काठमाडौं-कृषि विकास बैंकले गत आर्थिक वर्षको भन्दा १७ प्रतिशतले नाफा घटाएको छ। बैंकले गत आर्थिक वर्षमा तीन अर्ब ४६ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकको नाफा ४ अर्ब १९ करोड रुपैयाँ थियो। बैंकको वितरण योग्य मुनाफा भने जम्मा एक अर्ब ६६ करोड रुपैयाँमात्रै छ।
बैंकको खुद व्याज आम्दानी ६ अर्ब २३ करोड रुपैयाँ छ। बैंकको यस्तो आम्दानी अघिल्लो वर्षको तुलनामा १८ प्रतिशतले घटेको छ।
बैंकको निक्षेप संकलन २० प्रतिशतले सुधार हुँदा कर्जा विस्तार भने १३ प्रतिशतले मात्रै बढेको छ। गत वर्ष एक खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब २३ अर्ब रुपैयाँ कर्जा लगानी रहेको छ। चुक्ता पुँजी ९ अर्ब ५५ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ११ अर्ब ३६ करोड रुपैयाँ रहेको छ।
पुँजीकोष अनुपात २० प्रतिशत रहेको बैंकको खराब कर्जा भने केही घटेर २.७१ प्रतिशतमा झरेको छ। प्रतिशेयर आम्दानी १० रुपैयाँले घटेर ३२ रुपैयाँमा पुगेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।