रौतहट– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबारभित्रै पार्टी एकताका सबै विषय टुंगिने बताएका छन्। रौतहटको चन्द्रपुरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन्।
पार्टी एकता बिथोल्न विदेशी शक्ति केन्द्र पनि उत्तिकै लागिपरेको बताउँदै त्यसविरुद्ध एकजुट उनले कार्यकर्तालाई आग्रह गरेका छन्। देशमा समृद्धिका लागि वाम एकताको विकल्प नभएको र त्यसमा आफुहरु कटिबद्ध रहेको उनको भनाई छ।
रौतहटको चन्द्रपुर नगरपालिका–२ जुडिवेलामा उनले बाटोको शिलान्यास पनि गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।