रुपन्देही- प्रदेश नं ५ को प्रदेशसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विषेश सम्बोधन गर्ने भएका छन्।
बैसाख २१ गतेका लागि तोकिएको प्रदेशसभा अकस्मात् प्रदेश सरकारको चाहनाअनुरुप आइतबार बस्न लागेको प्रदेशसभा सचिवालयले जनाएको छ। 'देशको प्रमुखबाट प्रदेश सरकारले सम्बोधनको चाहना राखेकाले प्रधानमन्त्रीबाट सम्बोधन हुन लागेको हो,' प्रदेश नं ५ को प्रदेशसभाका सचिव डा मानबहादुर विकेले भने।
सो प्रदेशसभा बैठकमा १६ गते बिहान ९ बजे प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।