एजेन्सी- भारतको 'मस्ट वान्टेड' सूचीमा रहेका मुम्बई अन्डरवर्ल्डका नाइके डन दाउद इब्राहिमको सम्पत्ति जफत गर्न पाकिस्तान सरकारले आदेश जारी गरेको छ।
फाइनान्स एक्सन टास्क फोर्स (एफएटिएफ)को ब्ल्याक लिस्टबाट हट्नका लागि इमरान खान नेतृत्वको पाकिस्तानी सरकारले दाउद इब्राहिम, मसुद अजहर, हाफिज सइदलगायतका ८८ आतंकवादी संगठनको सम्पत्ति जफत गर्न आदेश दिएको हो।
यसअघिका सरकारले लगातार दाउद इब्राहिम पाकिस्तानमा नरहेको दाबी गर्दै आएका थिए। भारत सरकारले भने पाकिस्तानको कराँची सहरमा नै इब्राहिम बस्दै आएको दाबी गर्दै आएको थियो।
पेरिसस्थित एफएटिएफले सन् २०१८ मा पाकिस्तानलाई आतंकवादमा लगानी गरिरहेको मुलुकको सूचीमा राखेको थियो। उक्त सूचीबाट हट्नका लागि इमरान खानको सरकारले यस्तो निर्णय लिएको बुझिएको छ।
आतंकवादसँग सम्बन्धित क्षेत्रमा भइरहेको लगानी रोकिएमा मात्र सो सूचीबाट हटाइने प्रावधान छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।