• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

श्रमिक भोकाएको सहर 

निमेष जंग राई/ऋग्वेद शर्मा बुधबार, भदौ २४, २०७७  १३:३१
1140x725

काठमाडौं- धन्न यो सहरमा श्रमिकको भोक देख्ने केही मनकारी छन्, र जसोतसो एक छाक जोहो भइरहेको छ। होइन भने 'कोही भोको रहनुपर्दैन' भन्ने प्रधानमन्त्रीको भाषणले मात्रै त पेट कसरी भरिँदो हो!

रोगको डरभन्दा भोकको पीडा बढी हुँदा केही खान पाउने आशमा श्रमिकहरु निषेधाज्ञा तोडेर सहरका कुना चियाउन बाध्य छन्। उनीहरु हात थापेर खानेहरु होइनन्। पसिना सिञ्चेर नै बाँचिरहेका हुन्। तर परिस्थिति यस्तो परिदियो कि श्रम बेच्नसमेत नपाएर आश गर्नु परिरहेको छ।

चैतदेखिको लकडाउनले १ सय १० दिन अति मुस्किलले बित्यो। अब काम पाइएला कि भन्ने आश बढिरहँदा फेरि अहिले निषेधाज्ञा लागेको पनि २२ दिन पुगिसक्यो। कोठाभित्र थुनिएर खाइरहन पुग्ने जोहो श्रमिकको छैन। पसिना बगाउन पाएको दिन खान पाइन्छ। हात र मुख जोड्ने एउटै धागो हो, पसिना। तर पसिना बगाउने अवस्था नै कहाँ रह्यो र?

पहिलो लकडाउनका बेला पाएका केही राहत पनि कतिञ्जेल पुगोस्। यसैले परिवारको अनुहार हेरेर अहिले श्रमिकहरु खानाको खोजीमा निस्कन्छन्। उपत्यकामा रत्नपार्क, पशुपति क्षेत्र, स्वयम्भू, बौद्ध, गोंगबु लगायत केही स्थानमा मनकारीहरुले श्रमिकका लागि बिहान र बेलुका खाना बाँडिरहेका देखिन्छन्। त्यहाँ सयौँ श्रमिकहरु लामबद्ध भएर खाना पर्खिरहेका हुन्छन्।

सहरमा भोकको यो श्रृङ्खला चलेको लामै समय भयो। तर उनीहरु पनि छन् भन्ने सरकारलाई थाहा छैन। थाहा हुनलाई कुनै चुनाव नामको 'सर्कस' पनि त नजिकिएको छैन।

मंगलबार बेलुका पशुपति तिलगंगा क्षेत्रमा खानाको पर्खाइमा उसैगरी श्रमिकहरु थिए। अब खाना ल्याइदिने समय भयो भनेपछि उनीहरु दुरी बनाएर लामबद्ध भए। कोही हातमा पानी बोकिरहेका देखिन्थे, कसैले खाना घर लैजान प्लास्टिकको झोला समातिरहेका थिए। त्यहीमध्ये एक हुन्, भोजपुरका प्रेमकुमार देवकोटा। 

मजदुरी गरेर जिविका गरिरहेका प्रेमकुमार भन्छन्- ‘मजदुरको भोक साम्य पार्ने व्यवस्था नभई कोरोना कसरी साम्य होला? निषेधाज्ञा भने पनि रोडमा निस्किएका मजदुर देखिहाल्नुभयो।’ 

Ncell 2
Ncell 2
nimb
nimb

सरकारले आफूहरुलाई नहेरी नियम कानुन बनाइरहेको जस्तो उनलाई लाग्छ। ठूलाबडालाई हेरेर मात्र सरकारले नसोचे हुन्थ्यो भन्ने उनको सोच छ। ‘मजदुरले त अब काम गर्दासम्म खान पाउने हो। अहिले त कोठा भाडा तिर्न नसकेर निकाल्दिने अवस्था भइसक्यो। घरबेटीले 'निस्केर जा' भनिरहेका छन्। निस्केर कहाँ जाने देखाइदिनुस् अनि जाउँला भनेर बसिरहेका छौँ’ उनले सुनाए।

प्रेमकुमारका अनुसार उनी बसिरहेको घरमा १४ कोठा भाडामा थिए, अहिले उनको परिवार मात्र बाँकी छ, भाडा तिर्न नसकेर अरु सबै निस्किए। उनी भन्छन्- ‘घरबेटी कि पैसा लेऊ कि निस्क भनिरहेका छन्। अहिले एकतन्त्रीय राणा शासनको अवस्था जस्तो लागिरहेको छ। मजदुरले गन्तव्यमा जाने व्यवस्था गरेर जति लकडाउन गरे नि गर, खुल्छ खुल्छ भनेर यसरी थुनेर नराख।’

प्रेमकुमार देवकोटा। 

प्रेमकुमारको घरमा राशन सकिएको धेरै भइसक्यो। यसरी मनकारीहरुले दिएको खाना नै अलिकति जोगाएर कोठामा लगेर परिवारलाई खुवाइरहेका उनी सुनाउँछन्। अब चिन्ता छ यस्तै भइरह्यो र घरबेटीले निकाल्दिए भने कहाँ जाने? 

प्रेमकुमार जस्तै श्रमिक हुन् दोलखा जिरीका कृष्ण लामा। पेट भर्ने जोहो गर्न मुस्किल भइरहे पनि धन्न उनलाई घरबेटीले निस्केर जा भनिसकेका छैनन्। भाडा तिर्न नसके पनि घरबेटी मनकारी भएकाले छत नै छाड्नुपर्ने अवस्था नरहेको उनी सुनाउँछन्। 

Xtrem

Xtrem

‘कोरोनाका कारण काम छैन। काम नै रोकिएपछि त कसरी खाने? कोठा भाडा तिर्न नि सकेको छैन, काम भए तिर्न सक्ने त हो कोठा भाडा पनि’, प्रेमकुमार भन्छन्, ‘घरमा अलिकति चामल छ, त्यसैको जाउलो पकाएर खान्छन् आमाछोरी, मचाहिँ बाहिर खाना दिएको ठाउँमा आएर खाइरहेको छु। अब कहिले खुल्ने हो नि थाहा छैन। कस्तो रोग आयो-आयो।’

झोलामाथि बसिरहेका कृष्ण लामा।

तिलगंगामा खाना बाँड्ने समूहका एक राजकुमार केसी पनि यसरी कति दिन चल्ने हो भन्ने चिन्तामा नै छन्। नारी निकुञ्ज अस्ट्रेलियाको सहयोगमा उनी आबद्ध डिभाइन पाथ इन्टरनेशनल फाउण्डेसनले लकडाउनको सुरु अवस्थादेखि नै खाना सहयोगमा काम गरिरहेको हो। 

‘सुरुमा आफैं-आफैं मिलेर जुटाइरहेका थियौँ। पछि सहयोगहरु पनि पायौँ। हाम्रो मुख्य उद्देश्य आध्यात्मिक क्षेत्रमा भए पनि खाना नपाएर दुःख पाएकालाई केही सहयोग गरौँ भन्ने लागेर सुरु गरेका हौँ। यसरी सहयोग गरेको पाँच महिना भइसक्यो। अब यो सहज नहुँदासम्म गरौँ भन्ने छ, हेरौँ’ उनले भने। 

यो पनि पढ्नुहोस्

बास खोसिएका श्रमिक : सडक पेटीमा निदाउने प्रयासबुधबार, भदौ २४, २०७७

खाना बाँड्ने क्षेत्रमा सरसफाइ र रेखदेख गर्ने, लाइनमा दुरी बनाएर बस्न आग्रह गर्ने लगाउत काममा भीमकुमार राईको समूह स्वयंसेवी रुपमा खटिएका थिए। मुस्किल समय भीड हुँदा पाकेटमारहरुले दुःख दिने हुँदा पनि चनाखो हुनुपर्ने उनी सुनाउँछन्। ‘यहाँ सरसफाइ गर्छौं। पाकेटमाराहरु हुन्छन्, त्यो पनि विचार गर्छौं। बिहान र बेलुका दुई दुई समूहले खाना बाँड्छन्। केहीले पानी पनि ल्याइदिन्छन्। अघि मात्र ८ सय पोका खाना ल्याएको थियो सबै गयो’, उनले सुनाए।

बिहान र बेलुका खाना बाँढ्ने समय मिलाएर चोकमा आएका श्रमिकहरुलाई यसरी पसिना नबगाइ पेट भर्दा दुःख लागिरहेको छ। उनीहरु भन्छन्- कामको जोहो भए खानाको जोहो हामी आफैं गर्थ्यौं। तर भोकभोकै त मुस्किल हुने रहेछ।

 

प्रकाशित मिति: बुधबार, भदौ २४, २०७७  १३:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
काठमाडौं महानगरको मतपेटिका राष्ट्रिय सभा गृहमा [तस्बिरहरु]
भोट हाल्न गाउँ फर्किनेको लर्को [तस्बिरहरु]
छोराछोरी बोकेर म्यादीको परीक्षा (तस्बिरहरु)
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
सभापतिमा गगनसहित ३ जना भिड्ने बुधबार, असोज २१, २०८३
एक गोल र दुई असिस्ट गर्दै बिदा भए मेसी बुधबार, असोज २१, २०८३
कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ? बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४५७ जनाको शव फेला बुधबार, असोज २१, २०८३
कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्