• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ २३, २०८२ Fri, Feb 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

धुलिखेल अस्पताल : भरिँदै अस्पताल‚ बढ्दै जोखिम

 
64x64
दुर्गा दुलाल सोमबार, भदौ १, २०७७  १२:५०
1140x725

काठमाडौँ-साउन २९ गते काभ्रेपलाञ्चोकको धुलिखेल अस्पताल क्षेत्र सिल गर्ने निर्णय गरियो। एक बिरामीसहित १० जनामा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल क्षेत्र बन्द गर्ने निर्णय गरिएको थियो। अस्पतालमा कार्यरत एक नर्सलाई कोरोना संक्रमण पुष्टि भएको र बिरामीको उपचारमा संलग्न भएकाले संक्रमण हुनसक्ने आशंकाले क्वारेन्टाइनमा राखियो । 

डिन  डा राजेन्द्र कोजु, अन्य डाक्टर र नर्ससहित ३० जना क्वारेन्टाइनमा बसे।  उनीहरु आज सोमबार क्वारेन्टाइनबाट अस्पताल फर्कँदैछन्।  

अस्पतालले आकस्मिकबाहेकका सेवा बन्द गर्ने निर्णय गर्दै अस्पतालको ५०० मिटरको दूरीसम्म अर्को सूचना जारी नभएसम्म बन्द गर्ने निर्णय गरेको थियो।  त्यस्तै अस्पताल छेउमै घर रहेका ९८ वर्षीय एक वृद्धामा संक्रमण पुष्टि भएपछि जोखिम झन् बढ्ने भन्दै बन्द गरिएको थियो। ती वृद्ध गम्भीर लक्षणसहितको भएपछि अस्पताल पनि सिल गरियो। वृद्धकी एक बुहारी, अस्पतालका एक नर्स, दमक घर भई अस्पतालमा पित्तथैली उपचारार्थ भर्ना भएका एक बिरामी, अस्पताल छेउ व्यवसाय गर्ने एक जना तथा संघीय  प्रहरी कार्यालय बनेपाको जनागालका ६ प्रहरीमा कोरोना संंक्रमण पुष्टि भएको थियो।  अस्पताल र वरिपरिको क्षेत्र सिल गरिएपछि  ‘कन्ट्रयाक्ट ट्रेसिङ’ सुरु गरियो। अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मीको परीक्षण गरियो। यसमा संक्रमण फैलिइएको पाइएन।  

भेन्टिलेटरको बिरामी निको पार्न सफल 
नियमित परीक्षण गर्ने धुलिखेल अस्पतालले यो अवधिमा कोरोनाको उपचारका पहिलो सफलता प्राप्त गरेको डिन डा कोजुले बताए। ‘भेन्टिलेटरमा राखिएका बिरामी निको भएर फर्काउन हामी सफल भएका छौं ,’ उनले भने,  ‘यो धुलिखेल अस्पतालको पहिलो सफल केस हो, ती बिरामीको उपचारका संलग्न कसैमा पनि संक्रमण नभएको पाइएको छ।’

अन्यमा संक्रमण नफैलिइ उपचारमा सफल हुनु भनेको अस्पतालले राम्रो उपचार गरेको मान्नु पर्ने उनको तर्क छ। 

६० बेडको कोरोना अस्पताल चलाउँदै धुलिखेल 
सिल भएको धुलिखेल अस्पतालले आइतबारदेखि नियमित सेवा दिन थालेको  छ।  

कोरोना महामारी सुरु भएसँगै  धुलिखेल अस्पतालले कोभिड अस्पताल सञ्चाल गरेको थियो।  प्रसुती वार्डलाई कोरोना अस्पताल बनाई सुरु गरेको अस्पतालले अहिले ६० बेडमा त्यसलाई विस्तार गरेको  छ। अहिले अस्पतालले  आइसीयु १५ बेड,  आइसोलन १४ वटा, शंकास्पदका लागि १४ बेड र अन्यका लागि १७ बेड  छुट्ट्याएको  छ।

‘अस्पताल अझै पनि तयारीकै अवस्थामा छ,’ कोजुले भने, ‘बिरामी आउनेक्रम बढ्ने भएकाले यसका लागि तयार अवस्थामा रहनुपर्छ।'

Ncell 2
Ncell 2

भयावह हुनसक्ने चुनौती 
दुवै अस्पताल एकै पटक चलाउनु चुनौतीपूर्ण भएको डा कोजुले बताए। कोभिड अस्पतालका बिरामी, अन्य बिरामी र बिरामीका कुरुवासमेत आउने भएकाले उनीहरुलाई संक्रमण होला भन्ने डर र चुनौती भएको उनले बताए। अस्पतालले सीमित क्षेत्रमा जान रोक लगाएको भए पनि अन्जानमै सर्ने जोखिम पनि हुने उनले बताए।

अस्पतालमा अहिले २५ जना डाक्टरहरुले सेवा दिइरहेका छन्। फ्रन्टलाइनमा खटिएका ८, सेवा दिन १२ र  रेजिडन्ट ७ जनाले सेवा दिइरहेका छन्।  

धुलिखेल अस्पतालमा अहिले कोभिडका २४ जना बिरामी उपचारमा छन्। तीमध्ये दुई जना  गम्भीर बिरामी छन्। उनीहरुलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। अस्पतालमा ३ जना लक्षणसहितका बिरामी छन्।  १७ वर्षकी किशाेरी र ९८ वर्षीय वृद्धको भेन्टिलेटरमा राखेर अस्पतालले उपचार गरिरहेको छ।

अस्पतालले संक्रमण फैलन सक्ने जोखिमलाई ख्याल गरेर सकेसम्म छुट्टाछुट्टै उपचार गराईरहेको छ। ‘बिरामी  निश्चित गरेर अलग राख्ने र उपचार गर्ने कार्य भइरहेको छ’ डा कोजुले भने। 

भयावह हुनसक्छ : डा गुरुङ 
अस्पतालमा कहिले केही दिन बिराएर बिरामी आइरहेकाले उपचार सम्भव भएको उनले बताए। तर दैनिक रुपमा बिरामी आउन थालेपछि उपचारमा समस्या हुनसक्ने अपस्तालका डाक्टर एवं मेडिसिन विभाग प्रमुख राम बि गुरुङले बताए । ‘यसरी संक्रमित दैनिक आउन थाले भने  बेड पाउनदेखि उपचारसम्म गर्न असम्भव छ ’ गुरुङले भने ‘त्यो  भयावह अवस्था अहिले छैन, तर नहोला भन्न सकिन्न ।’

एकै  दिनमा तीन चार जना आउन थाले अस्पतालमा राख्ने र उपचारमै  समस्या हुने उनको तर्क  छ।  ‘अहिले हल्का लक्षण भएकालाई पनि सँगै राखिएको  छ तर गम्भीर बिरामी धेरै आएमा यसले झन् समस्या गर्ने छ’ उनले भने  ‘गम्भीर बिरामीलाई राख्न भेन्टिलेटरको आवश्यकता हुन्छ त्यो पर्याप्त पाउने सम्भावना छैन,   त्यो अवस्थामा धान्न सक्दैनौ।’

भयावह भएको अवस्थामा जनशक्ति अभाव हुने र पिपिईलगायतका सामग्री प्राप्त नहुँदा उपचारमा समस्या हुने चुनौती रहेको उनले बताए । अहिलेसम्म अस्पतालले उत्तम म्यानेजमेन्ट गर्न सफल भएको डा कोजुले बताए। 

कति छन् काभ्रेमा संक्रमित  
उक्त अस्पतालमा काभ्रे, सिन्धुपाल्चोक देखि सिन्धुली हुँदै नजिकका जिल्लाका बिरामी उपचारमा आउने गर्दछन्। काभ्रेमै रहेकाले त्यहाँ धेरै बिरामी सोही जिल्लाका हुने गर्दछन्।

हालसम्म काभ्रेपलाञ्चोकमा संक्रमित ६२ मध्ये २९ जना उपचारपछि घर फर्किएका छन् भने एक महिलाको मृत्यु भएको छ।  साथै ३२ व्यक्ति आइसोलेसनमा उपचाररत छन्। तीमध्ये पनि २० प्रहरी, दुई स्वास्थ्यकर्मी, एक जनप्रतिनिधि, वैदेशिक रोजगारबाट फर्किएका २२ सर्वसाधाण र १८ कन्ट्रयाक्ट टेसिङ र अन्य कारणबाट संक्रमित भएका हुन्। 

नेपालमा कोरोना भाइरसबाट पहिलो पटक काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालमा उपचाररत सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरीको मृत्यु भएको थियो। यसैबीच काभ्रेपलाञ्चोकमा पहिलो पटक मण्डनदेउपुर नगरपालिकाका वडाध्यक्षलाई कोरोना संक्रमण देखिएको छ। 


 

प्रकाशित मिति: सोमबार, भदौ १, २०७७  १२:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
घाँटीमा सिरिन्ज रोपेर झापामा एकजनाको हत्या शुक्रबार, माघ २३, २०८२
बैतडी बस दुर्घटना : १३ जनाको मृत्यु, ४५ जना घाइते शुक्रबार, माघ २३, २०८२
यस्तो रहनेछ देशभरको मौसम शुक्रबार, माघ २३, २०८२
आज कुन विदेशी मुद्राको विनिमयदर कति ? शुक्रबार, माघ २३, २०८२
राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म भव्य रुपमा मनाइने बिहीबार, माघ २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
विनितालक्षित ज्ञानेन्द्र शाहीको जवाफ– मेरो उम्मेदवारी कुनै पार्टी र व्यक्तिका विरुद्धमा होइन बिहीबार, माघ २२, २०८२
काठमाडौंमा १ करोडको गहना चोर्नेलाई प्रहरीले गोली हानेर समात्यो, ट्रमा सेन्टरमा उपचार हुँदै बिहीबार, माघ २२, २०८२
आज क्यानडाविरुद्धको वार्म अपमा दीपेन्द्रले कप्तानी गर्ने बिहीबार, माघ २२, २०८२
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक बिहीबार, माघ २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित मंगलबार, माघ २०, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्