• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ २५, २०८३ Thu, Sep 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ विशेष

माधव नेपाल पक्षको सधैंको गुनासो- एक व्यक्ति, एक पद

64x64
नेपाल लाइभ शनिबार, भदौ १३, २०७७  १४:२७
1140x725

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपाल पक्षका नेताहरुले पार्टीमा ‘एक व्यक्ति, एक पद’ को प्रावधान कायम हुनुपर्ने माग सुरुदेखि नै उठाउँदै आएका छन्। नेकपाको अन्तरिम विधान २०७५ घोषणा भए लगतैदेखि यो पक्षका नेताहरुले यस्तो माग उठाउने गरेका हुन्।

पार्टीका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको सम्बन्ध समान दूरीमा छैन। उनीहरुले कहिले एकदमै मिल्ने र बाँकी कसैलाई वास्ता नगर्ने शैली अपनाएका छन्। कहिले भने टाढिएर गुटमार्फत एक अर्कोलाई दबाब बढाउने रणनीति अपनाएका छन्। प्रचण्डले दुई पटक पार्टी कमिटीको बैठकमै ओलीको राजीनामा माग गरिसकेका छन्।

नेता नेपाल र उनी पक्षका नेताहरुको भने सदाबहार एउटै शैली छ। उनीहरु भनिरहेका हुन्छन्- एक व्यक्ति, एक पद।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीको राजीनामाको मागलाई भन्दा विधानमा उल्लेख भएको विषयलाई नेपाल पक्षले जोड दिएको पाइन्छ। यसरी उठाउँदा कुनै व्यक्ति विशेषलाई लक्षित भन्दा विधानमा भएको विषय उठाउँदा व्यवस्थित हुने उनीहरुको बुझाई छ। पार्टीलाई विधि पद्धतिमा लैजानलाई त्यस्तो मागलाई निरन्तरता दिने गरेको सो पक्षको भनाइ छ। विधानमा भएको व्यवस्था कार्यन्वयन भए ओलीले स्वतः एक पद छोड्ने अवस्था आउने भएकाले विधानको विषयलाई प्रमुखता दिने गरेका छन्।

पार्टीभित्रको विवाद समाधान गर्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठन भएको कार्यदलले समेत एक व्यक्ति एक पदको विषयलाई समेटेको छैन। विधानमा भएको एक व्यक्ति एक पदको व्यवस्थालाई कार्यन्वयन गराउन कार्यदलका स्थायी कमिटी सदस्यद्वय सुरेन्द्र पाण्डे र भीम रावलले अथक प्रयास गरेका थिए। तर, पौडेल र शंकर पोखरेलले एक पद एक व्यक्तिको विषयलाई नमानेपछि प्रतिवेदनमा यो विषय नसमेटिएको कार्यदलका एक सदस्यले बताए।

Ncell 2
Ncell 2
nimb
nimb

त्यही विषयलाई लिएर नेपाल समूहका नेताहरुले कार्यदलको प्रतिवेदन अपूर्ण रहेको विश्लेषण गर्न थालेका छन्। कार्यदलमा पाण्डे र रावलले दबाब दिन नसकेको भन्दै नेपाल पक्षका नेताहरु असन्तुष्ट छन्।

अहिले नेपाल पक्षका नेताहरुले पार्टीभित्रको विवाद समाधान हुनेगरी कार्यदलले आफ्नो प्रतिवेदन पेश गर्न नसकेको प्रतिक्रिया दिने गरेका छन्। कार्यदलका विषयमा अनेक समाचार आउन थालेपछि गत बिहीबार माधव नेपालका स्वकीय सचिव मोहन गौतमले नै प्रेस नोट जारी नै गर्नु परेको थियो। गौतमले कार्यदलका विषयमा नेता नेपालले आफ्नो कुरा सचिवालय बैठकमा राख्ने स्पष्ट पारेका छन्। कार्यदलको प्रतिवेदनलाई जोडेर भ्रम छर्नेगरी समाचार आएको भन्दै गौतमले खण्डन गरेका हुन्।

नेपाललाई साथ दिँदै नेता झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायत नेताहरुले कस्तो अभिव्यक्ति राख्छन् भन्ने विषयलाई महत्वका साथ हेरिएको छ। सचिवालयको अर्को बैठक भदौ १८ गतेलाई बोलाइएको छ।

के छ विधानमा? 
नेकपा अन्तरिम विधान ०७५ को धारा ४६ को (क) मा सबै तहका कमिटीले आफ्नो कमिटीका पदाधिकारी तथा सदस्यहरूलाई सामान्यतया एउटा मुख्य र आवश्यकता अनुसार सहायक जिम्मेवारी तोक्नेछन् भन्ने उल्लेख छ। विधानमै भएको व्यवस्था कार्यान्वयन भए अध्यक्ष ओली सहित संघीय मन्त्री, प्रदेशका मुख्यमन्त्री, मन्त्री र स्थानीय तहका प्रमुख-उपप्रमुखहरुले सो पद वा पार्टीको पद छोड्नुपर्ने अवस्था आउँछ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ ती प्रदेशका नेकपा इन्चार्ज पनि हुन्। यसरी दोहोरो जिम्मेवारी लिनेमा ओली पक्षधर नेताहरु बढी छन्। एक व्यक्ति एक पदको व्यवस्था लागू गराउन सकिएमा ओलीलाई संगठनात्मक रुपमा कमजोर बनाउन सकिने नेपाल पक्षधरको बुझाइ छ।

प्रकाशित मिति: शनिबार, भदौ १३, २०७७  १४:२७
  • #नेकपा
  • #नेकपा_विवाद

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन गर्न सातै प्रदेशबाट रोजगारमुखी शिक्षामा जोड
बाढी प्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन
अन्नपूर्णको तेश्रो जित
सम्बन्धित सामग्री
दशक ७० मा राजनीति : संविधान, नाकाबन्दीदेखि संसद् विघटनसम्म नेपालले राजनीतिक रुपमा यो दशक कसरी पार गर्‍यो? कस्ता उतारचढाबहरू बेहोर्नुपर्‍यो? त्यसको आकलन गर्न सहज हुने गरी नेपाल लाइभले यस दशकका... मंगलबार, चैत २८, २०७९
०८ सालयताका प्रधानन्यायालयको फैसला उतारिरहेका दिनेशराज पन्त अक्षरहरू ‘गुँथिए’ झैँ लाग्ने पुराना नेपाली कागज टेबलमा राखिएका छन्। हत्तपत्त ठम्याउन नसकिने शब्दहरूलाई उनी पावरवाल चस्माको सहारामा ह... बिहीबार, फागुन १८, २०७९
बबई पुल कसका कारण भयो अलपत्र? सर्वोच्च पुग्यो पप्पु, सडक विभाग नयाँ बोलपत्रको हिम्मत नै गर्दैन पप्पु कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको उक्त पुल भासिनुमा सडक विभाग निर्माण कम्पनीलाई दोष दिएर पन्छिँदै आएको छ भने निर्माण कम्पनील... सोमबार, फागुन १५, २०७९
ताजा समाचारसबै
राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन गर्न सातै प्रदेशबाट रोजगारमुखी शिक्षामा जोड बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन बुधबार, भदौ २४, २०८३
अन्नपूर्णको तेश्रो जित बुधबार, भदौ २४, २०८३
पब्जी मोबाईलको ग्लोबल ओपन च्याम्पियनसिप नेपालमा हुने बुधबार, भदौ २४, २०८३
सेनाले भोटेकोशीको टनेलमा थप एउटा शव फेला पर्‍यो बुधबार, भदौ २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राप्रपा संसदीय दलका नेता उद्धव थापासहित ४ सांसद पदमुक्त नहुने बुधबार, भदौ २४, २०८३
हयातको सानदार शतकसँगै नेपाललाई विशाल लक्ष्य मंगलबार, भदौ २३, २०८३
माइतीघरमा युवतीले गरिन् आत्मदाह प्रयास, उद्धार गरी ट्रमा सेन्टर पठाइयो मंगलबार, भदौ २३, २०८३
सेनाले भोटेकोशीको टनेलमा थप एउटा शव फेला पर्‍यो बुधबार, भदौ २४, २०८३
चिलिमे सुरुङमा उद्धारका लागि कुलमानलाई सेनाको बोलावट बुधबार, भदौ २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्