काठमाडौं- सनराइज बैंकले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ७८ लाख ४४ हजार ४७ सय रुपैयाँ सहयोग गरेको छ।
बैंकले अर्थमन्त्री डा. युवराज खतिवडालाई चेक हस्तान्तरण गरेको हो। चालु आर्थिक वर्षको मौद्रिक नीतिअनुसार बैंकहरुले सामाजिक उत्तरदायित्वअन्तर्गत खर्च नभएको पैसा कोरोना कोषमा सहयोग गर्नुपर्ने व्यवस्था गरेको थियो।
सोहि व्यवस्थाअनुसार बैंकले गत आर्थिक वर्षमा खर्च हुन नसकेको रकम कोरोना कोषमा जम्मा गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।