काठमाडौं– फिल्म ‘ड्रिम गर्ल’ को प्रदर्शन मिति परिवर्तन भएको छ।
अभिनेता आकाश श्रेष्ठ र नवअभिनेत्री आश्मा गिरीको मुख्य अभिनय रहेको फिल्मले असार २९ गतेलाई तोकिएको प्रदर्शन मिति परिवर्तन गरेर असोज १९ गतेका लागि तय गरेको छ। नेपालमा भन्दा पहिले विदेशमा फिल्म प्रदर्शन गर्ने योजना रहेकाले फिल्मको मिति परिवर्तन भएको निर्देशक ऋषिराजले बताए।
फिल्म युनिटले नयाँ प्रदर्शन मिति घोषणा गरे सँगै फिल्मको फस्टलुक पोस्टर पनि सार्वजनिक गरेको छ। सार्वजनिक पोस्टरमा आकाश र आश्मा प्रेमीप्रेमिकाका रुपमा देखिएका छन् भने कलाकार विल्सन विक्रम राई स्कुटरमा रोमान्टिक मुडमा देखिएका छन्।
निर्देशक ऋषिराज आचार्यको निर्देशनमा रहेको प्रेमकथाका आधारित फिल्म ‘ड्रिम गर्ल’मा सरोज खनाल, अर्जुन श्रेष्ठ, शिशिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा, लक्ष्मी गिरी, रश्मि भट्ट, सुरवीर पण्डित लगायतको अभिनय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।