• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

दसैंमा घर जाने यात्रुको व्यवस्थापन कसरी?

'संक्रमण जोखिम भयावह हुन सक्छ'
64x64
शिव बोहरा सोमबार, भदौ २९, २०७७  ०८:३४
1140x725

काठमाडौं-कोरोना भाइरसको संक्रमण दर दिनदिनै बढिरहेको छ। लकडाउन खुलेपछि संक्रमण बढेको भन्दै उपत्यकासहित देशका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको थियो। क्रमिक रुपमा निषेधाज्ञा हट्दै गएको छ। अबको एक महिनापछि दसैं आउँदैछ। दसैंमा काठमाडौं उपत्यकालगायत देशका विभिन्न सहरमा रहेका मानिसहरु आफ्नो जन्मघर जाने गर्छन्। 

कोरोना संक्रमण बढिरहेकै अवस्थामा आउँदै गरेको दसैंमा यात्रुहरुलाई सहज र व्यवस्थित रुपमा गन्तव्यमा पुर्‍याउन पहल नगर्ने हो भने स्थिति जटिल बन्न सक्छ। काठमाडौं उपत्यकामा संक्रमण बढिरहेकाले यहाँबाट गाउँ जाँदा संक्रमणसमेत गाउँ जाने र गाउँबाट काठमाडौं आउँदा संक्रमण आउने सम्भावना ज्यादै धेरै हुन्छ। 

सरकारले संक्रमण जोखिम नहोस् भनेर हालसम्म लामो तथा मध्यम दूरीका सार्वजनिक यात्रुबाहक बस सञ्चालनको अनुमति दिएको छैन। जिल्लाभित्र भने जोर-बिजोर प्रणालीमा सिट क्षमताभन्दा आधामात्र यात्रु राखेर स्वास्थ्य मापदण्ड पुरा गरी चलाउन दिएको छ। २०७६ चैत ११ देखि बन्द लामो तथा मध्यम दूरीका बस हालसम्म चल्न पाएका छैनन्। 

यातायात व्यवसायीहरुले सरकारले तोकेको मिति असोज १ देखि लामो तथा मध्यम दूरीका बस चलाउन अनुमति नदिए स्वतस्फुर्त रुपमा चलाउने घोषणा गरिसकेका छन्। व्यवसायीले सरकारलाई यातायात क्षेत्रका स्वरोजगार, मजदूर तथा लगानीकर्ताहरुको चुल्हो बल्न नसकेकाले चलाउने वातावरण बनाउन आग्रह गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बताए। 

‘हामीले सरकारलाई असोज १ देखि लामो तथा मध्यम दूरीका बस चलाउने व्यवस्था मिलाउन आग्रह गरेका हौं,’ उनले भने, ‘सरकारले बस चलाउन रोकि नै रह्यो भने मजदूर साथीहरु स्वतस्फूर्त रुपमा गाडी चलाउन सक्ने अवस्था आएको अवगत गराएका छौं।’ दसैंमा बस कसरी चलाउने भन्नेबारे अहिले नै सोच्ने अवस्था नआएको उनले बताए। सरकारले अहिलेसम्म सवारी चलाउन दिने निर्णय नै नगरेको र बस मर्मतलगायत धेरै विषय बाँकी रहेकाले सरकारको निर्णयपछि मात्र भन्न सकिने कर्माचार्यले बताए। 

यता यातायात व्यवस्था विभागले भने लामो दूरीका सार्वजनिक बस सञ्चालनको विषयमा सरोकारवालासँग छलफल गरिरहेको महानिर्देशक गोगनबहादुर हमालले बताए। लामो तथा मध्यम दूरीका सार्वजनिक बस चलाउने वा नचलाउने भन्ने विषयको निर्णय मन्त्रिपरिषद्ले गर्ने भए पनि बस सञ्चालन कसरी गर्ने र त्यसको व्यवस्थापन कसरी गर्न सकिन्छ भनेर तयारी गरिरहेको उनको भनाइ छ। 

‘लामो दूरीका बस सञ्चालनकै तयारी भइरहेको छ। यस विषयमा सरकारले नै निर्णय गर्ने कुरा भयो,’ उनले भने, ‘दसैंमा काठमाडौंलगायत सहरी क्षेत्रबाट गाउँ जाने यात्रुको व्यवस्थापनका लागि के गर्न सकिन्छ, कसरी सुरक्षित रुपमा यात्रुलाई गन्तव्य पुर्‍याउन सकिन्छ भनेर विभाग जुटिसकेको छ।’ ढिलो चाँडो अब लामो तथा मध्यम दूरीका यात्रुबाहक बस सञ्चालन गर्नुपर्छ भन्नेबारे विभागले मन्त्रालयलाई भन्दै आएको उनले बताए। 

असोज १ देखि व्यवसायीहरुले लामो तथा मध्यम दूरीका बस चलाउन दिन माग गरेअनुसार दिने हो भने दसैंमा हुने यात्रुको भीड कम हुन सक्ने आँकलन छ। एकैपटक दसैंको मुखमै बस सञ्चालन गर्न दिँदा भीड बढ्ने हमालको भनाइ छ। 

Ncell 2
Ncell 2
nimb
nimb

यो वर्षको दसैंमा विगतमा जस्तो यात्रुको चाप धेरै नहुने भए पनि स्वास्थ्य मापदण्ड लागू गरेर हाल उपत्यकामा सञ्चालित छोटो दूरीका बसजस्तै गरी आधामात्र यात्रु राख्ने हो भने भीड बढ्ने निश्चित छ। त्यसैले सरकारले लामो दूरीका सार्वजनिक बस चलाउने विषयमा छिट्टै निर्णय गर्नुपर्ने व्यवसायीहरुको भनाइ छ। 

बससँगै हवाई जहाज र निजी सवारीको प्रयोग गरेर समेत यात्रुहरु आफ्नो गन्तव्यमा पुग्नेछन्। सरकारले आन्तरिक उडानसमेत खुल्ला गर्ने तयारी गरेको छ।

इ-टिकेटिङको व्यवस्था गरौं
दसैंमा घरजाने यात्रुहरुले टिकट काट्नका लागि बसपार्क नै पुग्नुपर्ने अवस्था छ। कोरोना भाइरसको संक्रमणको यो जोखिमपूर्ण समयमा अनलाइटबाट टिकट काट्ने व्यवस्था मिलाउनुपर्छ। अहिले केही बसले मात्र इ-टिकेटिङको व्यवस्था गरे पनि सरकारले यो वर्षदेखि पूर्ण रुपमा अनलाइनबाट मात्र लामो तथा मध्यम दूरीको बसको टिकट काट्ने व्यवस्था अनिवार्य कार्यान्वयन गर्नुपर्छ। 

इ-टिकेटिङको विषय विगतदेखि नै उठ्दै आएको थियो। विगतमा टिकटमा अनियमितता भएको, टिकट हुँदाहुँदै सकिएको भन्दै कालोबजारी हुने गरेकोलगायत कारणले उठाइएको थियो। यो वर्ष भने ती विषयमा कोरोना भाइरसको संक्रमण थपिएको छ‚ जुन मानिस जम्मा हुनै नमिल्ने अवस्थाको छ। त्यसैले सरकारले दसैं सुरु हुन बाँकी रहेको १ महिना केही दिनको समयमा इ-टिकेटिङ अनिवार्य कार्यान्वयनमा ल्याउनुपर्छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यातायात व्यवस्था विभागले पनि इ-टिकेटिङको विषयमा समेत तयारी गरिसकेकाे जनाएको छ। ‘हामीले अनलाइनबाटै टिकट काट्न मिल्ने विषयमा समेत छलफल गरिरहेका छौं,’ महानिर्देशक हमालले भने, ‘सबै गन्तव्यमा जाने बसको इ-टिकेटिङ गर्न त सम्भव नहुन सक्छ। तर हामी प्रयास गरिरहेका छौं।’ 

यात्रुलाई बसपार्क नै नबोलाऔं
लामो तथा मध्यम दूरीमा सञ्चालित बस छुट्ने र आइपुग्ने अन्तिम गन्तव्य बसपार्क हो। कोरोना भाइरसको संक्रमण बढिरहेको अहिलेको अवस्थामा यात्रुलाई एकै स्थानमा बोलाउनु गलत हुनेछ। त्यसैले यातायात व्यवस्था विभागले लामो तथा मध्यम दूरीका बसलाई रिङरोड घुम्न दिने व्यवस्था मिलाउनुपर्छ। बसलाई रिङरोड घुम्न दिने हो भने यात्रुहरु आफ्नो बासस्थानबाट रिङरोडको नजिकको स्थानमा जान सक्छन्। यसले यात्रुलाई बसपार्कमै पुग्नुपर्ने बाध्यता हुने छैन भने कोरोना संक्रमण हुने सम्भावना समेत कम हुन्छ। अनलाइनबाट टिकट काट्ने र त्यहाँ यात्रुको सम्पर्क नम्बर र यात्रुलाई बस तथा चालकको सम्पर्क नम्बर दिँदा यात्रु छुट्ने सम्भावनासमेत कम हुन्छ। 

बसमा स्वास्थ्य मापदण्ड
यात्रुबाहक बसमा दसैंको समयमा भीडभाड हुने निश्चित छ। कोरोना भाइरसको महामारीका कारण भीडभाड हुँदा संक्रमित व्यक्तिबाट अन्य व्यक्तिमा फैलने सम्भावनासमेत धेरै हुन्छ।  त्यसैले हाल सरकारले उपत्यकालगायत जिल्लाभित्र सञ्चालित छोटो दूरीका बसमा जस्तै स्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा कार्यान्वयन गर्नुपर्ने देखिन्छ। 

यात्रुहरु सचेत हुनुपर्ने
कोरोना भाइरसको संक्रमणबाट बच्न चाडपर्व मनाउन आफ्नो गृहजिल्ला जाने यात्रुले समेत आफू सचेत हुनुपर्नेछ। आफू संक्रमित भएर गाउँ जाँदा घरपरिवार तथा गाउँका अन्य व्यक्तिसमेत संक्रमित हुने सम्भावना हुन्छ। 

त्यसैले गाउँ जाने यात्रु र गाउँबाट काठमाडौं फर्कने यात्रुले आफूलाई सुरक्षित राख्न अधिकतम प्रयास गर्नुपर्छ। त्यसका लागि गाउँ जाने यात्रुले सम्भव भएसम्म आफूलाई १०/१५ दिन आइसोलेसनमा राख्नुपर्छ। बसको यात्रा गर्दासमेत मास्क लगाउने, स्यानिटाइजरको प्रयोग गर्नेलगायत सुरक्षाका मापदण्डको पूर्ण पालना गर्नुपर्ने हुन्छ।

प्रकाशित मिति: सोमबार, भदौ २९, २०७७  ०८:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
भोटेकोशी बाढीले विदुरको खानेपानी योजना ध्वस्त, ३० हजारभन्दा बढी प्रभावित शुक्रबार, असोज ३०, २०८३
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित शुक्रबार, असोज ३०, २०८३
जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग गरे आग्रह शुक्रबार, असोज ३०, २०८३
दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा जाम (तस्बिर) शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सहमहामन्त्री खस आर्यमा आचार्य विजयी शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्