एजेन्सी– सञ्जय दत्तको जीवनमा आधारित फिल्म 'सञ्जु'को टिजरले यतिबेला बलिउडमा चर्चा कमाइरहेको छ। युट्युबमा राखिएको ४८ घन्टा नबित्दै टिजरलाई २ करोड ८४ लाख ५० हजारभन्दा बढी दर्शकले हेरिसकेका छन्।
हिन्दी भाषामा सार्वजनिक टिजरलाई चिनियाँ भाषाको सब टाइटलमा पनि सार्वजनिक गरिएको छ।
पिके, ३ इडियट्स, सुल्तान जस्ता फिल्महरुले करोडौंको व्यापार गरेको चीनमा सञ्जुले पनि प्रमोसनको सुरुवाती चरणबाटै चिनियाँ दर्शकलाई तान्ने प्रयास गरेको छ।
फिल्म जुलाई २९ बाट प्रदर्शनमा आउँदै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।