काठमाडौं – गायक दिप सागर थापा र गायिका रञ्जिता थापाको राष्ट्रिय भावको गीत ‘नेपाल प्यारो छ’ सार्वजनिक भएको छ। बिहिबार काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै गीत सार्वजनिक गरिएको हो।
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यता तथा गीतकार डा कृष्णहरि बरालको विशेष आतिथ्यतामा सार्वजनिक गरिएको गीतमा सुमन पण्डित बैरागीको शब्द तथा गायक दिप सागरकै संगीत छ।
राष्ट्रिय भावनाले ओतप्रोत गीतमा देशको संस्कृति तथा प्राकृतिक सुन्दरतालाई समेत समेटिएको छ। देशभक्ति झल्काउने उत्तः गीतको भिडियो पनि एकसाथ सार्वजनिक गरिएको छ। गीतको भिडियोमा स्वयम् गायक गायिकाले नै अभिनय गरेका छन्।
सार्वजनिक गीत हेरेर नेता श्रेष्ठले नेताले बदल्न नसकेको कुरा पनि देशको कला, साहित्य र लेखनले बदल्न सक्ने भन्दै गीत निर्माण टिमलाई बधाई दिए। नेता श्रेष्ठले कुनै पनि सार्वजनिक कार्यक्रममा नेताले बोलेको भाषण सुन्न भन्दा कलाकारको प्रस्तुति हेर्न र सुन्न दर्शक सभा–समारोहमा पुग्ने भन्दै कलाकर्मीहरुलाई आफुले सँधै सम्मान गर्ने बताए।
त्यस्तै कार्यक्रममा गीतकार कृष्णहरि बरालले गीतमा झल्किएको राष्ट्रियता र प्राकृतिक सुन्दरताको खुलेर प्रशंसा गरे। उनले गीतमा बोलिएका शब्दहरुले नेपालीमन र नेपाली जनलाई एक सुत्रमा बाध्ने सामथ्र्य राख्ने भन्दै गीतकार सुमन बैरागीलाई बधाई दिए।
गीतको भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।