• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, मंसिर ६, २०८२ Sat, Nov 22, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

जतासुकै क्रिकेट : समुद्रदेखि सगरमाथासम्म

नेपाल लाइभ मंगलबार, भदौ ९, २०७७  १४:३०
1140x725
पिच थोरै बिग्रेको जस्तो लागिरहेको हो?  साउथह्याम्पटन र आइल अफ वाइटको बीचमा सोलेन्ट स्ट्रेटमा समुद्री तटमा छालकै बीच क्रिकेट खेल हुँदै। 

काठमाडौं- मैदानमा, समुद्रमा, हिउँमा, पहाडमा, हिमालमा... जहाँसुकै पनि। भूभागलाई खासै वास्ता नगरेरै यदि बिरालो फर्कन सक्ने जति मात्र पनि ठाउँ छ भने त्यहाँ क्रिकेट खेल सम्भव छ। 

गिलो पिच? भिजेको मैदान? खराब प्रकाश? छाड्नुस यस्ता कुरा। आइसल्याण्ड सेलिंग क्लब र रोयल साउथ्रन याच्ट क्लबका सदस्य जो वर्षैपिच्छे बालुवा भएको किनारमा क्रिकेट खेल्छन्, भन्छन्- केही फरक पर्दैन। 

वर्षमा एकपटक साउथह्याम्पटन र आइल अफ वाइटको बीचमा सोलेन्ट स्ट्रेटमा समुद्री तटमा छालकै बीच क्रिकेट खेल आयोजना हुन्छ। झण्डै १८० मिटर गहिरो बालुवाको थुप्रोमाथि पानी बहिरहँदा पनि खेल सम्भव छ। 

त्यहाँ केही नियमहरु छन्, जस्तो कि खेलाडीले सेतो लुगा लगाउनु अनिवार्य छ। अचम्म त हरेक पटक फरक टिमले खेल जितिरहेका हुन्छन्। यस्तो प्रतियोगिता पहिले सन् १९५० को दशकमा समुद्री डुंगा बनाउने युएफएफए फक्सले सुरु गरेको हो। 

कुनै कुनै वर्ष समुद्री छाल धेरै परसम्म पुग्दैन। तर त्यसले खेलको उत्साहमा भने कुनै कमि हुन पाएको छैन। खेलाडीहरु उसैगरी रमाइरहेका छन्। जस्तो कि सन् २००८ मा लिइएको माथिको तस्बिरमा देखिन्छ। 

समुद्री तट खासै मन पर्दैन? केही छैन, यस्तै रोमाञ्चकता पहाडहरुमा पनि अझ जीवितै छ। यस्तै उत्साहजनक र प्रतिष्ठित खेल स्वीस क्रिकेट क्यालेन्डरमा देखिन्छ। जुन खेल हरेक वर्ष फेब्रुअरीमा हिउँ जमेको पहाडमा हुन्छ। यो प्रतियोगिता सन् १९८८ मा सुरु भएको अनुमान छ। जतिबेला इंग्लिस पर्यटकहरु हिउँ नभएको ठाउँ खोज्दै त्यहीँ स्की रिसोर्टमा घुमिरहेका थिए।

त्यही समूहका एक ड्यानियल हेयरिङले आफ्नो पुरानो विद्यालयबाट केही विद्यार्थीहरु र खेल सामग्री जम्मा गरे। त्यसलाई पहाडको एक ठाउँमा लगेर क्रिकेट खेल सुरु गरे। 

यो घटनापछि त्यहाँको खेलबारे अनेक कहानीहरु पनि चर्चामा रहे। त्यसमध्ये एक हो, डेविड गोवरको कहानी– खेल सुरु हुने बेला उनले आफ्नो कार हिउँ जमेको एक ठाउँमा पार्क गरेका थिए। एक वर्षपछि त्यही ठाउँमा फर्कंदा उनले ठूलो खाडल मात्र भेटे तर कार थिएन। 

Ncell 2
Ncell 2

त्यहिँ नै सन् २०१८ मा २० ओभरको खेल नै आयोजना भयो। जहाँ एन्ड्यू सिमोन्ड्स, माहेला जयबद्र्धने, विरेन्द्र सेहवाग, सोहेब अख्तर र ग्राम स्मिथ जस्ता खेलाडीहरु पनि सहभागी भएका थिए। 

स्विट्जरल्यान्डमा हिउँमा खेलिने ‘सेन्ट मोर्टिज एनुअल क्रिकेट अल आइस टुर्नामेन्ट’ मा क्रिकेट हस्तीहरुको समेत आकर्षण देखिन्छ। तस्बिर- गेटी इमेज

शून्यभन्दा तलको तापक्रम पनि क्रिकेटका लागि हानिकारक भएको छैन। सन् १९२२ तिर हो, अन्वेषक विलियम एडवार्ड पार्रीका लागि आफ्नो जहाज एचएमएस फ्यूरी र एचएमएस हेक्ला लिएर जर्ज फ्रान्सिस लियोनका साथमा आर्कटिकबाट उत्तर पश्चिम निस्कने बाटो खोज्ने काम आइपरेको थियो। 

त्यसरी कामका लागेको एक समयमा दुवै जहाजहरु हिउँले छोपिएको पाइयो। जहाँबाट हिउँ नपग्लिएसम्म जान सम्भव थिएन। १८२३ को गर्मी समयमा हिउँ पग्लिएपछि मात्र उनीहरु त्यहाँबाट निस्कन पाएका थिए। त्यस्तो माइनस २३ डिग्रि सेन्टिग्रेट तापक्रमको समयमा पनि आफूहरुले क्रिकेट खेलेको लियोनले पछि सुनाएका थिए। त्यसैलाई उनले चित्रमा पनि उतारेका छन्। 

आर्कटिक सर्कलको यो उत्तरी क्षेत्रमा भइरहेको क्रिकेटमा खराब प्रकाशको चिन्तामा कोही छैनन्। तस्बिर- गेटी इमेज

अचम्म नमान्नुहोस्, सगरमाथा बेस क्याम्प पनि क्रिकेट खेलका लागि राम्रो ठाउँ भइरहेको छ। सन् २००७ मा १८ जना बेलायति क्रिकेटरले सबैभन्दा उचाइमा खेलिएको क्रिकेट खेलको विश्व कीर्तिमान बनाउन त्यस्तो प्रयास गरेका थिए। त्यसबेला उनीहरुले सिक्स ए साइड, पाँच ओभरको खेल खेलेका थिए। 

पछि सन् २००९ मा त पूरा २० ओभरको खेल नै भयो। त्यो पनि ग्राउन्डसम्यान र स्वास्थ्यकर्मीको टोलीसहित। जुन ५ हजार १ सय ६५ मिटरको उचाइमा गोरक सेप ग्लासियरमा भएको थियो। त्यो विश्व कीर्तिमान सन् २०१४ मा फेरि तोडियो। त्यसबेला किलिमान्जारो चढ्न गएको टोलीले कीर्तिमान बनाएको थियो।

दि गोरिलाज टिम, जसलाई हिथर नाइटले कप्तानी गरेका थिए। उनको टिमले एस्ले गिल्सको कप्तानीमा रहेको राइनोजविरुद्ध ५ विकेट जाँदा ८२ रन बनाएको थियो। उनीहरुले ९ विकेट जाँदा ६४ रन बनाएको अवस्थामा खराब बादलका कारण खेल रोकिएको थियो। खेल समुद्री सतहबाट ५ हजार ७ सय ५२ मिटरको उचाइमा भएको थियो। 

किलिमान्जारोमा हिथर नाइट, माखाया एनटिनी र एस्ले गिल्सलगायतका खेलाडी क्रिकेट खेल्दै। तस्बिर- गेटी इमेज

एउटा क्रिकेट क्लब सुरु गर्न दंगदास पार्ने कति घटना हुन पर्छ होला त? एउटै काफि हुन्छ यदि तपाइँ एलिया बाउर हो भने। केन्यामा लंगुरे बाँदरको एक अनुसन्धान योजनामा काम गरिरहँदा बाउरलाई क्रिकेटको खुबै याद आयो। 

उनले स्थानीय केटाहरुलाई वरपर पाइने सामानमा निर्भर रहेर क्रिकेट सिकाउन थालिन्। त्यो देखेका स्थानीय मासाइ जनजातीमा पनि जिज्ञासा बढ्यो र उनीहरुले पनि खेल्ने इच्छा व्यक्त गरे। 

उनीहरुले पनि क्रिकेट सिके र खेल्न थाले, जसले क्रिकेटमा मासाइ वारियर्स बन्यो। मासाइ वारियर्सले स्थानीय क्लबसँग प्रतिस्पर्धात्मक खेल खेल्न थाले। त्यहाँबाटै उनीहरु क्लब क्रिकेटका लागि इंग्ल्याण्डसम्म पुगे। अहिले मासाइहरु लैगिंक समानताका साथै एचआइभीलगायत रोगका बारेमा चेतना फैलाउन क्रिकेटको प्रयोग गरिरहेका छन्। 

केन्यामा मासाइ जनजातीका मानिसहरु क्रिकेट अभ्यास गर्दै। तस्बिर- गेटी इमेज

विश्वमै पहिलोपटक गुफामा क्रिकेट खेल सन् २०१३ मा बेलायतको लेक डिस्ट्रिक्टको होनिस्टर स्लेट माइनमा खेलिएको थियो। मैदानभन्दा ६ सय मिटर तलको क्रिकेट खेलमा बेलका लागि स्लेट टायलको प्रयोग गरिएको थियो। जहाँ क्याल्डबेक र थ्रेलकल्ड क्रिकेट क्लबले खेल खेलेका थिए। त्यहाँबाट उठेको पैसा उनीहरुले बाढी प्रभावित मैदानमा सहयोग गरेका थिए। यदि पानीले बिजोग पारेर दिक्क लाग्दो खेल भएको छ भने यो गुफाको क्रिकेट विकल्प बनाउने कि!

बेलायतको लेक डिस्ट्रिक्टको होनिस्टर स्लेट माइनमा खेलिएको क्रिकेट। तस्बिर- गेटी इमेज

पानीहजाजमा क्रिकेट त अहिले फेसन जस्तो नै भइसकेको छ। त्यो अझ एयरक्राफ्ट क्यारियर हो भने त गजव भइ नै हाल्यो। जहाजको तलाहरु भएकोमा कसरी मिलाउने त? डिप एक्स्ट्रा कभरका लागि अरु डुंगा पो राख्ने हो कि!

पानीजहाजमा क्रिकेट : बलरलाई जहाजको छतमा बल उफार्ने मौका! तस्बिर- गेटी इमेज

(इएसपिएन क्रिकइन्फोको क्रिकेट मन्थ्लीमा प्रकाशित दीप्ती उन्नीको यो लेख नेपाल लाइभका ऋग्वेद शर्माले अनुवाद गरेका हुन्। सबै तस्बिरहरु गेटी इमेजका हुन्।)

प्रकाशित मिति: मंगलबार, भदौ ९, २०७७  १४:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
सुदूरपश्चिमको लगातार दोस्रो जित, पोखरा १८ रनले पराजित शुक्रबार, मंसिर ५, २०८२
एनपीएल : सुदूरपश्चिमले दियो पोखरालाई १९४ रनको चुनौतीपूर्ण लक्ष्य शुक्रबार, मंसिर ५, २०८२
पासपोर्ट अभाव अन्त्यका लागि प्रधानमन्त्रीको सक्रियता, ७ लाख थान किन्ने मन्त्रिपरिषद्को निर्णय शुक्रबार, मंसिर ५, २०८२
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा शुक्रबार, मंसिर ५, २०८२
नेपाल विशेष सेवासम्बन्धी अध्यादेश जारी शुक्रबार, मंसिर ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाबाट डिपोर्ट भएका थप ३५ नेपाली काठमाडौं फर्किए बिहीबार, मंसिर ४, २०८२
जेन–जी युवालाई साथ दिन सिमरातर्फ लागे सुधन शुक्रबार, मंसिर ५, २०८२
सिमरा अपडेट : जेनजी प्रदर्शनकारी र प्रहरीबीच झडप, फेरि कर्फ्यू आदेश जारी बिहीबार, मंसिर ४, २०८२
‘नेसनल भोलेन्टियर फोर्स’ गठन, कमान्डरमा पुष्पराज श्रेष्ठ शुक्रबार, मंसिर ५, २०८२
बन्चरेडाँडा ल्यान्डफिल साइटकाे अवरोध हट्याे, जुट्यो सहमति बिहीबार, मंसिर ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी शुक्रबार, कात्तिक २८, २०८२
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य बुधबार, मंसिर ३, २०८२
बिहार चुनाव: एनडीए गडबन्धनलाई दुई तिहाई बढी सिट शुक्रबार, कात्तिक २८, २०८२
अमेरिकाबाट डिपोर्ट भएका थप ३५ नेपाली काठमाडौं फर्किए बिहीबार, मंसिर ४, २०८२
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय सोमबार, मंसिर १, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्