काठमाडौं- लक्ष्मी बैंकले गत आर्थिक वर्ष २०७६/७७ मा एक अर्ब ४८ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको भन्दा ६.६२ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्षमा एक अर्ब ५९ करोड रुपैयाँ नाफा गरेको थियो।
त्यस्तै खुद ब्याज आम्दानी तीन अर्ब ४१ करोड रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष बैंकले तीन अर्ब १६ करोड रुपैयाँ आर्जन गरेको थियो। गत वर्ष बैंकले २५ प्रतिशतले निक्षेप संकलन बढाएको छ भने कर्जा विस्तार १९ प्रतिशतले बढेको छ। बैंकले एक खर्ब निक्षेप संकलन गरी ८९ अर्ब रुपैयाँ कर्जा विस्तार गरेको छ।
चुक्ता पुँजी १० प्रतिशत बढेर ९ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ साथै जगेडा कोषमा दुई अर्ब ५४ करोड रुपैयाँ जम्मा भएको छ। पुँजी कोष अनुपात १२.४६ प्रतिशत छ भने खराव कर्जा घटेर १.०४ प्रतिशतमा झार्न सफल भएको छ। प्रतिसेयर आम्दानी १५ रुपैयाँ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।