लमजुङ– वैदेशिक रोजगार ठगी मुद्दामा अदालतले डेढ वर्ष कैद सजाय सुनाएका एक जनप्रतिनिधिलाई प्रहरीले पक्राउ गरेको छ। लमजुङको दूधपोखरी गाउँपालिका–१ का वडा सदस्य भरतप्रसाद भट्टराईलाई प्रहरीले पक्राउ गरेको हो।
उनलाई आफ्नै घरबाट पक्राउ गरिएको डीएसपी पदमबहादुर विष्टले बताए।
उनलाई बैदेशिक रोजगार ठगी मुद्दामा डेढ वर्ष कैद र एक लाख ५० हजार रुपैयाँ जरिवाना भएको थियो।
भट्टराई नेपाली कांग्रेसका स्थानीय नेता समेत हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।