नयाँ दिल्ली (एजेन्सी)– वरुण धवन र कट्रिना केफको अनस्क्रिन रोमान्सको चर्चा केही समययता बलिउडमा भइरहेको छ। यो चर्चा उनीहरु एकसाथ अभिनय गर्ने कुरासँगै उनीहरुले पारिश्रमिकका कारण पनि बढिरहेको छ।
नाम नखुलाइएको फिल्मका लागि कट्रिनाले ७ करोड पारिश्रमिक पाएकी छन् भने वरुणले ३२ करोड लिएका छन्। यो रकम पनि कम भएको वरुण बताउँछन्। आखिर किन चित्त त उनको? आफूले पारिश्रमिकका विषयमा धेरै अपेक्षा गर्ने गरेको उनको भनाइ छ।
उनले भनेका छन्, ‘जीवनमा अघि बढ्दै जाँदा धेरै काम गर्न सकिन्न, तर जे गरिन्छ त्यस क्षेत्रमा भने निरन्तरता दिन सक्नुपर्छ। मैले पछिल्लो ६ वर्षमा जति राम्रो स्थान बनाउनुपर्ने थियो त्यो बनाउन सकिरहेको छैन, यसले गर्दा अपेक्षा भने धेरै हुने रहेछ।’
वरुण र कट्रिनाले पहिलो पटक स्क्रिन सेयर गर्न लागेका हुन्। अहिलेसम्म फिल्मको नाम नखुलाइए पनि फिल्म एबिसिडीको सिक्वेल भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।