काठमाडौं- ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य नियुक्त भएका छन्। चार्टर्ड एकाउन्टेन्ट बज्राचार्य दोस्रो कार्यकालका लागि ग्लोबल आइएमई बैंकको सिइओ भएका हुन्।
बज्राचार्यले भदौ १ गतेबाट बैंकको नेतृत्व सम्हाल्नेछन्।
ग्लोबल आइएमई बैंक र जनता बैंक मर्ज भएपछि प्रमुख कार्याकारी अधिकृत भएका परशुराम कुँवरले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका थिए।
बैंकले रिक्त स्थानमा चार वर्षका लागि आफ्नै पूर्व सिइओलाई भित्र्याएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।