काठमाडौं– दैनिक करीब १ हजारभन्दा बढी कामदार वैदेशिक रोजगारका लागि जाने गरेका छन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको चैतसम्मको तथ्यांकअनुसार विदेशमा रोजगारीका लागि २०७४ चैतसम्म पुरुष १ लाख ३४ हजार ७ सय ७२ र महिला ५ हजार ३ सय ७८ गरी जम्मा १ लाख ४० हजार १ सय जनाले पूर्वस्वीकृति लिएकामा पुरुष ३० हजार १ सय १४ र महिला १ हजार ७ सय ४ जना वैदेशिक रोजगारका लागि गएका छन्।
त्यस्तै रोजगार अनुमति प्रणाली(इपिएस) परीक्षा उत्तीर्ण गरी पुरुष ७ सय १५ र महिला ५९ जना दक्षिण कोरिया गएका छन्। चैतमा पनि सबैभन्दा धेरै ११ हजार ४ सय ३ जना मलेसियामा वैदेशिक रोजगारीका लागि गएका छन्।
त्यस्तै कम जाने मुलुकमा जापान छ। त्यहाँ ४ मात्र वैदेशिक रोजगारीका लागि गएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।