एजेन्सी– बलिउड अभिनेता सञ्जय दत्तको जीवनमा आधारित फिल्म ‘सञ्जु’को अफिसियल टिजर सार्वजनिक भएको छ। फिल्ममा सञ्जयको भूमिका रणवीर कपूरले निर्वाह गरेका छन्।
सार्वजनिक टिजरमा रणवीर सञ्जयका विभिन्न पाँच अवतारमा प्रस्तुत छन्। राजकुमार हिरानीको निर्देशन रहेको फिल्म विधु विनोद चोपडाले निर्माण गरेका हुन्।
फिल्ममा सञ्जयकी आमाको रुपमा मनीषा कोइराला देखिनेछिन्। परेश रावल, अनुष्का शर्मा, सोनम कपूर, दिया मिर्जा, बिक्की कौशल, जिम सौरभ र बोमन इरानी लगायतका कलाकारको अभिनय रहने फिल्म जुलाई २९ बाट प्रदर्शनमा आउँदै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।