• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

बास खोसिएका श्रमिक : सडक पेटीमा निदाउने प्रयास

निमेष जंग राई/ऋग्वेद शर्मा/शिव बोहरा बुधबार, भदौ २४, २०७७  १८:५३
1140x725

काठमाडौं- यो समयको सबैभन्दा ठूलो मारमा छन् श्रमिक। जो सरकारको नजरमा छैनन्। केही अघिसम्म गाँसको मात्र चिन्तामा भएका श्रमिकमा अहिले बासको चिन्ता उसैगरी बढेको छ। गाँसको जोहो जसोतसो भए पनि भाडाबिना सहरमा बासको जोहो कसरी हुनु!

आदेशमा दिउँसै शान्त बनाइएको सहरमा रातको समयमा श्रमिकको निश्वास डरलाग्दो गरी ठूलो सुनिन्छ। तर त्यो आवाजको संकेत सुन्नुपर्नेले सुनिरहेका छैनन्। सडक बीचमा कराइरहेका कुकुर र मनमा चलिरहेका अनेक प्रश्नले सडक पेटीमा निदाउने प्रयास गरिरहेका श्रमिक निदाउन सकेका छैनन्। हुन पनि निदाउन आँखाभन्दा पहिले मन निदाउनु पर्दो रहेछ।

मनमा यत्तिका कुरा खेलिरहेका छन् कि सुतिसक्दा पनि निद्रा पर्दैन। पहिले दिनभरको मेहनतले मस्त निदाउने उनीहरु अहिले आलस्य शरीर र अब के गर्ने भन्ने चिन्ताले निदाउन सकेका छैनन्। सहरमा बास खोसिएका यी श्रमिकहरुको आवाजमा पीडाभन्दा बढी चिन्ता छ। आजसम्म जे त भयो अब केही होला कि भन्ने आश उसैगरी देखिन्छ। 

सरकारको कुरा सुन्दा समृद्धिमा पुग्न एक पाइला मात्र बाँकी भएको देश हो यो। तर यथार्थको भड्खालो यति गहिरो हुँदै गइरहेको छ कि त्यसमा भासिनेलाई माथि बस्नेले देख्दैनन्। आफ्ना नागरिक यो कहरमा सडकमा पुगिसकेका छन् भन्ने ज्ञान सरकारलाई छैन। 

पार्टी एकतालगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले भनेको एउटा कुरा खुब याद आउँछ, ‘पहिले पहिले मानिसहरूले गरिबीका कारण भारी बोकेर जिन्दगी चलाउँथे, अहिलेको नेपालमा त्यत्ति भारी बोकेर जिन्दगी चलाउनु परेको छैन, कुरा बोकेर जिन्दगी चलाउनेहरू थुप्रो छन्।’ 

प्रधानमन्त्रीले जुन सन्दर्भमा यसो बोलेको भए पनि तल्लो तहका श्रमिकहरुको दुःख उनलाई कत्ति पनि थाहा छैन। या त थाहा भएर पनि थाहा दिन चाहँदैनन्। कुरा बोकेर जिन्दगी चलाउने बिम्ब प्रधानमन्त्रीले आफैप्रति गरेको व्यङ्ग्य जस्तो लाग्छ। हुन पनि सरकारमा कुराबाहेक के भइरहेको छ र!

समृद्धिको उदघोष गर्न यति हतारो छ कि सरकार श्रम बुझ्दैन। श्रमिक चिन्दैन। कोही खान बस्नै दुःख भएका गरिब छन् भन्ने सरकार मान्दैन। यदि एक-दुई छन् भने पनि ती अल्छी गरेर गरिब भएका हुन् जस्तो व्यवहारमा छ सरकार। 

Ncell 2
Ncell 2
nimb
nimb

यो पनि पढ्नुहोस्

श्रमिक भोकाएको सहर बुधबार, भदौ २४, २०७७

मंगलबार राति १० बजे आसपास। बसन्तपुर वरपर, पशुपति क्षेत्र, पुरानो बानेश्वर र मैत्रीदेवी नजिक सडक पेटीमा सुत्नेहरु निकै थिए। देखिएका तीमध्ये धेरै चुपचाप सुतिरहेका थिए। सास तान्ने र फाल्ने प्रक्रियाको ध्वनिबाहेक अरु केही सुनिएन। यसैले उनीहरुको समय खल्बल्याउने गरी बिथोल्न मन भएन। प्रश्नहरु पनि पीडा थप्ने न हुन्। नसोधी तस्बिर लिनु पनि अन्याय हुने हुँदा लिइएन। 

देखिएका यी श्रमिकमध्ये मैतीदेवी सडक पेटीमा लहरै बसेका सात जना सुत्ने तरखरमा थिए। यसैले उनीहरुसँग कुराकानी सम्भव भयो। बोलेर हुने त केही होइन, तर पनि बुझ्नेले बुझ्ला भनेर उनीहरु बोल्न तयार भए। 

‘आज खान बाँड्ने ठाउँमा जान पाइनँ, साह्रै भोक लाग्यो केही छ भने दिनु न,’ हातमा बोरा पोको पारेर बोकेका एक जना उनीहरुको नजिक यसो भनिरहेका थिए। 

‘हामीले ल्याएको त खाइसक्यौँ, अरु त केही छैन नि!’ उनीहरुको जवाफ सुनेर ती भोका श्रमिकले पानी पिए र आफ्नो बाटो लागे। 

Xtrem

Xtrem

‘हामीले तपांईंहरुलाई खलबल्यायौँ हैँ...’ 

कुराकानीको सुरुवात गर्ने हाम्रो बोलीलाई उनीहरुले पनि स्वीकारेर भने- ‘होइन सुत्न खोजिरहेका हौँ, निदाइसकेका थिएनौँ, निद्रा त कहाँ पर्छ र!’

त्यसरी सडक पेटीमा सुत्ने तरखर गरिरहेका एक हुन्, निजगढबाट कामका लागि काठमाडौं आएका दोर्जे लामा। पहिले उनी गलैंचा बुन्ने काम गर्थे। त्यसपछि घर ढलानको काममा लागे। पहिले लकडाउनमा गास मुस्किल भएका उनको अहिले त बास पनि छैन। 

अब जे भयो घर नै फर्कन्छु भनेर सोचेका उनी घर फर्कन सक्ने अवस्था पनि छैन। ‘कतै जाम भने पनि कोरोना लाग्छ भनेर सबै परपर हुन्छन्। लकडाउन भएदेखि अहिलेसम्म काम केही छैन। घर जाउँ भने कसरी जाउँ, न गाडी छ न हिँडेर पुग्न सकिन्छ’ उनले भने। 

उनी कहिले पशुपतिमा त कहिले रत्नपार्कमा खाना खान पुगिरहेका हुन्छन्। भन्छन्, ‘पशुपतिमा केही समय त खाना बन्द गरिदिएको थियो। त्यो बेला दुई दिन भोकै भइयो। काम नभएपछि कहाँबाट खाने। त्यसपछि रत्नपार्कमा आएर खान थालेँ। कुनै दिन खाना आएन भने पानीको भरमा सुत्ने हो।’

‘लकडाउन भन्दा अगाडि ढलान काम गर्थें। अहिले काम पनि सर्लक्कै बन्द भयो, अहिले दुःख सुख पाकेटको भात थापेर खाइरहेको छु। काम त केही गर्नै दिँदैन। मान्छेहरुको विजोग छ, यहाँ मात्र होइन भाथि गौशालातिर पनि त्यस्तै छ। रोगले भन्दा भोकले मर्ने डर भयो’ उनले सुनाए।

दोर्जे लामा।

अब लकडाउन खुल्यो र मिल्यो भने घरै फर्कने सोचमा छन् उनी। ‘बौद्धमा खाना बाँड्ने लामा सरले लकडाउन खुल्यो भने घर पठाइदिउँला भन्नुभएको थियो। उहाँले नै चोटपटक लागेकोलाई उपचार गर्दिने पनि गरिरहनु भएको छ,' उनी भन्छन्, ‘यता रत्नपार्कमा एक जना आमाले खाना बाँड्नुहुन्छ। हाम्रो लागि त लामा र आमाले नै गर्नुभएको छ। उहाँहरुकै आशमा बाँचिरहेको हो, होइन भने त एक बोतल पानीमा नुन घोलेर खानुपर्ने दिन पनि आयो।’

000

दोर्जेले सुत्न लागेको ठीक अर्को पाटोमा सुत्ने तरखरमा थिए, गुल्मीका पूर्ण पाण्डे। उनी त लकडाउन हुने बेला काठमाडौं आएको पनि एक महिना ११ दिन मात्र भएको थियो। बागबजारको एक विद्यालयमा क्यान्टिनमा काम छ भन्ने विज्ञापन पत्रिकामा देखेर उनी आएका थिए। तर एक महिना काम गरेपछि बन्द भइहाल्यो। 

उनी भन्छन्- ‘समस्या सबैको विकराल छ। मेरो मात्र यस्तो होइन। धेरैको योभन्दा पनि विजोग देखिन्छ। सबै कुरा बन्द छन्। स्कुल भएकै ठाउँमा बसेर क्यान्टिन चलाइरहेको थिएँ। घरबेटीले यहाँ मान्छे नराख्ने भन्ने कुरा गरे। सेन्टरमा पर्ने रोडकै छेउमा रहेको स्कूल अहिले त चाबी लगाएका छन्।’

लकडाउन हुनेवित्तिकै उनी साथीको बोठामा बस्ने भनेर रिक्सा लिएर चाबहिल गए। तर चाहबिलमा बस्ने साथीहरु पनि लकडाउनमा नबस्ने भनेर घर हिँडिसकेकाले बस्ने ठाउँ नभएको उनी सुनाउँछन्। 

त्यसपछि कहिले पशुपतितिर कहिले कता कहिले कता गर्दै रात काटिरहे। अहिले मैतीदेवीमा बसिरहेको पनि लामै समय भयो। बीचमा लकडाउन खुल्दा तन्दुरी पसलमा काम पाएका थिए। त्यहाँ नै सुत्न दिएका पनि थिए। तर बानेश्वरमा कोरोना देखियो भनेपछि त्यो पनि बन्द भयो। त्यहाँ पनि घरबेटीले बाहिरको मान्छे बस्न नदिने भने। त्यसपछि उनका लागि विकल्प सडक पेटी मात्र भयो।  

‘सुरुको समय कति हिँड्दै घर पनि गए। तर मलाई त्यो हिम्मत भएन। काम गर्ने भनेर नै काठमाडौं आएको मान्छे। कामबिना जानु पनि भएन। गाउँ जाँदा पनि १४ दिन क्वारेन्टाइनमा राख्ने भनेका छन् बरु यहाँ नै खुल्छ भन्ने भयो। बर्खामा घरतिर नै काम खासै हुँदैन’ उनले भने। 

अब दसैँमा त घर जाने भन्ने योजनामा छन् उनी। तर भर लागिहालेको छैन। भन्छन्- ‘अब खुल्ने हो कि के हो। अरु काम केही छैन। सरकारले काम नपाएका मान्छेलाई केही गर्ला भन्ने छैन। रत्नपार्कमा मात्र ६ सयभन्दा बढी मान्छे हुन्छन्, उता गौशालामा त्यस्तै छन्। म पनि दुई दिन यता उता घुमेँ। सरकारको तर्फबाट केही छैन। नेता गोकर्ण बिस्टले चामल दिनुभएको थियो, तर पशुपति क्षेत्रमा मभन्दा दुःख भएका देखेँ र त्यहाँ बाँडिदिएँ।’ 

पूर्ण केही समय मलेसिया र त्यसपछि साढे पाँच वर्ष कतार बसेर आएको सुनाउँछन्। ‘नेपालगञ्जमा केही समय काम गरेँ। बुबा बितेपछि घर गएँ। बहिनीहरुको बिहे लगायत घर खर्चमा विदेशको पैसा खर्च भइहाल्यो। अहिले परिवार गाउँमै छन्। भोलि के हुन्छ भन्ने त कसले देख्यो र अहिले धेरै कठिन छ। काम गर्ने ठाउँ छैन, काम नभई पैसा हुँदैन पैसा नभई कोठा हुँदैन’ उनले भने। 

धन्न उनलाई खानाको चिन्ता चाहिँ छैन। रत्नपार्कमा र पशुपतिमा पनि खाना बाँड्नेहरु आउने भएकाले जोहो भइरहेको छ। अब भोलि के गर्ने भन्ने चिन्ता चाहिँ छ। सरकारले एउटा केही व्यवस्था गरिदिए हुन्थ्यो भन्ने उनलाई लाग्छ। पैसा र सामानको अभाव भन्दा नि नेतृत्व र समन्वय गर्ने कोही भएएन्, सरकार अभिभावक बन्न सकेन भन्ने बुझाई छ उनको। 

पूर्ण पाण्डे।

‘हरेक दिन खानामा लाइन बसेर चलिरहेको छ। रातको बसाइ सडकमा छ। कसैले दिएको केही पैसा पनि लुटिदिहाल्छन्। यहाँ निदाउने भन्दा पानी आउँदा ओतिने मात्र हो’, उनी भन्छन्, ‘प्रहरी प्रशासनसँग बचेर बाटोमा हिँड्न पनि गाह्रो छ, कहाँ जाने भनेर सोध्छ, अब कहाँ भन्नु। खाना खाने जान लागेको भन्छु्, केहीले बुझ्नुहुन्छ केहीले त ‘तेरो बा बसेको छ र खाना ल्याइदिन्छ’ पनि भन्छन्।’

प्लस टू पढिरहँदा बीचैमा पढाइ छाडेको सुनाउने उनी आफूले जसोतसो प्रहरीलाई सम्झाएर खाना खाने ठाउँसम्म पुगिरहेको भए पनि सडकमा हुनेहरु धेरैले प्रहरीसँग कसरी बोलेर जानुपर्छ भन्ने पनि नजान्ने भएकाले दुःख हुने सुनाउँछन्। हुन त केही समय अघि खाना खाने समूहमा नै कसैले उनको मोबाइल र केही पैसा लुटिदियो। त्यतिबेलै प्रहरीलाई भन्दा जवाफ पाए- लकडाउन सकिएपछि आउनु। 

000

सडकमा रात बिताउन बाध्य यी दुई श्रमिक प्रतिनिधि हुन्। उनीहरु जस्तै गाँस र बास मुस्किल भएर सडकमा पुग्नेहरु बढिरहेका छन्। सरकारले जति नै ठूलो गफ गरिरहे पनि हरेक राज्यको प्रमुख अंग श्रमिक नै हुन्। श्रम मरेको देशमा समृद्धि कसरी आउला?

सरकारको समृद्धिको सपनामा यी दुःख पाएका श्रमिकहरु बाधक होइनन्। अझ सर्वहारा मुक्तिका नारा लगाएको कम्युनिस्ट सरकारसँग त योभन्दा बढी आश रहन्छ नै। मुस्किल समयमा साथ नदिने सरकार भोट मात्र हाल्न उनीहरुका लागि पनि के काम? आखिर यिनीहरु एक भोट मात्र हुन् त?

भिडियोमा हेर्नुहोस्

प्रकाशित मिति: बुधबार, भदौ २४, २०७७  १८:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
काठमाडौं महानगरको मतपेटिका राष्ट्रिय सभा गृहमा [तस्बिरहरु]
भोट हाल्न गाउँ फर्किनेको लर्को [तस्बिरहरु]
छोराछोरी बोकेर म्यादीको परीक्षा (तस्बिरहरु)
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
भालुको पित्त र हात्तीको दाह्रासहित तीन पक्राउ बुधबार, असोज २१, २०८३
सभापतिमा गगनसहित ३ जना भिड्ने बुधबार, असोज २१, २०८३
एक गोल र दुई असिस्ट गर्दै बिदा भए मेसी बुधबार, असोज २१, २०८३
कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ? बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४५७ जनाको शव फेला बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्