रुकुम- विवाह गरेको ६ दिनमै रुकुमको सानीभेरी गाउँपालिकाका एक जोडीको वैवाहिक सम्बन्ध रद्द भएको छ।
सानीभेरी गाउँपालिका–३ का १७ वर्षीय एक बालक र वडा नम्बर ४ की १९ वर्षीया बालिकाबीच भएको विवाह रद्द भएको हो। उमेर नपुग्दै बाल विवाह गरेको भन्दै यहाँ रहेका मौराखारा वडास्तरीय बाल सञ्जालले प्रहरीसमक्ष निवेदन दिएपछि विवाह रद्द भएको हो।
प्रहरी चौकी सिम्लीमा दुवै पक्षको छलफलबाट विवाह रद्द गराई ती बालबालिकालाई आफन्तको जिम्मा लगाएको प्रहरीले जनाएको छ। दुवैका आमाबुबाको मञ्जुरीमा गत वैशाख ५ गते उनीहरुको मागी विवाह भएको थियो। तर, स्थानीय बाल सञ्जालले बाल विवाहमुक्त गाउँपालिका बनाउन सक्रिय भएकाले विवाह रद्द गरिएको बताएको छ ।
योसहित यहाँ अहिलेसम्म ११ जोडीको यस्ता बाल विवाह रद्द भएका छन्। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।