काठमाडौं- हिमालयन बैंकको नाफामा ८.८४ प्रतिशतले गिरावट आएको छ। बैंकले गत असार मसान्तसम्ममा दुई अर्ब ५४ करोड रुपैयाँ नाफा आर्जन गरेको छ।
बैंकले अघिल्लो आर्थिक वर्षमा दुई अर्ब ७६ करोड रुपैयाँ नाफा गरेको थियो। वितरण योग्य नाफा भने जम्मा एक अर्ब ३० करोड रुपैयाँ मात्रै छ। यस आधारमा बैंकले सेयरधनीलाई १४ प्रतिशत लाभांश दिन सक्ने छ।
बैंकको खुद ब्याज आम्दानी ५.५६ प्रतिशतले घटेको छ। गत आर्थिक वर्षमा चार अर्ब ७५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले अघिल्लो वर्षमा ५ अर्ब तीन करोड रुपैयाँ थियो। बैंकको अन्य शुल्क तथा कमिसन बापतको आम्दानीमा पनि गिरावट आएको छ।
गत वर्ष १४ प्रतिशतले निक्षेप बढाउँदा कर्जा विस्तार भने ९.६६ प्रतिशतले भन्दा बढाउन सकेन। बैंकले गत वर्ष एक खर्ब २५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब एक करोड रुपैयाँ कर्जा लगानी गरेको छ। यस वर्ष बैंकले कर्जा विस्तार खर्ब रुपैयाँ कटाएको हो।
पुँजी कोष अनुपात १४.६७ प्रतिशत छ। खराव कर्जा भने घटाएको छ। बैंकको खराब कर्जा १.०१ प्रतिशत छ। बैंकको कस्ट अफ फण्ड घटेर ६.१८ प्रतिशत छ। आधार ब्याजदर ८.३८ प्रतिशतमा झरेको छ। प्रतिसेयर आम्दानी ५ रुपैयाँले घटेर २७ रुपैयाँ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।