काठमाडौँ- मलेसियाको पेकेनेनास घरफिर्ती केन्द्रमा अलपत्र परेका ३० नेपालीको उद्धार गरिएको छ।
घर फर्कने हवाई टिकटको खर्च बेहोर्न नसकी उद्धार केन्द्रमा बसेका उनीहरुलाई नेपाली दूतावासले निःशुल्क हवाई टिकट उपलब्ध गराएर स्वदेश फर्काएको क्लालाम्पुरस्थित नेपाली राजदूतावसले जनाएको छ।
मलेसियामा अलपत्र नेपालीलाई घर फर्काउने अभियान पछि पनि जारी रहने दूतावासले जनाएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।