चितवन– कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनको प्रथम दीक्षान्त समारोह हुने भएको छ।
यही वैशाख २१ गते हुने सो समारोहबाट ३ सय १२ जना विद्यार्थी दीक्षित हुने छन्।
विश्वविद्यालयले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी कृषि विज्ञानमा १ सय ३१, जैविक प्रविधि विज्ञानमा २, पशु चिकित्सामा २७, पशु विज्ञानमा ९, मत्स्य विज्ञानमा ९ र वन विज्ञानमा १० जना स्नातकोत्तर उत्तीर्ण भएका तथा वन विज्ञानमा विद्यावारिधि गरेका १ जना विद्यार्थी दीक्षान्त समारोहमा सहभागी हुने छन्।
त्यस्तै, कृषि विज्ञानमा ९४ र वन विज्ञानमा २९ जना स्नातक गरेका विद्यार्थी पनि दीक्षान्त समारोहमा सहभागी हुने विश्वविद्यालयका उपकुलपति प्रा डा इश्वरीप्रसाद ढकालले जानकारी दिए।
विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा हुने सो समारोहको प्रमुख अतिथ्यता हरियाणा कृषि विश्वविद्यालय, भारतका उपकुलपति प्रा डा केपी सिंहले गर्नु हुने कार्यक्रम रहेको विश्वविद्यालयका रजिष्टार प्रा डा मनराज कोलाक्षपतिले जानकारी दिए।
समारोहमा स्नातक तह र स्नातकोत्तर तहको परीक्षामा तीन वटै संकायबाट उत्कृष्ट अंक ल्याइ विश्वविद्यालय प्रथम हुने एक÷एक जनालाई कुलपति पदक एवम् स्नातक, स्नातकोत्तर तहका परीक्षामा संकाय प्रथम हुने ७ जनालाई उपकुलपति पदक प्रदान गरिने जनाइएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।