बुटवल- प्रहरी इन्काउन्टरमा मारिएका मनोज पुनलाई सहयोग गरेको अभियोगमा पक्राउ परेका लेखनाथ न्यौपाने र तुल्सी न्यौपानेलाई माओवादी केन्द्रले कारबाही गरेको छ। लेखनाथ पार्टी राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य हुन् भने तुल्सी जिल्ला सदस्य हुन्।
माओवादी केन्द्र रुपन्देही जिल्ला इन्चार्ज दधिराम न्यौपानेले आज विज्ञप्ति निकाली उनीहरुलाई पार्टीका कुनै पनि जिम्मेवारीमा नरहने गरी हटाइएको जनाएका छन्। यसअघि पुनको मुख्य सहयोगीका रुपमा काम गरेको आरोपमा पक्राउ परेका नेकपा (एमाले) निकट युवा संघका केन्द्रीय सदस्य सुजु मल्ल र सदस्य उत्तम आचार्यलाई एमालेले पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरिसकेको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।