वाह गरेको भूमिकाले निम्त्याएको विवाद सेलाउँदै गर्दा पुनः पौराणिकतासँग जोडिएको फिल्ममा दीपिकाको आगमन हुने नहुनेमा शंका उत्पन्न भएको हो। यससँगै सञ्चारमाध्यमका अनुसार श्रीकृष्णको भूमिकामा देखिन लागेका आमिरको पनि विरोध सुरु भएको छ।
बलिउड हंगामाका अनुसार, हिन्दु संस्कार निकै जटिल भएको र यसमा काम गर्ने नगर्ने निर्णयका लागि आमिरले पुनर्विचार गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।