काठमाडौं- देवः विकास बैंकलाई गाभेर नाफा जोड्दा पनि कुमारी बैंकको नाफा घटेको छ। देवः विकास बैंकलाई मर्ज गरेर पुँजी जगेडा निक्षेप कर्जा विस्तार थपिए पनि नाफा भने बढ्न नसकेकाे हाे।
बैंकले गत आर्थिक वर्षमा एक अर्ब २२ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा कुमारी एक्लैको नाफा एक अर्ब २३ करोड रुपैयाँ थियो। वितरण योग्य नाफा ७१ करोड २८ लाख रुपैयाँ मात्रै छ।
कोभिडले बैंकको कर्जा बिग्रिदा नाफामा असर गरेको बैंकले जनाएको छ। यसले बैंकको खराब कर्जा ०.९७ प्रतिशतबाट १.४१ प्रतिशत पुगेको छ। मर्जपछि कुमारीको निक्षेप ५९ प्रतिशतले बढेको छ भने कर्जा लगानी ५२ प्रतिशतले बढेको छ। खुद ब्याज आम्दानी २६ प्रतिशतले बढेर तीन अर्ब ६३ करोड रुपैयाँ छ।
पुँजी कोष अनुपात १४.४२ प्रतिशत छ। खराब कर्जा ०.९७ प्रतिशतबाट १.४१ प्रतिशत पुगेको छ। प्रतिसेयर आम्दानी दुई रुपैयाँ घटेर १२ रुपैयाँ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।