काठमाडौं- कोभिड १९ को संक्रमणबाट उत्पन्न हुने मानसिक तनाव व्यवस्थानको प्रबन्ध मिलाउन राष्ट्र बैकले सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गरेको छ। गभर्नर महाप्रसाद अधिकारीले 'कोभिड १९ संक्रमण जोखिमको व्यवस्थापन र बैंकको सेवा सुचारु राख्ने कार्ययोजना २०७७' जारी गर्ने क्रममा कोभिड १९ बाट कर्मचारीमा उत्पन्न हुने तनाव व्यवस्थापनका लागि निर्देशन दिएका हुन्।
उक्त निर्देशिकाअनुसार मानसिक तनावमा रहेका कर्मचारीको पहिचन गरी अनलाइन माध्यमबाट योगा तथा तनाव व्यवस्थापनका लागि नियमित परामर्श र तालिम दिने व्यवस्था मिलाउनु पर्नेछ। यसका लागि कर्मचारीको सूची तयार गरी समयसमयमा तनाव व्यवस्थापनका लागि आवश्यकता अनुसार योग, ध्यान, परामर्श, हास्य कलाकारको उपयोगलगायतका कार्यक्रम अनलाइनमार्फत् सञ्चालन गर्नु पर्नेछ। बैंकर्स प्रशिक्षण केन्द्रले यसको जिम्मेवारी दिनु पर्नेछ।
राष्ट्र बैंकले कोरोना संक्रमणको उच्च जोखिमलाई ख्याल राख्दै बैंकहरुलाई बसको व्यवस्था गर्न निर्देशन दिएको छ। बैंकहरुले आफ्ना कर्मचारीहरुलाई सार्वजनिक यातायात प्रयोग नगराउन राष्ट्र बैंकले निर्देशन जारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।