• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

जतासुकै क्रिकेट : समुद्रदेखि सगरमाथासम्म

नेपाल लाइभ मंगलबार, भदौ ९, २०७७  १४:३०
1140x725
पिच थोरै बिग्रेको जस्तो लागिरहेको हो?  साउथह्याम्पटन र आइल अफ वाइटको बीचमा सोलेन्ट स्ट्रेटमा समुद्री तटमा छालकै बीच क्रिकेट खेल हुँदै। 

काठमाडौं- मैदानमा, समुद्रमा, हिउँमा, पहाडमा, हिमालमा... जहाँसुकै पनि। भूभागलाई खासै वास्ता नगरेरै यदि बिरालो फर्कन सक्ने जति मात्र पनि ठाउँ छ भने त्यहाँ क्रिकेट खेल सम्भव छ। 

गिलो पिच? भिजेको मैदान? खराब प्रकाश? छाड्नुस यस्ता कुरा। आइसल्याण्ड सेलिंग क्लब र रोयल साउथ्रन याच्ट क्लबका सदस्य जो वर्षैपिच्छे बालुवा भएको किनारमा क्रिकेट खेल्छन्, भन्छन्- केही फरक पर्दैन। 

वर्षमा एकपटक साउथह्याम्पटन र आइल अफ वाइटको बीचमा सोलेन्ट स्ट्रेटमा समुद्री तटमा छालकै बीच क्रिकेट खेल आयोजना हुन्छ। झण्डै १८० मिटर गहिरो बालुवाको थुप्रोमाथि पानी बहिरहँदा पनि खेल सम्भव छ। 

त्यहाँ केही नियमहरु छन्, जस्तो कि खेलाडीले सेतो लुगा लगाउनु अनिवार्य छ। अचम्म त हरेक पटक फरक टिमले खेल जितिरहेका हुन्छन्। यस्तो प्रतियोगिता पहिले सन् १९५० को दशकमा समुद्री डुंगा बनाउने युएफएफए फक्सले सुरु गरेको हो। 

कुनै कुनै वर्ष समुद्री छाल धेरै परसम्म पुग्दैन। तर त्यसले खेलको उत्साहमा भने कुनै कमि हुन पाएको छैन। खेलाडीहरु उसैगरी रमाइरहेका छन्। जस्तो कि सन् २००८ मा लिइएको माथिको तस्बिरमा देखिन्छ। 

समुद्री तट खासै मन पर्दैन? केही छैन, यस्तै रोमाञ्चकता पहाडहरुमा पनि अझ जीवितै छ। यस्तै उत्साहजनक र प्रतिष्ठित खेल स्वीस क्रिकेट क्यालेन्डरमा देखिन्छ। जुन खेल हरेक वर्ष फेब्रुअरीमा हिउँ जमेको पहाडमा हुन्छ। यो प्रतियोगिता सन् १९८८ मा सुरु भएको अनुमान छ। जतिबेला इंग्लिस पर्यटकहरु हिउँ नभएको ठाउँ खोज्दै त्यहीँ स्की रिसोर्टमा घुमिरहेका थिए।

त्यही समूहका एक ड्यानियल हेयरिङले आफ्नो पुरानो विद्यालयबाट केही विद्यार्थीहरु र खेल सामग्री जम्मा गरे। त्यसलाई पहाडको एक ठाउँमा लगेर क्रिकेट खेल सुरु गरे। 

यो घटनापछि त्यहाँको खेलबारे अनेक कहानीहरु पनि चर्चामा रहे। त्यसमध्ये एक हो, डेविड गोवरको कहानी– खेल सुरु हुने बेला उनले आफ्नो कार हिउँ जमेको एक ठाउँमा पार्क गरेका थिए। एक वर्षपछि त्यही ठाउँमा फर्कंदा उनले ठूलो खाडल मात्र भेटे तर कार थिएन। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यहिँ नै सन् २०१८ मा २० ओभरको खेल नै आयोजना भयो। जहाँ एन्ड्यू सिमोन्ड्स, माहेला जयबद्र्धने, विरेन्द्र सेहवाग, सोहेब अख्तर र ग्राम स्मिथ जस्ता खेलाडीहरु पनि सहभागी भएका थिए। 

स्विट्जरल्यान्डमा हिउँमा खेलिने ‘सेन्ट मोर्टिज एनुअल क्रिकेट अल आइस टुर्नामेन्ट’ मा क्रिकेट हस्तीहरुको समेत आकर्षण देखिन्छ। तस्बिर- गेटी इमेज

शून्यभन्दा तलको तापक्रम पनि क्रिकेटका लागि हानिकारक भएको छैन। सन् १९२२ तिर हो, अन्वेषक विलियम एडवार्ड पार्रीका लागि आफ्नो जहाज एचएमएस फ्यूरी र एचएमएस हेक्ला लिएर जर्ज फ्रान्सिस लियोनका साथमा आर्कटिकबाट उत्तर पश्चिम निस्कने बाटो खोज्ने काम आइपरेको थियो। 

त्यसरी कामका लागेको एक समयमा दुवै जहाजहरु हिउँले छोपिएको पाइयो। जहाँबाट हिउँ नपग्लिएसम्म जान सम्भव थिएन। १८२३ को गर्मी समयमा हिउँ पग्लिएपछि मात्र उनीहरु त्यहाँबाट निस्कन पाएका थिए। त्यस्तो माइनस २३ डिग्रि सेन्टिग्रेट तापक्रमको समयमा पनि आफूहरुले क्रिकेट खेलेको लियोनले पछि सुनाएका थिए। त्यसैलाई उनले चित्रमा पनि उतारेका छन्। 

आर्कटिक सर्कलको यो उत्तरी क्षेत्रमा भइरहेको क्रिकेटमा खराब प्रकाशको चिन्तामा कोही छैनन्। तस्बिर- गेटी इमेज

अचम्म नमान्नुहोस्, सगरमाथा बेस क्याम्प पनि क्रिकेट खेलका लागि राम्रो ठाउँ भइरहेको छ। सन् २००७ मा १८ जना बेलायति क्रिकेटरले सबैभन्दा उचाइमा खेलिएको क्रिकेट खेलको विश्व कीर्तिमान बनाउन त्यस्तो प्रयास गरेका थिए। त्यसबेला उनीहरुले सिक्स ए साइड, पाँच ओभरको खेल खेलेका थिए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पछि सन् २००९ मा त पूरा २० ओभरको खेल नै भयो। त्यो पनि ग्राउन्डसम्यान र स्वास्थ्यकर्मीको टोलीसहित। जुन ५ हजार १ सय ६५ मिटरको उचाइमा गोरक सेप ग्लासियरमा भएको थियो। त्यो विश्व कीर्तिमान सन् २०१४ मा फेरि तोडियो। त्यसबेला किलिमान्जारो चढ्न गएको टोलीले कीर्तिमान बनाएको थियो।

दि गोरिलाज टिम, जसलाई हिथर नाइटले कप्तानी गरेका थिए। उनको टिमले एस्ले गिल्सको कप्तानीमा रहेको राइनोजविरुद्ध ५ विकेट जाँदा ८२ रन बनाएको थियो। उनीहरुले ९ विकेट जाँदा ६४ रन बनाएको अवस्थामा खराब बादलका कारण खेल रोकिएको थियो। खेल समुद्री सतहबाट ५ हजार ७ सय ५२ मिटरको उचाइमा भएको थियो। 

किलिमान्जारोमा हिथर नाइट, माखाया एनटिनी र एस्ले गिल्सलगायतका खेलाडी क्रिकेट खेल्दै। तस्बिर- गेटी इमेज

एउटा क्रिकेट क्लब सुरु गर्न दंगदास पार्ने कति घटना हुन पर्छ होला त? एउटै काफि हुन्छ यदि तपाइँ एलिया बाउर हो भने। केन्यामा लंगुरे बाँदरको एक अनुसन्धान योजनामा काम गरिरहँदा बाउरलाई क्रिकेटको खुबै याद आयो। 

उनले स्थानीय केटाहरुलाई वरपर पाइने सामानमा निर्भर रहेर क्रिकेट सिकाउन थालिन्। त्यो देखेका स्थानीय मासाइ जनजातीमा पनि जिज्ञासा बढ्यो र उनीहरुले पनि खेल्ने इच्छा व्यक्त गरे। 

उनीहरुले पनि क्रिकेट सिके र खेल्न थाले, जसले क्रिकेटमा मासाइ वारियर्स बन्यो। मासाइ वारियर्सले स्थानीय क्लबसँग प्रतिस्पर्धात्मक खेल खेल्न थाले। त्यहाँबाटै उनीहरु क्लब क्रिकेटका लागि इंग्ल्याण्डसम्म पुगे। अहिले मासाइहरु लैगिंक समानताका साथै एचआइभीलगायत रोगका बारेमा चेतना फैलाउन क्रिकेटको प्रयोग गरिरहेका छन्। 

केन्यामा मासाइ जनजातीका मानिसहरु क्रिकेट अभ्यास गर्दै। तस्बिर- गेटी इमेज

विश्वमै पहिलोपटक गुफामा क्रिकेट खेल सन् २०१३ मा बेलायतको लेक डिस्ट्रिक्टको होनिस्टर स्लेट माइनमा खेलिएको थियो। मैदानभन्दा ६ सय मिटर तलको क्रिकेट खेलमा बेलका लागि स्लेट टायलको प्रयोग गरिएको थियो। जहाँ क्याल्डबेक र थ्रेलकल्ड क्रिकेट क्लबले खेल खेलेका थिए। त्यहाँबाट उठेको पैसा उनीहरुले बाढी प्रभावित मैदानमा सहयोग गरेका थिए। यदि पानीले बिजोग पारेर दिक्क लाग्दो खेल भएको छ भने यो गुफाको क्रिकेट विकल्प बनाउने कि!

बेलायतको लेक डिस्ट्रिक्टको होनिस्टर स्लेट माइनमा खेलिएको क्रिकेट। तस्बिर- गेटी इमेज

पानीहजाजमा क्रिकेट त अहिले फेसन जस्तो नै भइसकेको छ। त्यो अझ एयरक्राफ्ट क्यारियर हो भने त गजव भइ नै हाल्यो। जहाजको तलाहरु भएकोमा कसरी मिलाउने त? डिप एक्स्ट्रा कभरका लागि अरु डुंगा पो राख्ने हो कि!

पानीजहाजमा क्रिकेट : बलरलाई जहाजको छतमा बल उफार्ने मौका! तस्बिर- गेटी इमेज

(इएसपिएन क्रिकइन्फोको क्रिकेट मन्थ्लीमा प्रकाशित दीप्ती उन्नीको यो लेख नेपाल लाइभका ऋग्वेद शर्माले अनुवाद गरेका हुन्। सबै तस्बिरहरु गेटी इमेजका हुन्।)

प्रकाशित मिति: मंगलबार, भदौ ९, २०७७  १४:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य आइतबार, कात्तिक १, २०८३
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्