नेपालगञ्ज– कर्तव्य ज्यान मुद्दामा नेपालगञ्जमा गुण्डा नाइके रिगल ढकाल भनिने योगराज ढकाललाई सर्वस्वसहित जन्मकैदको सजाय भएको छ। बाँके जिल्ला अदालतले मंगलबार उनलाई सो सजाय सुनाएको छ।
जिल्ला न्यायधीश बिष्णु सुवेदीको इजलाशले नेपालगञ्जका चेतन मानन्धरको हत्यामा संलग्न रहेको भन्दै ढकाललाई सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको हो।
तीन वर्षअघि नेपालगन्जमा खुडा प्रहार गरी मानन्धरको हत्या भएको थियो। सुरुमै आफ्नै समूहमा रहेका मानन्धर अर्काे समूहमा पुगेपछि उनले हत्या गर्न लगाएका थिए। २०७२ साल असार २८ गने खुँडा प्रहारी गरी हत्या भएको थियो। ७ भदौ २०७२ मा ढकालले अदालतमा आत्मसर्मपण गरेका थिए। उनी त्यसबेला तरुण दलका क्षेत्रीय सभापति थिए।
अभियुक्तमध्ये प्रेमध्वज खत्री, विशाल बस्नेत, नवराज खत्री र मोहन खड्कालाई जन्मकैदको सजाय भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।