• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, साउन १३, २०८३ Wed, Jul 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

'भिआइपी', जो कोरोना संक्रमित भए

64x64
दुर्गा दुलाल शुक्रबार, भदौ १२, २०७७  १८:३७
1140x725

काठमाडौं- कोरोना संक्रमितको संख्या ३६ हजार ४ सय ५६ पुगेको छ। सक्रमितहरुको संख्या दिनप्रति दिन बढिरहेको छ। कोरोना संक्रमण सर्वसाधारणदेखि सांसद, संवैधानिक निकायका प्रमुखदेखि पूर्वमन्त्रीसम्म संक्रमित भएका छन्।

हालसम्म प्रतिनिधिसभाका ४ सांसद, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र प्रदेशका १ मन्त्री, एक उपपसभामुख र दुई सांसद संक्रमित भएका छन्। 

सांसद प्रदिप यादव कोरोना मुक्त, हौसला दिनेलाई धन्यवाद भन्दै लेखे यस्तो  स्ट्याटस - Lokpath Lokpath

सांसद प्रदीप यादव

संक्रमित भिआइपीहरूमा सबैभन्दा पहिला प्रतिनिधिसभाका सांसद प्रदीप यादव कोरोना पोजेटिभ पुष्टि भएका थिए। पर्सा १ बाट प्रतिनिधिसभामा निर्वाचित  सांसद यादव साउन १७ गते संक्रमित भएको पुष्टि भयो। वीरगञ्जमा कार्यकर्तासँगको भेटघाटका क्रममा उनी संक्रमित भएको अनुमान गरिएको छ। १२ दिनको आइसोलेसन बसाइपछि उनी कोरोना संक्रमणमुक्त भएका थिए। 

नवीनकुमार घिमिरे

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेलाई पनि कोरोना संक्रमण भयो। घिमिरेलाई साउन २७ गते कोरोना संक्रमण   भएको पुष्टि भएको थियो। उनी अख्तियारको क्वार्टरमा आइसोलेन बसे। अहिले उनको रिपोर्ट नेगेटिभ आएकाले काममा फर्कने तयारीमा छन्। अख्तियारका कर्मचारीमा संक्रमण भएपछि उनको परीक्षण गरिएको थियो। परीक्षणमा उनमा पनि संक्रमण पुष्टि भएको थियो। 

nimb
nimb
Ncell 2
Ncell 2

विनोद चौधरी अर्वपतिको सूचीमा १३४९ औं स्थानमा, एकै वर्षमा बढ्यो २२ अर्ब  सम्पत्ति . - Tripura Sanchar

विनोद चौधरी

प्रतिनिधिसभा सांसद तथा फोर्ब्सको सूचीमा सूचीकृत एकमा नेपाली विनोद चौधरी पनि भदौ १२ गते  कोरोना संक्रमति भएका छन्। उनले सामाजिक सञ्जाल ट्विटरमा आफू संक्रमित भएको जानकारी दिएका छन्। यसरी संक्रमित हुने उनी तेस्रा सांसद् हुन्। यसअघि दुई सांसद कोरोना संक्रमित भएका थिए।

डा सूर्यनारायण यादव

सप्तरी  क्षेत्र  नम्बर १ बाट निर्वाचित सांसद डा सूर्यनारायाण यादव साउन ३० गते कोरोना संक्रमित भएका थिए। चिकित्सकसमेत रहेका सांसद यादव झाडापखाला लागेर गम्भीर अवस्थामा आएका एक बालिकाको उपचारका क्रममा संक्रमित भएको आशंका गरिएको छ। नियमित बिरामी जाँच्न छोडेपनि   गम्भीर बिरामी आउँदा उनले हेर्ने गरेकाले बालिका गम्भीर रुपमा मेडिकलमा आएपछि उनले हेरेका थिए। हाल  उनी आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहेका छन्। 

यज्ञबहादुर बोगटी

अछाम-२ बाट निर्वाचित सांसद  यज्ञबहादुर बोगटीलाई भदौ ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो। निर्वाचन क्षेत्र गएर आएको र नेकपा महासचिव विष्णु पौडेलको सचिवालयमा कोरोना देखिएपछि उनले स्वाब दिएका थिए।

शुरुमा प्रयोगशालाले नेगेटिभ रिर्पोट दिएपनि पछि पोजेटिभ आएको खबर पाएका थिए। हाल उनी कीर्तिपुर आयुर्वेद अनुसन्धान केन्द्रको आइसोलेनमा स्वास्थ्यलाभ गरिरहेका छन्।

साउन ३० गते उनको पिसिआर रिर्पोट नेगेटिभ आएको जानकारी पाएका थिए। तर पछि काठमाडौं महानगरले उनको पोजेटिभ रिपोर्ट आएको खबर गरेपछि उनी आइसोलेनमा बसेका थिए।  

कञ्चन वादे

पूर्व उद्योग राज्यमन्त्री कञ्चन वादे पनि कोरोना संक्रमित भएका छन्। उनमा कोरोनाको लक्षणसमेत देखिएपछि अस्पताल भर्ना गरिएको छ। १० दिनअघि उनमा कोरोना संक्रमण पुष्टि भएको थियो। काभ्रेपलाञ्चोकमै रहँदा उनी संक्रमित भएको आशंका गरिएको छ। उनलाई सास फेर्न समस्या भएपछि काठमाडौंको ह्याम्स अस्पतालमा आइसियूमा राखिएको थियो। हाल वादेको स्वास्थ्य सुधारोन्मुख छ।   

राधिका तामाङ Archives - Nepalpatra

राधिका तामाङ

बागमती  प्रदेशकी उपसभामुख राधिका तमाङलाई भदौ १ गते कोरोना संक्रमण भएको पुष्टि भयो। उनीसँगै उनका ९ वर्षीय छोरामा पनि कोरोना संक्रमण   पुष्टि भएको थियो। उनी निर्वाचन क्षेत्र गएका बेला संक्रमण भएको अनुमान गरिएको छ। 

उनी बागमती प्रदेशको उपसभामुख निवासमा आइसोलेनमा रहेकी छन्।

कर्णाली प्रदेशका सांसद जीवनबहादुर शाही पनि कोरोना संक्रमित भए। असार ३० गते उनको रिर्पोट कोरोना पोजेटिभ आएको थियो। संक्रमित  प्रदेश सांसद शाही कर्णाली प्रदेशको नेपाली कांग्रेसका दलका नेता हुन्। उनी साउन ७ गते कोरोना संक्रमणमुक्त भएका छन्।  

ज्ञानेन्द्र यादव

कोरोना संक्रमणको जोखिम धेरै रहेको प्रदेशमा आन्तरिम मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव साउन २३ गते कोरोना संक्रमित भएका थिए। तराईका जिल्लाहरुको भ्रमणका  क्रममा उनी संक्रमित भएको हुन सक्ने अनुमान गरिएको छ।

उनी मन्त्रीनिवासमा आइसोलेनमा बसेका थिए। मन्त्री यादव भदौ ५ गते संक्रमणमुक्त भए। 

रिना यादव

प्रदेश सांसद रिना यादव पनि साउन २३ गते नै संक्रमित भएको पुष्टि भयो। मन्त्री यादवसँगै गरिएको परीक्षणमा सांसद यादवमा पनि संक्रमण भएको देखिएको थियो।

निर्वाचन क्षेत्र जाने क्रममा उनी संक्रमित भएको आशंका गरिएको छ। उनी भदौ  ३ गते कोरोना संक्रमणमुक्त भएकी छन्। समाजवादी दलबाट उनी निर्वाचित भएकी थिइन्।

विजय सरावगी

वीरगञ्ज  महानगरपालिकाका मेयर विजय सरावगी पनि काममै क्रममा  संक्रमित भएको अनुमान गरिएको छ। साउन १५  गते उनी कोरोना संक्रमित भएका थिए।

संक्रमित भएपछि उनी काठमाडौंमा आई आइसोलेसन बसे। उनीसँगै उनका बुबा र ज्वाईं पनि संक्रमित भएका थिए। भदौ ८ गते संक्रमणमुक्त भएर उनी महानगर फर्केका छन्। 

प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०७७  १८:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
देवानगञ्ज बजारमा झडप मंगलबार, साउन १२, २०८३
संयमता अपनाउन सरकारको अपिल मंगलबार, साउन १२, २०८३
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
सुनसरी घटना : सुरक्षा प्रमुखसहरुसहित गृहमन्त्रालयमा छलफल सुरु मंगलबार, साउन १२, २०८३
लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा मंगलबार, साउन १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो, डीआईजी खनाललाई पठाइयो सोमबार, साउन ११, २०८३
सुनसरी झडपमा घाइते थप एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
सुनसरी गोलीकाण्डबारे सांसद थापाले भने– गोली चलाउनुपर्ने अवस्था थिएन, प्रशासनले स्पष्ट जानकारीसमेत दिएको छैन सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो, डीआईजी खनाललाई पठाइयो सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्