• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

जाइकाले भन्यो- काभ्रेमा विमानस्थल बनाउन १५ अर्ब लाग्छ, अनुदानमा सक्दैनौं, ऋण लगानी गर्छौं

64x64
उत्तम काप्री आइतबार, भदौ ७, २०७७  ११:३४
1140x725
विमानस्थल निर्माणका लागि स्थलगत निरीक्षण गर्न काभ्रेको नागिडाँडा पुगेको तत्कालीन मन्त्री स्व रवीन्द्र अधिकारीसहितको टोली।

काठमाडौं– जापानी दातृनिकाय जाइकाले काभ्रेको नागिडाँडामा आन्तरिक विमानस्थल निर्माण गर्न चासो देखाएको छ। विमानस्थल निर्माणका लागि जाइकाले अध्ययनसमेत सम्पन्न गरेको छ। उसले त्यहाँ विमानस्थल बनाउन झन्डै १५ अर्ब रुपैयाँ लाग्ने ठहर गरेको छ।

जाइकाको अध्ययन रिपोर्ट सरकारले बुझिसकेको छ। जाइकाले विमानस्थल निर्माणको विषयमा गरेको अध्ययन रिपोर्ट नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुझाएको हो। रिपाेर्टमा विमानस्थलको लागत विवरणसमेत उल्लेख भएको प्राधिकरण उच्च स्रोतले जानकारी दिएको छ।

प्राधिकरणले गरेको अध्ययनमा १० अर्बमा काभ्रेमा साना प्रकृतिका जहाज अवतरण गर्न सक्ने विमानस्थल निर्माण गर्न सकिने भए पनि जाइकाले नागिडाँडामा विमानस्थल बनाउन झन्डै १५ अर्ब रुपैयाँ लागत लाग्ने अनुमानसहितको विस्तृत अध्ययन बुझाएको छ।

प्राधिकरणले भने यति धेरै रकम खर्च गरेर तत्काल काभ्रेमा विमानस्थल निर्माण गर्न नसकिने भन्दै जाइकालाई अनुदान रकमका विमानस्थल निर्माण गरिदिने आग्रह गरेको स्रोतको दाबी छ। तर, जाइकाले भने अनुदानमा विमानस्थल बनाउन नसक्ने बताउँदै आएको छ। जाइकाले काभ्रेको नागिडाँडामा विमानस्थल बनाउन सहयोग गर्ने रकम सहुलियत दरकाे ऋण हुने बताउँदै आएको छ।

योसँगै प्राधिकरणले भने नागिडाँडामा विमानस्थलकाे वातावरणीय प्रभाव मूल्यांकनका लागि चालु आर्थिक वर्ष २०७७/०७८ मा बजेट विनियोजन गरेको छ। प्राधिकरणले देशभरको नयाँ विमानस्थल निर्माणस्थलको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट बनाउन छुट्याएको १ करोडकै बजेटमा नागिडाँडालाई समेत समावेश गरेको छ।

यो विमानस्थल निर्माणका लागि तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले आर्थिक वर्ष २०७५/०७६  मा विमानस्थल निर्माणकै लागि भन्दै २५ करोड रुपैयाँ बजेट विनियोजन गर्न प्राधिकरणलाई दबाब दिएका थिए। प्राधिकरणले पनि मन्त्रीको दबाबमा विमानस्थल निर्माणका लागि भन्दै २५ करोड रुपैयाँ विनियोजन गरेको थियो।

तर विमानस्थल निर्माणको विषय विवादमा परेको थियो। तत्कालीन मन्त्री अधिकारीले नै गठन गरेको हवाई क्षेत्र सुधार कार्यदलले उक्त स्थानमा विमानस्थल निर्माण नगर्ने सुझाव दिएको थियो। उक्त सुझाव र अन्तर्राष्ट्रिय सम्बन्ध समितिले काभ्रेको नागिडाँडा विमानस्थल बनाउने काम अगाडि नबढाउन निर्देशन दिएपछि मन्त्रालयल र प्राधिकरण पछाडि हटेको थियो।

फेरि पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको दबाबका काभ्रेको नागिडाँडामा विमानस्थल निर्माणको विषय अगाडि बढाइएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

काभ्रेमा विमानस्थल निर्माणमा लाग्ने खर्च अहिले गौतबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा खर्च भएकोभन्दा बढी रकम हो। त्यसैले पनि १५ अर्ब रुपैयाँ खर्च गरेर काभ्रेमा विमानस्थल निर्माण थालनी गर्नु भन्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गर्नु उचित हुने हवाई विज्ञहरुको सुझाव छ।

बाँस्कोटा मन्त्री बनेसँगै काभ्रेमा विमानस्थल निर्माणको विषयले चर्चा पाउन थालेको थियो। मन्त्रीबाट हटे पनि बाँस्कोटाले सम्बन्धित स्थानमा दबाब दिन कम गरेका छैनन्। प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि उनको सम्बन्ध राम्रो रहेकाले उनी काभ्रेमा विमानस्थल बनाउने जोडबलमै रहेको बताइन्छ।
 
संघीय सरकारको गत आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम र बजेटमा काभ्रेमा आन्तरिक विमानस्थल निर्माण गर्ने विषय हटाइएको थियो। आर्थिक वर्ष २०७५/०७६ को बजेटमा भने तत्कालीन मन्त्री अधिकारीले काभ्रेमा आन्तरिक विमानस्थल निर्माण गर्ने विषय समावेश गराउन सफल भएका थिए।

आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा काभ्रेकै सांसद् बाँस्कोटाको दबाबमा काभ्रेमा आन्तरिक विमानस्थल निर्माण गर्ने विषयले प्रवेश पाएको थियो। सो विषयले चालु आबको बजेटमा भने स्थान पाएको थिएन। अन्ततः बाँस्कोटको दबाबमा प्राधिकरणले बजेटमा उल्लेख नै नभएको काभ्रे विमानस्थलको विषय आन्तरिक स्रोतबाट निर्माण गर्ने भन्दै बजेट विनियोजन गरेको हो।

हवाई विज्ञहरुले काभ्रेका आन्तरिक विमानस्थल आवश्यक नरहेको भन्दै सुझाव दिँदै आएका छन्। यस्तै विज्ञ समूहको अध्ययनले समेत निर्माणका चरणमा रहेका र सञ्चालनमा रहेका विमानस्थल सबल, नाफामूलक र व्यवस्थित गर्न सुझाएको थियो। अहिले सञ्चालनमा रहेका ३० मध्ये ७ वटामात्रै विमानस्थल नाफामा छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

काभ्रेका आन्तरिक विमानस्थल निर्माणको काम अघि नबढाउन निर्देशन दिनुअघि संसदीय समितिले देशभरका विमानस्थलको अवस्थाका बारेमा अध्ययन गरेको थियो। अध्ययन गर्न पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको संयोजकत्वमा उपसमिति गठन भएको थियो। नेपालको उपसमितिले काभ्रेमा विमानस्थल निर्माणको विषय अगाडि बढाउन नहुने सुझाव दिएको थियो। सोही समयको आसपासमा नै तत्कालीन मन्त्री अधिकारीले गठन गरेको हवाई विज्ञहरुको कमिटीले निर्माणका क्रममा रहेका र निर्माण भई सञ्चालनमा नरहेका विमानस्थल सञ्चालन गर्नुपर्ने तर तत्काल विमानस्थल थपिहाल्नुपर्ने आवश्यकता नभएको सुझाव दिएको थियो।

संसदीय समितिको अध्ययनपछि अध्ययन उपसमितिका संयोजकसमेत रहेका पूर्वप्रधानमन्त्री नेपालले अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा प्रतिवेदन बुझाउँदै काभ्रेमा विमानस्थल बनाउने काम तत्काल रोक्न भनेका थिए। 

‘कमिसनको खेलमा किन विमानस्थल बनाउने? यो कार्य तत्काल बन्द गर्नुपर्छ। जसलाई जहाँ चाहियो त्यही विमानस्थल किन बनाउने?,’ उनले भनेका थिए,  'सरकार तथा मन्त्री फेरिएलगत्तै उनीहरुले जे भन्यो त्यहीअनुसार अध्ययनका नाममा किन करोडौं रुपैयाँ खर्च गर्ने?'

उनले अन्तर्राष्ट्रिय विमानस्थल भएकै स्थानमा आन्तरिक विमानस्थल हुनुपर्ने धारणा राखेका थिए। 'अन्तर्राष्ट्रिय यात्रुले एक ठाउँमा झरेर आन्तरिक उडानका लागि अर्को ठाउँमा जाने कुरा हुँदैन। आवश्यकता हेरेर विकास गर्नुपर्छ। तर, जसले जे भन्यो त्यहीअनुसार विकास निर्माण सम्भव हुँदैन,' उनले भनेका थिए, 'विकास विरोधीले नेपालमा ठूला आयोजना सफल हुन नदिएका उदाहरण धेरै छन्। सरकार तथा जनप्रतिनिधि विकासप्रेमी हुनुपर्छ। वातावरणप्रेमी पनि हुनपर्छ।’

नेपालले जसलाई जहाँ चाहिएको महसुस हुन्छ त्यहीँ विमानस्थल बनाउनु उचित नहुने भन्दै काभ्रेमा विमानस्थल बनाउने विषयको विपक्षमा खुलेर धारणा राखेका थिए।

संसदीय उपसिमितिले समितिमा बुझाएको प्रतिवेदनअनुसार नै सरकारलाई निर्देशन दिइएको थियो। तर संसदीय समितिको निर्देशन परीत मात्र नभएर विज्ञ समूहको सुझावसमेत लत्याउँदै राजनीतिक दलका नेताको एकोहोरो दबाबमा काभ्रेमा आन्तरिक विमानस्थल निर्माणका लागि प्राधिकरण बजेट विनियोजन गर्न बाध्य भएको छ।

प्रकाशित मिति: आइतबार, भदौ ७, २०७७  ११:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा आरएनपी–एआर (RNP-AR) अवतरण प्रक्रिया लागू गर्न प्राविधिक अध्ययन अघि बढाएको हो। प्रारम्भिक... बिहीबार, असोज २९, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला लामो अवधिसम्म बुकिङ खुल्नुले पोखरा–दुबई हवाई सेवाको निरन्तरताप्रति आशा जगाएको छ भने पोखराको पर्यटन क्षेत्रले समेत यसलाई सकारात्मक रू... बुधबार, असोज २८, २०८३
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता कर्णाली प्रदेशका पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गए पनि आवश्यक पूर्वाधार निर्माणमा भइरहेको ढिलाइले पर्यटन... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार मंगलबार, कात्तिक ३, २०८३
राष्ट्रपति पौडेलले गरे नवकन्याको पूजार्चना मंगलबार, कात्तिक ३, २०८३
एनपीएलमा पहिलोपटक डीआरएस, नेपाली क्रिकेटमा नयाँ उपलब्धि मंगलबार, कात्तिक ३, २०८३
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक मंगलबार, कात्तिक ३, २०८३
वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरको रोचक तथ्य मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक मंगलबार, कात्तिक ३, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ सोमबार, कात्तिक २, २०८३
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ? सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्