काठमाडौं- प्रभु बैंकले गत आर्थिक वर्ष २०७६/७७ मा एक अर्ब ३६ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। कोभिड १९ को कारणले बैंकको अघिल्लो आर्थिक वर्षको भन्दा २३ प्रतिशतले नाफामा संकुचन आएको छ। अघिल्लो आर्थिक वर्षमा बैंकले एक अर्ब ७८ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।
कोभिडका कारण सम्भावित जाेखिम व्यवस्थापन गर्नु पर्दा वितरण योग्य नाफा भने एक अर्ब ८ करोड रुपयाँ मात्रै छ। यस आधारमा बैंकले १० प्रतिशतसम्म लाभांश वितरण गर्न सक्छ। नाफाका आधारमा बैंकको प्रतिसेयर आम्दानी भने १३ रुपैयाँ छ। पुँजीअनुसार नाफा सुधार नहुँदा प्रतिसेयर आम्दानी ६ रुपैयाँले घटेको हो।
खुद ब्याज आम्दानी भने ४.६३ प्रतिशतले बढेको छ। बैंकले यस्तो आम्दानी ४ अर्ब ६४ करोड रुपैयाँ आर्जन गरेको छ। कर्जा विस्तारमा भन्दा निक्षेप स्कलनमा आक्रमक बैंकले गत वर्ष मात्रै २१ प्रतिशतले निक्षेप बढाएको छ। साथै कर्जा विस्तार भने १६ प्रतिशत रहेको छ। गत वर्ष बैंकले एक खर्ब २८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ९९ अर्ब ६९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
बैंकको सञ्चालन खर्च भने १९ प्रतिशतले बढेको छ। यस्तो खर्च दुई अर्ब ९ करोड रुपैयाँ छ। कष्ट अफ फण्ड पनि घटेर ६.०६ प्रतिशतमा झरेको छ। खराब कर्जा ३.७६ प्रतिशतबाट २.८१ प्रतिशतमा झार्न सफलभएको हो। बैंकले धेरै पहिलेदेखि बिक्रिएर फसेको केही कर्जा उठाउँदा खराब कर्जामा सुधार आएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।