काठमाडौं-एनआईसी एशिया लघुवित्त वित्तीय संस्था र स्वदेशी लघुवित्त वित्तीय संस्था गाभिने भएका छन्। मर्जरको संझौता भएसँगै दोस्रो बजारमा कारोबार रोक्का भएको छ। मर्जर सफल भएर संयुक्त कारोबारपछि मात्रै दोस्रो बजारमा कारोबार खुला हुने छ। आइतबार दुबै संस्थाले सहमतिपत्रमा हस्ताक्षर गरेका थिए।
बिहीबारको कारोबारमा स्वेदशी लघुवित्तको शेयर मूल्य ८०० रुपैयाँ छ भने एनआईसी एशियाको ७५९ रुपैयाँ छ। एनआईसी एशियाले गत असारमा प्राथमिक शेयर निष्काशन गरेको थियो। संस्थाले प्राथमिक शेयर निष्काशन गरेसँगै चुक्ता पुँजी एक अर्ब ४८ करोड रुपैयाँ छ भने स्वदेशीको २७ करोड ६० लाख रुपैयाँ छ।
यदि समान हैसियतमा मर्जर सफल भएमा चुक्ता पुँजी एक अर्ब ७५ करोड रुपैयाँ हुनेछ। गत वर्षको नाफा अनुसार स्वदेशीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ छ भने एनआईसी एशियाको १९ रुपैयाँ रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।