• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस २८, २०८२ Mon, Jan 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

रोड्रिगेजको समय फर्किएला?

64x64
नेपाल लाइभ आइतबार, भदौ २८, २०७७  १५:५३
1140x725

काठमाडौं- जेम्स रोड्रिगेज सन् २०१४ को जुलाईमा स्पेनिस क्लब रियल मड्रिड जाँदा विश्व फुटबलमा केन्द्रमा देखिइरहेका थिए। विश्वकपमा भर्खरै गोल्डेन बुट जितेका रोड्रिगेजले रियल मड्रिडमा जे सोचेका थिए, त्यो पूरा हुन भने सकेन। पछिल्लो समय उनी प्लेइङ सेटमा पर्न नै संघर्ष गरिरहे। 

२९ वर्षका कोलम्बियन अट्याकिङ मिडफिल्डर रोड्रिगेज अहिले प्रिमियर लिग क्लब इभर्टनमा नयाँ अध्याय सुरु गर्दैछन्। यो सिजन प्रिमियर लिगको पहिलो खेलमा इभर्टनले आइतबार राति सवा ९ बजे टोटनह्यामसँग खेल्दैछ। जसमा रोड्रिगेजको भूमिका कस्तो रहला भन्ने पर्खाइ छ। 

इभर्टनका प्रशिक्षक कार्लो एन्सेलोटीले रोड्रिगेजको क्षमता बुझेका छन्। यसैले इभर्टनमा एन्सेलोटीले भित्र्याएको प्रमुख खेलाडीमा नै रोड्रिगेज देखिएका छन्। तर उनले आफूमा आएको प्रशिक्षकको विश्वास पूरा गर्न सक्छन् सक्दैनन् यकिन छैन। किनकि निकट खेलहरुमा उनी कमजोर देखिएर ‘फ्लप खेलाडी’को आरोप भोगिरहेका छन्। 

हुन त रोड्रिगेजले २०१४ अघि नै युरोपियन फुटबलमा आफ्नो छाप राम्रो बनाइसकेका थिए। २०१० देखि २०१३ सम्म पोर्चुगिज क्लब पोर्टोमा रहँदा र त्यसपछि एक वर्ष फ्रेन्च क्लब मोनाकोमा रहँदा उनी अब्बल देखिएका थिए। मोनाको जानुअघि उनले पोर्टोमा तीन सिजन लिग जितेका थिए। जहाँ त्यही समय प्लेयर अफ दि इयर समेत बनेका उनी त्यस्तो अवार्ड पाउने सबैभन्दा कान्छा खेलाडी पनि बने। 

२००६ मा कोलम्बियाकै इन्भिगाडो क्लबबाट सिनियर फुटबल सुरु गरेका रोड्रिगेज २००८ मा अर्जेन्टिनाको क्लब बेनफिल्डमा गएका थिए। जहाँबाट २०१० मा पोर्टो गए। बेनफिल्डमा उनले ५० खेलमा १० गोल ८ असिस्ट, पोर्टोमा १०८ खेलमा ३२ गोल ४१ असिस्ट, मोनाकोमा ३८ खेलमा १० गोल १४ असिस्ट गरेका थिए।

रियल मड्रिडमा उनले १२५ खेलमा ३७ गोल ४२ असिस्ट गरे। रियल मड्रिडमा रहेको समयमा नै लोनमा दुई वर्ष बायर्न म्युनिक जाँदा उनले ६७ खेलमा १५ गोल २० असिस्ट गरे। तर कोलम्बियाबाट २०१४ को विश्वकपमा ५ खेलमा ६ गोल गरेर गोल्डेन बुटमार्फत उनले जुन उचाइ पाएका थिए, त्यो कतै पनि उस्तै रहन सकेन। 

विश्वकपकै उचाइपछि रियल मड्रिडमा ७१ मिलियन पाउण्डमा रोड्रिगेज अनुबन्धित हुँदा टिमका प्रशिक्षक थिए उनै एन्सेलोटी। त्यसबेला रोड्रिगेज किनेपछि रियल मड्रिड टिममा सकरात्मक खेल र स्टार खेलाडीको संयोजनको खुब चर्चा चलेको थियो। जहाँ क्रिष्टियानो रोनाल्डो, ग्यारेथ बेल र करिम बेन्जेमा जस्ता खेलाडीबीच रोड्रिगेज स्ट्राइकमै देखिए। 

Ncell 2
Ncell 2

विश्वकप गोल्डेन बुटपछि नै दुई ला लिगा उपाधि, दुई च्याम्पियन्स लिग, दुई क्लब विश्वकप, दुई बुन्डेस लिगाका साथै जर्मन कप विनर्स मेडलसमेत जितेका रोड्रिगेजको समय उपाधिका हिसाबले खराब भन्न मिल्ने ठाउँ छैन। तर पनि उनीबाट गरिएको ठूलो अपेक्षा पूरा भइरहेको छैन। 

रियल मड्रिडमा नै रहँदा सुरुको उनको चरण उत्कृष्ट नै थियो। जहाँ प्रशिक्षक अहिले इभर्टनकै प्रशिक्षक रहेका एन्सेलोटी थिए। यसैले पनि अहिले इभर्टन समर्थकका लागि रोड्रिगेजमाथि आश गर्न मिल्ने बलियो कारण देखिन्छ। रोड्रिगेजले रियल मड्रिडमा पहिलो सिजन ४० खेलमा १७ गोल गरेका थिए। त्यसपछि एन्सेलोटीले क्लब छाडे जहाँ रोड्रिगेज उसैगरी मैदानमा देखिएनन्। 

रियल मड्रिडमा जिनेदिने जिदानको प्रशिक्षण समयमा रोड्रिगेजसँगको तालमेल नमिल्नु खेलाडीको कमजोर उपस्थिति थियो या प्रशिक्षकको अविश्वास थियो रोड्रिगेजको अबको खेलले देखाउनेछ। जिदानले रोड्रिगेजमाथि आश नदेखाउँदा नै उनी दुई सिजन लोनमा बायर्न म्युनिक गए। 

हुन त जिदानको समयका पाएका केही अवसरमा पनि रोड्रिगेजले प्लेमेकरका रुपमा नम्बर १० पोजिसनमा खेल्नै पाएनन्। जुन उनका लागि सबैभन्दा सहज र राम्रो स्थान हुने थियो। विंगमा राम्रो बढ्ने बानी नपरेका रोड्रिगेजका लागि त्यो कठीन थियो। त्यसैले मड्रिडमा उनको लागि उपयुक्त स्थानकै अभाव हुन थालेको थियो। 

अब इभर्टनमा प्रशिक्षक एन्सेलोटीले पुरानै अवस्थामा रोड्रिगेजलाई फर्काउन उनको पोजिसनमा काम गर्ने नै छन्। रोड्रिगेज इभर्टनमा जानुमा पनि प्रशिक्षकमाथिको विश्वासका कारण नै बढी हो। रोड्रिगेजले इभर्टनमा कमजोर भइरहेको कलात्मक खेल संयोजन र गोलमा अघि बढ्ने विश्वास देखिन्छ। 

प्रकाशित मिति: आइतबार, भदौ २८, २०७७  १५:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काँग्रेसको विशेष महाधिवेशनमा आज बन्द सत्र सुरु हुँदै
देशभर मौसम मुख्यतया सफा रहने
समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिने व्यक्तिलाई निवेदन दिन आयोगको आग्रह
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
काँग्रेसको विशेष महाधिवेशनमा आज बन्द सत्र सुरु हुँदै सोमबार, पुस २८, २०८२
देशभर मौसम मुख्यतया सफा रहने सोमबार, पुस २८, २०८२
समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिने व्यक्तिलाई निवेदन दिन आयोगको आग्रह आइतबार, पुस २७, २०८२
देउवालाई गगनको आग्रह : अब आराम गर्नुस्, मार्ग प्रशस्त गर्नुस् आइतबार, पुस २७, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशन- ४९ प्रतिशतभन्दा धेरै प्रतिनिधिले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्