काठमाडौं- गत आर्थिक वर्ष २०७६/७७ मा एनएमबी, प्राइम कमर्सियल बैंक र सेञ्चुरी कमर्सियल बैंकले नाफा बढाएका छन् भने नेपाल बंगलादेश बैंक र सिभिल बैंकको नाफा घटेको छ।
एनएमबी बैंकले ०.५९ प्रतिशतले नाफा बढाउँदै दुई अर्ब २७ करोड रुपैयाँ आर्जन गरेको छ। ओम डेभलपमेन्ट बैंकलाई गाभेर केही सिनर्जी प्राप्त गरेको एनएमबीले कोभिडको प्रभावित समयमा पनि नाफालाई टिकाउन सकेको छ।
त्यस्तै प्राइम कमर्सियल बैंकले पनि ४.२८ प्रतिशतले नाफा बढाएको छ। बैंकले मुक्तिनाथ विकास बैंकलाई गाभेर सिनर्जी प्राप्त गरेको हो। बैंकले दुई अर्ब २९ करोड रुपैयाँ नाफा आर्जन गरेको छ।
सेञ्चुरी कमर्सियल बैंकले पनि अघिल्लो आर्थिक वर्षको तुलनामा ३३ प्रतिशतले नाफा सुधार गरेको छ। बैंकले ९० करोड ६३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।
एभरेष्ट बैंकको भने १८ प्रतिशतले नाफा घटेको छ। बैंकले दुई अर्ब ४९ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्षमा तीन अर्ब ५ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।
सबैभन्दा कमजोर सिभिल बैंकको उल्टो ३५ प्रतिशतले नाफा घटेको छ। बैंकले ४५ करोड ७० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकको नाफा ७० करोड ७४ लाख रुपैयाँ थियो।
हेर्नुहोस् ५ वटै बैंकको वित्तीय अवस्था:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।