काठमाडौं- नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले १७.५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। कम्पनीले १५ प्रतिशत नगद लाभांश र २.५ प्रतिशत बोनस सेयर दिने भएको हो।
बिमा समितिबाट आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षण प्रतिवदेन स्वीकृत भएसँगै कम्पनीले लगानीकर्तालाई दिने लाभांश तोकेको हो।
सेयरधनीले चुक्ता पुँजी तीन अर्ब ८ करोड रुपैयाँको १५ प्रतिशत नगद पाउने छन्।
साथै यसै पुँजीको २.५ प्रतिशत बोनस शेयर दिने छ। बोनस सेयरमा लाग्ने कर पनि नगद लाभांसबाटै कट्टा हुने कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।